काठमाडौं। बुंगल हाइड्रोपावरकाे आईपीओ खुलेकाे छ। आजदेखि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेकाे हाे।
२ लाख ७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई बिक्री गरिएकाे कम्पनीले बताएकाे छ।
स्थानीय बासिन्दालाई छुट्याइएको सेयरमध्ये ६५ प्रतिशत अर्थात ५ लाख ३९ हजार ५०० कित्ता सेयरका लागि अति प्रभावित क्षेत्र सुदूरपश्चिम प्रदेश, बझाङ जिल्ला, बुंगल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गा.वि.स. वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गा.वि.स. वडा नं. १०) का बासिन्दाहरुले आवेदन दिन सक्नछन्।
यस्तै, बाँकी ३५ प्रतिशत सेयर अर्थात २ लाख ९० हजार ५०० कित्ताका लागि सामान्य प्रभावित क्षेत्र बुंगल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। स्थानीयले छिटोमा साउन ११ गते र ढिलोमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ११ गते बैकिङ समयसम्म मात्र आवेदन दिन पाउने व्यवस्था छ। दुवैले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यसमा हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ।