काठमाडौं। हालसम्म सञ्चालन हुँदै आएका अटो साेले दिन नसकेको सुविधा नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले दिने भएको छ।
१६ वर्षदेखि भृकुटीमण्डपमा सवारीसाधनको कुम्भ मेला आयोजना गरिरहेको नाडा अटोमोबाइल्स एसोसिएसन (नाडा)ले अवलोकनकर्ता र बिक्रेतालाई दिन नसकेको सुविधा नाइमाद्वारा आयोजित पहिलो एक्स्पोमा उपलब्ध हुने दाबी गरिएको हाे।
एक्स्पोलाई विगतका अटो साेभन्दा फरक र व्यवस्थित बनाउन पूर्वाधारमा विशेष ध्यान दिइएको नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले बताइन्। ‘हामीले यसपालिको एक्स्पोमा हरेक पक्षमा सुधार गर्ने कोसिस गरेका छौँ। त्यसमा पार्किङ व्यवस्थापन प्रमुख हो,’ नाइमा अध्यक्ष वैद्य भन्छिन्, ‘यो पहिला सधैँ समस्याको रूपमा देखिन्थ्यो। यसकारण हामीले पुलिस क्लबको सम्पूर्ण पार्किङ एरिया भाडामा लिएका छौँ।’ जसमा करिब २०० देखि २५० गाडी सजिलै अट्न सक्ने अध्यक्ष वैद्यको भनाइ छ।
‘यसपालि सबैभन्दा ठूलो फरक पूर्वाधारमा सुधार गरेका छौँ,’ उनले भनिन्, ‘अघिल्ला अटो साेमा जब मानिस स्टल अवलोकन गरेर बाहिर निस्किन्थे, पानी पर्दा भित्रबाहिर गर्न समस्या हुन्थ्यो। यसपालि त्यसलाई पूर्ण रूपमा व्यवस्थित गरी रेन रेजिस्टेन्ट र अपांगतामैत्री बनाएका छौँ।’ पहिलो दिनमा उद्घाटन कार्यक्रम पनि पुलिस क्लबकै हलबाट हुने अध्यक्षले वैद्यले बताइन्।
हाल नाइमा कार्यक्रमको पूर्ण तयारीमा जुटेको छ। विशेषगरी कार्यक्रमको विषयवस्तुलाई उत्कृष्ट बनाउनमा हाम्रो ध्यान केन्द्रित छ।
‘पुलिस क्लबको हलमा ६ सय देखि ८ सय जना मान्छे अट्छन्। पहिलो दिनमा उद्घाटन कार्यक्रम पनि पुलिस क्लबकै हलबाट हुनेछ,’ अध्यक्षले वैद्यले भनिन्, ‘त्यसपछि प्रत्येक दिन त्यही हलमा विषयगत सेसन हुनेछन्र।’ नाइमाले विभिन्न सेसनमा विशेष गरी इनोभेसन र वर्क फोर्स ट्रेनिङमा केन्द्रित कार्यक्रम समावेश गरेको उनको भनाइ छ।
उनका अनुसार यी विषयमा छलफलका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई बोलाएर कार्यक्रम गर्ने तयारी छ। हाल नाइमा कार्यक्रमको पूर्ण तयारीमा जुटेको छ। विशेषगरी कार्यक्रमको विषयवस्तुलाई उत्कृष्ट बनाउन ध्यान केन्द्रित भएकाे उनले सुनाइन्।
नाइमाले आफ्नो सदस्य र मेला अवलोकनकर्ताको सुविधालाई ध्यान दिँदै आगामी साउन २१ देखि २५ सम्म भृकुटीमण्डपमा हुने मोबिलिटी एक्स्पोमा अतिरिक्त सुविधा दिन नेपाल पुलिस क्लबको हल र पार्किङ भाडामा लिने भएको हो।
विगतका अटो साेमा सर्वाधिक गुनासोको विषय बनेको पार्किङ समस्यालाई सम्बोधन गर्दै नाइमा मोबिलिटी एक्स्पो २०२५ ले यस पटक पूर्ण रूपमा व्यवस्थित र सुरक्षित पार्किङ व्यवस्था गर्ने घोषणा गरेको छ।
विगतदेखि नै अटो साेमा पार्किङ प्रमुख समस्या रहँदै आएको थियो। अवलोकनकर्ताका लागि गाडी राख्ने उचित स्थान अभाव, ट्राफिक जाम, अव्यवस्थित व्यवस्था र सुरक्षाको कमीजस्ता विषयले असर पार्ने गरेको थियो।
अटोमोबाइलजस्तो बृहत् प्रदर्शनीमा पार्किङको अव्यवस्थाले समग्र व्यवस्थापनमाथि प्रश्नचिन्ह खडा गरिरहेको थियो।
यस एक्स्पोले व्यवस्थित पार्किङको नयाँ मानक स्थापित गर्ने दाबी नाइमाले गरेको छ। पुलिस क्लब, भृकुटीमण्डपकै छेउमा अवस्थित भएकाले एक्स्पो स्थलसम्मको दूरी थाेरै छ। यसले अवलोकनकर्ता सजिलै गाडी पार्क गरेर हिँडेरै प्रदर्शनीस्थलसम्म पुग्न सक्छन्। कुनै अटो साेले पार्किङ व्यवस्थापनका लागि यति ठूलो क्षेत्र एकीकृत रूपमा प्रयोग गर्न लागेको यो पहिलो पटक हो।
विगतका अटोमोबाइल प्रदर्शनी प्रायः भृकुटीमण्डपको सीमित परिसरमै केन्द्रित हुन्थे। यसले गर्दा आन्तरिक पार्किङका लागि पर्याप्त ठाउँ हुँदैनथ्यो। अवलोकनर्ताले सडक किनारमा, जथाभावी पार्किङ गर्ने वा टाढा पार्किङ गरी हिँडेर आउने बाध्यता हुन्थ्यो।
यसले ट्राफिक जाम सिर्जना हुनुका साथै अवलोकनकर्ताको समय खेर जान्थ्यो। अटोमोबाइलजस्ता बृहत् प्रदर्शनीमा पार्किङको यो अव्यवस्थाले समग्र व्यवस्थापनमाथि प्रश्नचिन्ह खडा गरिरहेको थियो। नाइमाले यसलाई गम्भीर रूपमा लिएर स्थायी समाधान खोजेको हाे।