काठमाडौं। आगामी श्रावण २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको नाइमा मोबिलिटी शोमा म्याक्सस मिफा ७ एपीभी विद्युतीय कार लन्च हुने भएको छ।
चीनको प्रख्यात एसएआइसी मोटर ग्रुपअन्तर्गतको म्याक्सस ब्रान्डको गाडी सुविधायुक्त प्रिमियममा गनिन्छ। केही समयअघि म्याक्सस ब्रान्डकै इटेरोन ९ विद्युतीय लक्जरी ४डब्लुडी पिकअप गाडी नेपालको मनाङमा लगेर लन्च गरिएको थियो।
सात सिट क्षमताको यो लक्जरी एमपीभी गाडीलाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याउन लागेको हो। हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसनको कम्पनी हो। जुन अर्गनाइजेसन विगत ३० वर्षदेखि नेपालमा विभिन्न ब्राण्डका सवारी साधन आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ। अर्गनाइजेसनका प्रबन्ध निर्देशक सौरव थापाका अनुसार मिफा ७ नेपालमा प्रिमियम कार चढ्नेका लागि उपयुक्त हुने बताए।

९० किलोवाट आवर ब्याट्री क्षमता रहेको म्याक्सस मिफा ७ ले डीसी फास्ट चार्जर सर्पोट गर्ने छ। ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने भनिएको यस मल्टी प्रपोज गाडीमा विद्युतीन स्लाइडिङ ढोका, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन-कीप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, अडप्टिभ क्रुज कन्ट्रोल जस्ता सुरक्षा फिचर्स रेहका छन्।
साथै, यो गाडीले युरो एनसीएपी, सी-एनसीएपी, ए-एनसीएपीमा ५ स्टार रेटिङ पाएको छ। गाडीको ९० किलोवाटको उच्च क्षमताको ब्याट्रीले ६३५ किमीसम्मको उच्चतम दूरी तय गर्ने क्षमता राख्दछ। प्रिमियम डुयल १२.३ इन्च डिजिटल डिस्प्लेका साथै अड्वान्स्ड मल्टिमिडिया सिस्टम, ठूलो साइजको प्यानोरामिक सनरूफ, हाई-परफर्मेन्स १८० किलोवाट इलेक्ट्रिक मोटर (३५० एएम टर्क), मसाज सिटसमेत गाडीको विशेषता रहेको छ।

८ वर्ष वा दुई लाख किमी ब्याट्रीमा तथा ५ वर्ष वा १ लाख किमी मोटर वारेन्टी भएको म्याक्सस मिफा ७ इलेक्ट्रिक एमपीभीले लक्जरी र आरामको नयाँ मानक स्थापित गर्दै विश्वस्तरीय डिजाइन, हाइ-टेक फिचरका साथ असाधारण सुविधाको संयोजन गरेर परिवार र व्यवसायिक यात्राको लागि अद्वितीय अनुभव प्रदान गर्ने दाबी कम्पनीको रहेको छ।
