काठमाडौं। एसपिजी अटोमोबाइल्स प्रा.लि.ले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा पूर्ण विद्युतीय प्रिमियम एसयुभी ‘जेइको जे ५ सार्वजनिक गर्ने तयारी गरेको छ।
कम्पनीले यसअघि सार्वजनिक गरिसकेको ओमोडा इ ५ र जेइको जे ६ इभी लाइनअपसँगै नयाँ जेइको जे ५ ले बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिका विशेषतासहित नेपाली विद्युतीय सवारी साधनको बजारमा नयाँ अध्याय सुरू गर्ने लक्ष्य लिएको छ।
एडभेन्चरस यात्राका लागि बनाइएको जेइको जे ५ एसयुभी, आरामदायी विशेषतासँगै अल-रोड-रेडी देखिने रगेड बनावट तथा डिजाइनको संयोजन हो। जे ५ को सार्प-एन्गुलर डिजाइन विशेषता ‘रेन्ज रोभर’को डिजाइन विशेषतासँग तुलना योग्य छ।
साथै लेभल २ एडास (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम), श्रेणीमा उत्कृष्ट इन्टिग्रेटेड प्यानोरोमिक सनरुफ, ५४०-डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सनजस्ता उच्च गुणस्तरका सुविधा समावेश छन्। जसले यसलाई सहरी यात्रा तथा हल्का अफ-रोड यात्रा दुवैका लागि एकदमै उपयुक्त बनाउँछ।
जे ५ को भित्री भाग फराकिलो र प्रविधि तथा सुविधाले सुसज्जित रहेको छ। यसमा कनेक्टेड कार टेक्नोलोजिसहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्सट्रुमन्ट क्लस्टर, १३२० मिलिमिटर चौडाई भएको फराकिलो र आरामदायी सेकेन्ड-रो सिट, २५६-कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रन्क स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्टहरू समावेश रहेका छन्।
जेइको जे ५ को लम्बाई ४३८० मिलिमिटर, चौडाई १८६० मिलिमिटर र उचाई १६५० मिलिमिटरको छ। यसमा १८ इन्चको अग्लो एलोय ह्विल्स रहेको छ। १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाटआवरको ब्याट्री प्याकबाट सञ्चालित यो एसयुभीले एकै चार्जमा ४०२ किलोमिटरको डब्लुएलटिपी सर्टिफाइड रेन्ज प्रदान गर्दछ।
जेइको जे ५ ले चालक र यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दछ। जेइको जे ५ मा लेभल २ एडासको विशेषता समावेश रहेको छ। जसअन्तर्गत ‘फरवार्ड कोलिजन वार्निङ (एफसिडब्लु), ब्लाइन्ड स्पट मनिटरिङ (बिएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल, इमर्जेन्सि ब्रेकिङ’ र १९ वटा थप इन्टेलिजेन्ट सुरक्षा विशेषता रहेका छन्।
नाइमा २०२५ मा ‘जेइको जे ५’ सार्वजनिक गर्दै जेइकोले नेपालको इभी बजारमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउने लक्ष्य लिएको छ। पर्फमेन्स, प्रविधि र लक्जरीको साथ आउटडोर एडभेन्चरको लागि सुहाउँदो रगेड डिजाइनसहित, जेइको जे ५ ले नेपाली ग्राहकका लागि एक उत्कृष्ट आधुनिक इलेक्ट्रिक एसयुभीको रूपमा आफ्नो परिचय स्थापित गर्ने छ।