काठमाडौं। नेपालको दुईपांग्रे सवारी इतिहासमै पहिलो पटक होन्डा डिओ १२५ स्कुटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याङलापास (उपल्लो डोल्पा) सम्मको साहसिक यात्रा सम्पन्न गरेको छ।
कीर्तिमानी यात्रा नेपाल एट्ठ वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनीको सहकार्यमा होन्डा डिओ १२५ स्कुटरमार्फत सम्पन्न गरेको हो।
सहरी यात्राका लागि निर्मित स्कुटरले हिमाली भूपरिधिमा प्रवेश गरेर देखाएको प्रदर्शनीले नेपाली मोटर यात्राको सीमालाई पुनः परिभाषित गरेको कम्पनीको भनाइ छ।
काठमाडौंदेखि डोल्पासम्म र जोमसोम, भेरोल, धो तराप हुँदै ज्याङलापाससम्म पुगेको होन्डा डिओ १२५ ले कुनै ठूला यान्त्रिक समस्याबिनै यात्रा सम्पन्न गरेको हो।
असाधारण सफलता, स्कुटरमा समावेश १२३.९२ सीसी बीएस सिक्स इन्जिन, इन्ह्यान्स्ड स्मार्ट पावर (ईएसपी), साइलेन्ट स्टार्ट विथ एसीजी, आईडेलिङ प्रणाली, कम्बाइन्ड ब्रेकिङ सिस्टम (सीबीएस)लगायत अत्याधुनिक प्रविधिको परिणाम भएको कम्पनीको भनाइ छ।
साथै, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, थ्री–स्टेप एड्जस्टेबल रियर सस्पेन्सन, डिजिटल मिटर, यूएसबी चार्जिङ पोर्ट र ठूलो बुट स्पेसजस्ता फिचरले लामो र चुनौतीपूर्ण यो यात्रालाई सहज बनाएको नेपाल एट्ठ वन्डरले जनाएको छ।
होन्डा डिओ १२५ अब केवल सिटी स्कुटर नभएर गन्तव्यभन्दा पर पुग्न तयार ‘मिसन कम्प्लिट’ सवारी प्रमाणित भएको कम्पनीले बताएको छ। स्याकार ट्रेडिङ होन्डा मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक हो।