काठमाडौं। नेपालमा अहिले विद्युतीय कमर्सियल गाडी (इभी)को लोकप्रियता बढ्दो छ। व्यवसायीहरु इन्धनको गाडी छाडेर धमाधम इभी भ्यानमा सिफ्ट भइरहेसँगै नयाँ/नयाँ ब्राण्डहरु भित्रिने लहर चलिरहेको छ।
व्यवसायीहरुले छानी छानी ब्राण्डहरु प्रयोग गरिरहेकै बेला साउन र भदौमा दुईव टा ठूला अटो शो हुँदै छ। जहाँ आधा दर्जनभन्दा बढी इभी भ्यानहरु सार्वजनिक हुँदै छ। जसले नेपाली बजारमा विद्युतीय सवारी साधनको क्षेत्रमा नयाँ लहर ल्याउने अपेक्षा गरिएको छ।
साउन २१ देखि २५ गतेसम्म नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले ’नेपाल मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्दै छ। यस एक्स्पोमा ९ ब्रान्डका कमर्सियल गाडीहरू प्रदर्शन हुने नाइमाले जनाएको छ।
नाइमा मोबिलिटी एक्स्पो २०२५ मा कमर्सियल सवारी साधनमा चेरी वान्डा, डोङफेङ, फारिजन, हुआजी, कामा, केरी, किङलङ र सनलोङ ब्रान्डले प्रदर्शनी गर्ने छन्।
त्यसैगरी, भदौ ३ देखि ८ गतेसम्म नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले ‘नाडा अटो शो २०२५’ आयोजना गर्दै छ। यो १७ औँ संस्करणको अटो शोमा १३ ब्रान्डका लाइट कमर्सियल गाडीहरू प्रदर्शनी हुने नाडाले जनाएको छ। नाडा अटो शोमा न्यू गोन्वो, डीएफएसके, डोङफेङ, कामा, फोटोन, सोकोन, सीजी केवासी र किङलङ, मोन्त्रा, स्काइवर्थ, कावेइ र नाभीको, सनलङ ब्रान्डको सहभागी हुनेछ।
अहिले विद्युतीय सवारी साधानको प्रयोग बढेसँगै चार्जिङ स्टेशनको संख्या पनि बढ्दै गएको छ। सरकारले मात्र नभएर गाडी बिक्री गर्ने कम्पनीहरुले पनि चार्जिङ स्टेशनमा लगानी बढाउँदै लगेका छन्।
यी दुई शोमा नयाँ ब्रान्डमा क्यारी, मोन्ट्रा, काइन्यु र नाभिको जस्ता ब्रान्डहरूले आफ्नो गाडी प्रदर्शन गर्ने तयारीमा छन्। यसका साथै कामा कन्टेनर र सनलङ यु वान र यु टु मोडलका गाडीहरू पनि प्रदर्शनी हुने छन्।
पछिल्लो समय नेपालमा व्यावसायिक प्रयोजनका लागि इभीको लोकप्रियता बढ्दो छ। कमर्सियल गाडीमा इभीको लोकप्रियता बढेसँगै नेपालमा नयाँ-नयाँ ब्रान्डको आउने क्रम पनि बढ्दै गएको छ। कमर्सियल इभी वातावरणमैत्री र सञ्चालन खर्च कम हुने भएकाले यसको माग बढ्दै गएको हो।
हाल नेपालमा प्यासेन्जर सेग्मेन्टमा इभी सवारी साधानको प्रयोग बढ्दै गएको छ। तर, व्यावसायिक प्रयोजनका लागि विद्युतीय गाडीहरूको उपलब्धता तुलनात्मक रूपमा कम छ। अब आउने नयाँ ब्रान्ड र मोडलहरूले यो खाडल पुर्ने व्यवसायीहरुको अपेक्षा छ। यसले इन्धन खर्च घटाउनुका साथै वातावरण प्रदुषण नियन्त्रणमा पनि महत्वपूर्ण भूमिका खेल्ने छ।
अहिले विद्युतीय सवारी साधानको प्रयोग बढेसँगै चार्जिङ स्टेशनको संख्या पनि बढ्दै गएको छ। सरकारले मात्र नभएर गाडी बिक्री गर्ने कम्पनीहरुले पनि चार्जिङ स्टेशनमा लगानी बढाउँदै लगेका छन्।
दुई अटो शोमा प्रर्दशनी हुने नयाँ ब्रान्ड र मोडल, कुनको फिचर कस्तो?
क्यारी इभी
लक्ष्मी ग्रुपअन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ नाइमा मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गर्ने घोषणा गरेको छ।

‘क्यारी’ ब्रान्ड विश्वकै अग्रणी अटोमोबाइल निर्माता चेरी कमर्सियल भेहिकल्सअन्तर्गत पर्दछ। जुन आफ्नो विश्वसनीयता, सुरक्षा र उत्कृष्ट प्रदर्शनका लागि विश्वभर परिचित छ।
कामा इडब्लु दुई मा ७० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ। कम्पनीले यस इभीमा पाँच वर्ष अर्थात २ लाख किलोमिटर वारेन्टी दिएको छ।
कम्पनीले क्यारी ब्रान्डअन्तर्गत केभान १ र केभान २ भेरिएन्टका इलेक्ट्रिक भ्यान सार्वजनिक गर्न लागेको हो। व्यावसायिक प्रयोजनका लागि आधुनिक खैरो रङमा ‘कमर्सियल भेरियन्ट’ र स्कुल/कलेज प्रयोजनका लागि सुरक्षात्मक पहेँलो रङमा ‘स्कुल भेरियन्ट’ उपलब्ध हुने छन्।
यस भ्यानमा ५३ किलोवाट आवर क्षमताको सिएटिएल ब्याट्री जडान गरिएको छ। यसले एक पटकको फुल चार्जमा अधिकतम ३०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।
कामा कन्टेनर भ्यान
कामा इभीको नेपालमा लागि आधिकारिक वितरक मेगा मोटर्सले आगामी नाडा अटो शोमा इभी कन्टेनर लन्च गर्ने भएको छ। यस इभीमा ८.५ फिट लम्बाई र ५.५ फिट उचाई भएको मजबुत कन्टेर राखिएको छ। यसको पेलोड क्षमता १.५ टन छ। एक पटकको फुल चार्जमा २५० किलोमिटरसम्म गुडाउन सकिन्छ।

कामा इडब्लु दुई मा ७० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ। कम्पनीले यस इभीमा पाँच वर्ष अर्थात २ लाख किलोमिटर वारेन्टी दिएको छ।
सनलोङ यु वान र यु टु
साउन २१ गतेदेखि आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ चिनियाँ कमर्शियल भेहिकल ब्राण्ड सनलोङका दुई विद्युतीय माइक्रोभ्यान सार्वजनिक हुने भएको छ। वेबर ग्रुपअन्तर्गतको ब्लु कर्पोरेशन प्रालिले सनलोङको १२ र १३ सिटे माइक्रोभ्यान सार्वजनिक गर्ने भएको हो।
सुरक्षाका लागि यी भ्यानहरूमा एबीएस, ईबीडी, ईपीएस, ईएससी, ब्रेक असिस्ट, फ्रन्ट डिस्क एण्ड रियर ड्रम ब्रेकिङ सिस्टम, सिटबेल्ट वार्निङ आदि फिचर रहेको छ।
कम्पनीले नेपाल ल्याएका यू वान र यू टु विद्युतीय माइक्रोभ्यानमा क्रमशः ४६.३६ र ५०.२३ किलोवाट अवारको ब्याट्री प्याक रहेको छ। ८० किलोवाटको मोटर रहेको यी भ्यानहरूको रेन्ज क्रमशः ३२५ र ३५० किलोमिटरको रहेको छ। १५ इन्चको ह्वील रहेको सनलङको माइक्रोभ्यानमा १८० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ।
सनलङको यो माइक्रोेभ्यानमा एलसीडी ड्यासबोर्ड, यूएसबी चार्जिङ इन्टरफेस, एयर कण्डिसन, प्रेडेस्ट्रियन वार्निङ सिस्टम, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामरा, फ्रन्ट पावर विण्डो लगायत फिचर छन्।

सुरक्षाका लागि यी भ्यानहरूमा एबीएस, ईबीडी, ईपीएस, ईएससी, ब्रेक असिस्ट, फ्रन्ट डिस्क एण्ड रियर ड्रम ब्रेकिङ सिस्टम, सिटबेल्ट वार्निङ आदि फिचर रहेको छ। कम्पनीले यी विद्युतीय भ्यानसँग ३.३ पिकलोवाटको पोर्टेबल र ६.६ किलोवाटको वाल माउण्टेड चार्जर दिने जनाएको छ। ब्लु कर्पोरेशनले १२ सिटे सनलङ यू वानको मूल्य ४७ लाख ४७ हजार र १३ सिटे यू टुको मूल्य ५१ लाख ५१ हजार रुपैयाँ तोकेको छ।
दुई अटो शोमा प्रदर्शनी गर्ने मोन्ट्रा, काइन्यु र नाभिको ब्रान्डको भने कुन मोडल अटो शोमा प्रदर्शनी हुन्छ। कम्पनीहरुले खुलाएका छैनन्।