काठमाडौं। गौरा कन्स्ट्रक्सनको आम्दानी करिब साढे ५१ प्रतिशतले घटेको छ। नेपाल सरकारबाट ‘क’ वर्गको निर्मााण व्यवसायीको मान्यता पाएको गौरा कन्स्ट्रक्सनले आर्थिक वर्ष २०२४/२५ मा १६ करोड ८० लाख रुपैयाँ (अपरिस्कृत) आम्दानी गरेको हो।
कम्पनीले गत वर्षको सोही अवधिमा ३४ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीको आम्दानी एक वर्ष अवधिमा ५१.४५ प्रतिशत अर्थात् १७ करोड ८० लाख रुपैयाँले घटेको हो। कम्पनीले आव २०२३ मा ३१ करोड ९० लाख र आव २०२२ मा ३६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो।
सन् १९८५ मा आधिकारिक रुपमा निर्माण व्यवसायमा सम्लग्न गौरा १९७६ मै स्थापना भएको थियो। गौरामा चार जना व्यक्तिहरु मुख्य सेयरधनी छन्। कम्पनीका प्रबन्ध निर्देशक कुमार पौडेलको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ।
आजभन्दा करिब ४९ वर्षअघि स्थापाना भएको गौरा कन्स्ट्रक्सनले एक अर्ब ३५ करोड १६ लाख रुपैयाँ बैंकिङ कर्जा प्रयोजनका लागि इक्रा नेपालमा क्रेडिट रेटिङ गराएको छ। जसमा इक्राले गौरालाई ७ करोड १६ लाख रुपैयाँ दीर्घकालिन कर्जामा ‘एलबिबिमाइनस’ र एक अर्ब २८ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि ‘एफोर’ रेटिङ पुनः पुष्टी गरेका छ।
इक्राले एक वर्षको अवधिमा कम्पनीको वित्तीय अवस्था थप बिग्रिएको भन्दै कर्जा सीमा घटाएर दीर्घकालीन कर्जाको जोखिम रेटिङ यथावत राखेको हो।
इक्राले गौरालाई दिएको दीर्घकालीन कर्जामा ‘एलबिबिमाइनस’ रेटिङले वित्तीय दायित्व भुक्तानीमा मध्यमस्तरको जोखिम र अल्पकालीन कर्जाको लागि ‘एफोर’ले कम स्तरको जोखिम भई भुक्तानी क्षमता प्रयाप्त रहेको संकेत गर्छ।
गौराले गत वर्ष एक अर्ब ३६ करोड ६१ लाख रुपैयाँ कर्जा प्रयोजनका लागि क्रेडिट रेटिङ गाराएको थियो। इक्राले एक वर्षको अवधिमा कम्पनीको वित्तीय अवस्था थप बिग्रिएको भन्दै कर्जा सीमा घटाएर दीर्घकालीन कर्जाको जोखिम रेटिङ यथावत राखेको हो।
इक्राको रेटिङ रिपोर्टअनुसार गौराको कमजोर पुँजी संरचना, उच्च ऋणभार, कमजोर ऋण भुक्तानी सूचक, तरलतामा दबाब, परियोजना कार्यान्वयनमा जोखिम र विविधीकरणको कमीलगायत कारणले कम्पनीमा बैंक तथा वित्तीय संस्थाले दिएको कर्जा जोखिममा पर्न सक्छ।
कम्पनीले प्राप्त ठेक्काको करिब ९४ प्रतिशत काम सम्पन्न गरेको छैन भने, प्राप्त आम्दानीको करिब ९.२ गुणा पेन्डिङमा रहेको परियोजनाबाट प्राप्त भएको हो। उक्त आम्दानी एक जलविद्युत आयोजनाको ठेक्काबाट प्राप्त भएको हो।
गौरा कन्स्ट्रक्सनको पुँजी संरचना धेरै कमजोर छ। सन् २०२५ को जुलाईसम्म कम्पनीको गियरिङ अनुपातमा १.८ गुणा र कुल ऋण तथा ओपीबीडीआईटीएको अनुपात ७.९ गुणा रहेको छ। आव २०२४ मा यस्तो अनुपात २.१ गुणा र आव २०२३ मा २.०६ गुणा थियो। यसले कम्पनीमा ऋणको भार बढेको देखाउँछ। कम्पनीको सञ्चालन खर्च ७३ प्रतिशत बैंक कर्जामा निर्भर छ।
गौराले आफ्नो कामको विविधीकराण नगरेर आम्दानीमा संकटमा पर्ने सक्ने जोखिम रहेको रिपोर्टमा उल्लेख छ। ग्राहकसमेत गौरालाई समयमै भुक्तानी नगर्दा आम्दानीमा नकारात्मक असर परेको छ।
एकातिर ऋणभार थप भइरहेको छ भने आम्दानीमा गिरावट आएसँगै कम्पनीको ऋण भुक्तानी अनुपात (डिएससिआर) वर्षेनी घटेको छ। आव २०२४ मा १.५ गुणा रहेको यस्तो अनुपात घटेर आव २०२५ मा १.२ गुणामा सिमित भएको छ। कम्पनीले आव २०२५ को मध्यमा नै कर्जा सिमाको करिब १ सय ६५ प्रतिशत उपयोग गरिसकेको छ। यसले कम्पनी तरलता अभावमा रहेको देखिन्छ।
रेटिङ रिपोर्टअनुसार कम्पनीले हाल पाएको ठेक्कामा ९४ प्रतिशत अझै सुरु गरेको छैन। जसले गर्दा काम सम्झौता समयमै सम्पन्न नहुने जोखिम रहन्छ। गौराले प्राप्त ठेक्कामा ९४ प्रतिशत जलविद्युत र सिभिल क्षेत्रको रहेको छ भने ९५ प्रतिशत काम निजी निकायबाट प्राप्त गरेको छ।
गौराले आफ्नो कामको विविधीकराण नगरेर आम्दानीमा संकटमा पर्ने सक्ने जोखिम रहेको रिपोर्टमा उल्लेख छ। ग्राहकसमेत गौरालाई समयमै भुक्तानी नगर्दा आम्दानीमा नकारात्मक असर परेको छ।
गौराले सम्झौाताअनुसार समयमै ठेक्का पूरा नगर्दा र बैंकको ऋण नतिर्दा बैंक ग्यारेन्टी जफत हुने कालोसूचीमा पर्ने सम्भावना बढेको छ।