काठमाडौं। भारतको अटोमोबाइल बजारमा हाइब्रिड गाडीको माग विद्युतीय सवारी साधन (ईभी)को जस्तै तीव्र गतिमा बढिरहेको छ। भारतीय बजारमा ईभीलाई दिइएको सरकारी प्रोत्साहनका बावजुद हाइब्रिड गाडीको माग ईभीकै गतिमा बढेको हो।
भारतीय बजारमा हाइब्रिडका सीमित विकल्पहरू उपलब्ध छन्। सरकारले ईभीलाई प्रोत्साहन दिइरहेको छ। विश्वमा हाइब्रिड पावरट्रेनको बढ्दो मागसँगै भारतीय अटो उत्पादकसमेत हाइब्रिड मोडल लन्च गर्ने प्रतिस्पर्धामा उत्रिएका छन्।
हाल भारतीय अटो बजारमा करिब पाँच ब्रान्डका मात्र हाइब्रिड मोडलहरू उपलब्ध छन् भने ईभीको संख्या १५ छन्। आर्थिक वर्ष २०२५ को अप्रिलसम्म दुवै सेग्मेन्टमा करिब १८ प्रतिशत वृद्धि भएको छ।
पूर्वाधारको निरन्तर अभावले विद्युतीय सवारीको प्रयोग सुस्त हुँदै गएकाले हाइब्रिड गाडीहरू व्यावहारिक र इन्धन विकल्पका रूपमा उदाएका छन्। भारतीय अटोमोबाइल उत्पादकको समाज (एसआइएएम)को तथ्यांकअनुसार आर्थिक वर्ष २०२५ मा हाइब्रिड सवारी साधनको बिक्री १८ प्रतिशतले बढेर एक लाख १८ हजार युनिट पुगेको छ।
विद्युतीय सवारी साधनको बिक्री पनि १८ प्रतिशतले बढी एक लाख १८ हजार बिक्री भएको छ। यसैबीच पेट्रोल गाडीको बिक्री ६.६५ प्रतिशतले घटेर २४ लाख ८२ हजार युनिटमा झरेको छ।
भारत सधैँ पेट्रोलियममा धेरै निर्भर मुलुक मानिन्छ। विश्वकै सबैभन्दा ठूलो गाडी बजारमध्ये एक भए पनि भारतमा विद्युतीय गाडीहरूको विकास तुलनात्मक रूपमा ढिलो देखिएको थियो।
गाडी निर्माताहरूले सन् २०२७ सम्ममा हाइब्रिड गाडी उत्पादन गर्ने गरी थप लगानी गरिरहेका छन्। अटो निर्माता कम्पनी हुन्डाई मोटर इन्डिया, महिन्द्रा एन्ड महिन्द्रा, रेनो, निसान, कियालगायतका कम्पनीहरूले आगामी दुई वर्षभित्र आधा दर्जनभन्दा बढी हाइब्रिड सवारी साधान बजारमा ल्याउने तयारी गरिरहेका छन्।
भारत सधैँ पेट्रोलियममा धेरै निर्भर मुलुक मानिन्छ। विश्वकै सबैभन्दा ठूलो गाडी बजारमध्ये एक भए पनि भारतमा विद्युतीय गाडीहरूको विकास तुलनात्मक रूपमा ढिलो देखिएको थियो। तर, पछिल्ला दुई-तीन वर्षमा परिस्थितिमा तीव्र परिवर्तन आएको छ। अहिले टोयोटा, मारुती सुजुकी, होन्डा, एमजी मोटरलगायतका कम्पनीले भारतमा हाइब्रिड गाडी उत्पादनमा लगानी बढाइरहेका छन्।
एस एन्ड पी ग्लोबल मोबिलिटीका एसोसिएट डाइरेक्टर गौरव बगांलका अनुसार पहिले हाइब्रिडलाई बेवास्ता गर्ने अटोमोबाइल निर्माता सक्रिय रूपमा विकास गरिरहेको बताएका छन्।
चीनपछि दोस्रो गन्तव्यको रूपमा उदाउँदै
भारत हाइब्रिड सवारी साधनहरूको क्षेत्रमा तीव्र गतिमा अगाडि बढिरहेको छ। चीनपछि अब भारतलाई हाइब्रिड गाडी उत्पादन र निर्यातको अर्काे प्रमुख केन्द्रका रूपमा हेरिन थालिएको छ। सरकारको अनुदान नीतिदेखि बहुराष्ट्रिय कम्पनीहरूको लगानीसम्म भारतमा हाइब्रिड गाडीको बजार तीव्र गतिमा विस्तार भइरहेको छ।
विशेषज्ञका अनुसार, भारतको सडक संरचना, इन्धनमा निर्भरता र पूर्ण विद्युतीय सवारीका लागि आवश्यक आधारभूत संरचनाको अभावबीच, हाइब्रिड प्रविधि ‘ट्रान्जिसन फेज’को रूपमा निकै उपयुक्त देखिएको छ।
महिन्द्राले ब्याट्री इलेक्ट्रिक भेहिकललाई हाइब्रिड अप्सनमा लन्च गर्ने योजना बनाएको छ। महिन्द्राले २०२७ मा लन्चका लागि हाइब्रिड सवारी साधनको विकास गरिरहेको छ।
टोयोटा, मारुती सुजुकी, होण्डा, एमजी मोटर, हुन्डाई जस्ता प्रमुख कम्पनीहरूले भारतमा हाइब्रिड गाडी निर्माणमा ठूलो लगानी गरेका छन्। टोयोटा किलोस्कर मोटरले कर्नाटकमा आफ्ना उत्पादन केन्द्रहरू विस्तार गरिरहेको छ। मारुती सुजुकीले सन् २०२५ भित्रै ६ वटा नयाँ हाइब्रिड मोडेल ल्याउने घोषणा गरिसकेको छ।
भारतीय बजारमा आउँदै यी नयाँ हाइब्रिड
मारुती सुजुकीले यसै वर्ष वाई १७ कोडनेम दिइएको हाइब्रिड एसयुभी ल्याउने तयारी गरिरहेको छ। यसका कोरियाली प्रतिद्वन्द्वी हुन्डाई र कियाले अर्काे वर्ष आफ्नो पहिलो हाइब्रिड मोडलहरू बजारमा ल्याउने तयारी गरिरहेका छन्।
महिन्द्राले ब्याट्री इलेक्ट्रिक भेहिकललाई हाइब्रिड अप्सनमा लन्च गर्ने योजना बनाएको छ। महिन्द्राले २०२७ मा लन्चका लागि हाइब्रिड सवारी साधनको विकास गरिरहेको छ। कम्पनीले एक्सयुभी थ्री एक्सओलाई सिरिज प्यारलल हाइब्रिड तथा बीई-र एक्सईभी-९ई लाई रेन्ज एक्सटेन्डर हाइब्रिड इन्जिनमा ल्याउने तयारी गरेको जनाएको छ।
त्यस्तै, हुन्डाईले नेक्स्ट जेनेरेशन क्रेटा, नयाँ ७ सिटे एसयुभी तथा प्यालिसेड एसयुभी हाइब्रिड इन्जिनमा ल्याउने भएको छ। हुन्डाईले क्रेटा र अल्काजार जस्ता कम्प्याक्ट एसयुभीमा स्ट्रङ हाइब्रिड र ठूला एसयुभीमा प्लगइन हाइब्रिड उत्पादन गर्ने सम्भावना छ।
अर्काे कोरियन ब्राण्ड कियाले पनि नेक्स्ट जेनेरेशन सेल्टोस हाइब्रिड पावरट्रेनमा ल्याउने भएको छ। कियाले भारतीय बजारमा अर्काे ७ सिटे एसयुभीसमेत लन्च गर्ने योजना बनाएको छ। एमक्यू ४ आई कोडनेम दिएको यो एसयुभी पनि हाइब्रिड हुनेछ।
चीनले विगत दुई दशकदेखि ई-बिलिटी क्षेत्रमा ठूलो लगानी गरेको छ। अहिले चीनमा धेरैजसो बिक्री हुने गाडी पूरै इलेक्ट्रिक छन्।
फ्रेन्च अटोमोबाइल कम्पनी रेनोले लन्च गर्न लागेको थर्ड जेनेरेशन डस्टरमा पनि स्ट्रङ हाइब्रिड सिस्टम हुनेछ। सीएमएफ बी प्लेटफर्ममा बनेको रेनोको नयाँ डस्टरमा १.६ लिटर पेट्रोल इन्जिनको साथमा स्ट्रङ हाइब्रिड सिस्टम रहने छ। रेनोको पार्टनर कम्पनी निसानले पनि आफ्नो नयाँ लन्च हुने ५ र ७ सिटे एसयुभीमा स्ट्रङ हाइब्रिड सिस्टम दिने बताएको छ।
भारतमा टोयोटाको लगानी
टोयोटा हाइब्रिड गाडी उत्पादनमा विश्वमै अग्रणी स्थानमा पर्दछ। भारतलाई आगामी दशकका लागि रणनीतिक उत्पादन केन्द्रका रूपमा हेरेको छ। टोयोटा किलोस्कर मोटरले भारतमा हाइब्रिड मोडेलहरू उत्पादन गर्न अर्बौंको लगानी गरिसकेको छ।
टोयोटाको एक्जेक्युटिभका अनुसार भारतको बढ्दो मध्यवर्गीय जनसंख्या, इन्धन मूल्यको अस्थिरता र सरकारको अनुदान नीतिका कारण भारतमा हाइब्रिड गाडीको दीर्घकालीन सम्भावना निकै उच्च देखिन्छ। टोयोटाले भारतमै गाडीको ब्याट्रीदेखि मोटरसम्मको उत्पादन गर्न थालेको छ।
मारुती सुजुकीको हाइब्रिड यात्रामा अग्रसर
भारतको सबैभन्दा ठूलो गाडी निर्माता कम्पनी मारुती सुजुकीले पनि हाइब्रिड प्रविधिमा आफ्नो ध्यान केन्द्रित गरेको छ। कम्पनीले टोयोटासँगको सहकार्यमा विभिन्न माइल्ड तथा स्ट्रङ हाइब्रिड गाडी बजारमा ल्याएको छ।
मारुती सुजुकीले सन् २०२५ सम्म भारतमा ६ वटा नयाँ हाइब्रिड मोडेल ल्याउने योजना सार्वजनिक गरिसकेको छ। कम्पनीको गुजरात र हरियाणास्थित उत्पादन केन्द्रहरूमा हाइब्रिड गाडीहरू निर्माणको तयारी तीव्र गतिमा भइरहेको छ।
चीनको स्थायित्व र भारतको अवसर
चीनले विगत दुई दशकदेखि ई-बिलिटी क्षेत्रमा ठूलो लगानी गरेको छ। अहिले चीनमा धेरैजसो बिक्री हुने गाडी पूरै इलेक्ट्रिक छन्। तर, हालैका महिनामा पश्चिमी देशहरूले चीनबाट आउने गाडीहरूमा कर बढाएका छन्। केही प्रतिबन्ध पनि लगाएका छन्। साथै, अमेरिका र युरोपमा चीनमा बनेका गाडीहरूप्रति असन्तुष्टि पनि बढ्दै गएको छ।
यस्तो अवस्थामा भारतका लागि एउटा राम्रो मौका आएको छ। युरोप र जापानका गाडी बनाउने कम्पनीहरूले अब चीनबाहेकको विकल्पका रूपमा हेर्न थालेका छन्।
यदि, भारतले उत्पादन सस्तोमा गर्न सके गुणस्तर राम्रो बनाउन सके सामान आपूर्ति गर्ने सञ्जाल बलियो बनाउन सकेमा हाइब्रिड उत्पादनको गन्तव्य बन्ने सम्भावना बलियो रहेको विश्लेषकहरू बताउँछन्।