काठमाडाैं। चीनको ठूलो अटोमोबाइल कम्पनी जिली अटो होल्डिङ ग्रुपको उत्पादन जिली ईएक्स–५ सिरिज नेपाली बजारमा भित्रिएको छ। नेपालका लागि जिलीको आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले जिलीका दुई मोडल नेपाली बजारमा भित्र्याएको हो।
कम्पनीले जिली ईएक्स–५ प्रो र जिली ईएक्स–५ म्याक्स ‘नाडा अटो शो २०२५’ लाई लक्षित गरी भित्र्याएको हो।
नेपाली बजारमा विद्युतीय सवारीसाधन ९ईभी० का नयाँ मोडल भित्रिने क्रम जारी छ। नयाँ मोडल भित्रिरहँदा ग्राहकका लागि विकल्प थपिँदै गएका छन् भने ब्रान्डबीचको प्रतिस्पर्धासमेत तीव्र बन्दै गएको छ। यी गाडीले नेपाली ईभी बजारमा रहेका अन्य गाडीसँग प्रतिस्पर्धा गर्ने अपेक्षा कम्पनीको छ।
कम्पनीले जिली ईएक्स–५ प्रोको मूल्य ५८ लाख र ईएक्स–५ म्याक्सको मूल्य ६८ लाख रुपैयाँ निर्धारण गरेको छ। नेपाली उपाभोक्ताको अवस्था र रुचिलाई लक्षित गर्दै कम्पनीले नाडा अटो शोमा गाडीको मूल्यमा केही विशेष लाभ दिइने जनाएको छ। नेपाली बजारमा डिजाइन, प्रविधि, ब्याट्री क्षमता र मूल्यको दृष्टिले अन्यभन्दा यी मोडल बढी प्रतिस्पर्धात्मक हुने देखिएको छ।
जिलीको दुवै मोडलमा ६०।२ किलोवाट आवर क्षमताको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारिता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिन्छ। यी दुवै मोडलमा जडान गरिएको १६० किलोवाट क्षमताको मोटरले शून्यदेखि १०० किलोमिटरको गति ६.९ सेकेन्डमै पूरा गर्न सक्ने क्षमता राख्छ।
यसको सीएलटिसी परीक्षणअनुसार गाडीको रेन्ज ५३० किलोमटिर र डब्लुएलटीपी मापनअनुसार ४३० किलोमिटर रहेको कम्पनीले जनाएको छ।
गाडी निर्माता जिली होल्डिङ ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रिले आठ वटा निडल परीक्षण पास गरेसँगै संसारकै पहिलो वाटर फायर र बुलेट प्रुफ प्रमाणित भएको छ।
यस ब्याट्रीको आयू ३५ सय चार्ज रिसाइकल लगभग १० लाख किलोमिटर अथवा ५० वर्ष रहेको छ, जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रिको क्षमताभन्दा धेरै हो। एलआरआर मोटर्सले जिलीका गाडीको ब्याट्रीमा आठ वर्ष वा २ लाख किमिसम्म वारेण्टि दिएको छ।
आकर्षक डिजाइन र इन्टेरियर
जिली ईएमएएक्स–५ को बाह्य डिजाइन आधुनिक एरोडायनामिक प्रोफाइलमा आधारित छ, जसमा एलइडी हेडलाइट, टेललाइट र आकर्षक फ्रन्ट ग्रिल समावेश छन्।
आन्तरिक भागमा १५।४ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०।२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ तथा पाँच तहको सिट प्रविधि छ।
ईएक्स–५ मा थप रूपमा हेडअप डिस्प्ले, हीटिंग, भेन्टिलेटेड र मसाजिङ्ग क्षमतायुक्त आरामदायी सिटको साथै, फ्लाइमीको साउण्ड सिस्टम समेत उपलब्ध छन्, जसले उपभोक्तालाई लक्जरी अनुभव दिन्छ।
जिली ईएक्स–५ प्रो र म्याक्स दुवै मोडलमा ६ वटा एयरब्याग, एबिएस, इबिडी, इएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्टलगायतका सुरक्षा प्रविधिहरू समावेश छन्। साथै, जिलीले आफ्नै विकसित फ्लाइमी अटो ओएस–स्मार्ट ककपिट अपरेटिङ सिस्टम प्रयोग गरेको छ, जसले स्मार्ट ड्यासबोर्ड र ओटिए अपडेटको सुविधा दिन्छ।
ईएक्स–५ प्रो र ईएक्स–५ म्याक्स दुबैमा इन्टिग्रेटेड स्मार्ट युआई, एपमार्फत गाडीको गति नियन्त्रण गर्ने सुविधा पनि रहेको छ। जिली ईएक्स–५ स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुक्र्वोइज ग्रिन गरी ५ रङमा उपलब्ध छन्।