काठमाडौं। नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले नेपालमा सेल्स पर्फर्मेन्सका लागि बी–एसयूभी आइसीई सेगमेन्टमा ‘२०२५ मार्केट सेयर एचिभमेन्ट अवार्ड’ प्राप्त गरेको छ।
निसान मोटर इन्डियाद्वारा डिफाई अर्डिनरीमा आयोजित ‘एनुअल साउथ एसिया डिस्ट्रिब्युटर कन्फरेन्स २०२५’ मा यो अवार्डबाट सम्मानित गरिएको हो।
उक्त सम्मान निसानको अफ्रिका, मध्यपूर्व, भारत, युरोप तथा ओसियाना (एएमआईईओ) क्षेत्रका ‘चिफ अफ कमर्सियल अपरेसन्स’ लियोन डोरर्सेस र निसान मोटर इन्डियाका प्रबन्ध निर्देशक सौरभ वत्साले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए। भारतको चेन्नईस्थित महाबलीपुरममा आयोजित सम्मेलनमा निसानको दक्षिण एसियाका विभिन्न वितरक साझेदारको उपस्थिति थियो।
पायोनियर मोटो कर्पले ‘मार्केट सेयर एचिभमेन्ट अवार्ड’ले नेपालमा निसानको प्रभावशाली सेल्स पर्फर्मेन्स र निरन्तर बजार नेतृत्वको योगदानलाई बढावा दिएको बताएको छ।
कन्फरेन्समा दक्षिण एसियाको बजारका लागि निसानको आगामी रणनीति पनि प्रस्तुत गरिएको थियो, जसअन्तर्गत भारतमा उत्पादन हुने तीन नयाँ मोडलका गाडी (बी–एमपीभी, सी–एसयूभी, सी–एसयूभी–प्लस) आगामी १८ महिनाभित्र सार्वजनिक गरिने योजना रहेको कार्यक्रममा जानकारी दिइएको थियो।
यी सबै मोडलमा निसानको मूल एसयूभी डीएनए र जापानिज क्राफ्ट्समेनसिपको प्रतिविम्ब हुने कम्पनीले जनाएकाे छ।