काठमाडौं। नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन ९इभी० बजारमा सशक्त पहिचान बनाइसकेको लक्ष्मी ई-मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड ‘फोर्थिङ’लाई नेपाली बजारमा ल्याउने घोषणा गरेको छ। नेपालको इलेक्ट्रिक मोबिलिटी क्रान्तिलाई अझ तीव्र बनाउने दिशामा यो एक महत्वपूर्णकदम मानिएको छ।
फोर्थिङको पहिलो मोडल नेपाली बजारमा साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघको राष्ट्रिय अटो प्रदर्शनी नाइमा २०२५ मार्फत सार्वजनिक गरिने छ।
सन् १९७३ देखि नेपालमा व्यापारिक गतिविधि गर्दै आएको बहुआयामी र पुरानो व्यापारिक घराना हो लक्ष्मी ग्रुपले अटोमोबाइल क्षेत्रको विकासमा अग्रणी भूमिका खेलेको छ।
लक्ष्मी ग्रुपले विगतका दशकमा अटोमोबाइल व्यापारमा आफ्नो उपस्थिति विस्तार गर्दै हुण्डाई, बिएमडब्लु, इसुजु जस्ता विश्व विख्यात ब्रान्डमार्फत यात्रुवाहक र मालवाहक गाडी तथा अटो पार्ट्स वितरण गर्दै आएको छ। यसैबीच लक्ष्मी ग्रुपले फोर्थिङ सार्वजनिक गर्ने भएको हो।
विश्वव्यापी रूपमा स्मार्ट डिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागिचिनिएको फोर्थिङ ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक एसयूभीसँग आफ्नो सुरुवात गर्दै छ। यो गाडीले प्रदर्शन, प्रविधि र आधुनिक डिजाइनलाई समेट्दै नेपाली ग्राहकको बदलिँदो आवश्यकतामा केन्द्रित समाधान दिने विश्वास लिइएको छ।
गाडीको औपचारिक उद्घाटन नाइमा मोबिलिटी अटो शोमा हुने छ। शोको लागि स्टल नम्बर ए४ मा सहभागी हुन ग्राहकसँग कम्पनीले विश्वास लिएको छ। ६४.४ किलोवाट ब्याट्री, ९९ किलोवाटको मोटर पावरसहितको यो गाडी ४०० किलोमिटर भन्दा बढीको दूरी तय गर्न सक्ने अनुमान छ।
'फोर्थिङ गाडी मात्र होइन, यो भविष्यको मोबिलिटीप्रतिको हाम्रो दृष्टिकोण हो,' लक्ष्मी ई-मोबिलिटीका प्रवक्ता भन्छन्, 'हामी नेपाली उपभोक्तालाई विश्वस्तरीय इलेक्ट्रिक प्रविधिमा पहुँच दिने लक्ष्यसहित यो ब्रान्ड ल्याउँदै छौँ।'