काठमाडौं। विशाल र त्रिवेणी ग्रुपको संयुक्त लगानीको घोराही सिमेन्टले पाँच अर्ब बढीको व्यापार गरेको छ। घोराही सिमेन्ट उद्योगले गत आर्थिक वर्षमा पाँच अर्ब ५ करोड ८ लाख रुपैयाँ बढीको व्यापार गरेको हो। कम्पनीका अध्यक्ष पुरुषोत्तम लाल संघाई हुन्।
अघिल्लो वर्षको सोही अवधिमा उद्योगले चार अर्ब ४७ करोड ७९ लाख रुपैयाँ बढीको व्यापार गरेको थियो। एक वर्षको अवधिमा कम्पनीको व्यापार १२.७९ प्रतिशतले वृद्धि भएको छ।
व्यापारमा वृद्धि भएसँगै समीक्षा अवधिमा उद्योगले एक अर्ब दुई करोड ५९ लाख रुपैयाँ कुल नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष उद्योगले ३० करोड ८५ लाख रुपैयाँ कुल नाफा आर्जन गरेको थियो।
एक वर्षको अवधिमा २३२.५४ प्रतिशतले कुल नाफा वृद्धि गरेको घोराही सिमेन्टको खुद नाफा भने ऋणात्मक रहेको छ। गत वर्षमा उद्योगको नाफा ६६ करोड ३ लाख रुपैयाँ ऋणात्मक छ। अघिल्लो वर्षको सोही अवधिमा उद्योगको नाफा एक अर्ब ४४ करोड रुपैयाँ ऋणात्मक थियो।
आर्थिक मन्दी, विकास निर्माणको कार्यमा आएको ह्रास, सिमेन्टको कच्चा पदार्थ चुन ढुंगा उत्खनन्मा समय लाग्दा, खपतको तुलनामा सिमेन्ट उत्पादनमा कमी हुँदा व्यावसाय र नाफा प्रभावित भएको घोराही सिमेन्टले उल्लेख गरेको छ।
कुल नाफामा सञ्चालन खर्च, ब्याज, करलगायत कट्टा गरेपछि खुद नाफा ऋणात्मक हुन पुगेको हो। उद्योगको कुल सञ्चालन आम्दानी घटेसँगै खुद नाफासमेत घटेको हो। गत वर्ष उद्योगले नौ करोड रुपैयाँ मात्रै सञ्चालन नाफा गर्न सकेको थियो। साथै, गत वर्ष घोराही सिमेन्टको प्रतिसेयर आम्दानीसमेत १४.४६ पैसा ऋणात्मक छ।
आर्थिक मन्दी, विकास निर्माणको कार्यमा आएको ह्रास, सिमेन्टको कच्चा पदार्थ चुन ढुंगा उत्खनन्मा समय लाग्दा, खपतको तुलनामा सिमेन्ट उत्पादनमा कमी हुँदा व्यावसाय र नाफा प्रभावित भएको घोराही सिमेन्टले उल्लेख गरेको छ।
उद्योग स्यमको आम्दानीबाट सञ्चालन खर्च जुटाउन नसक्ने अघिल्लो वर्षदेखि भएको हो। जसका कारण उद्योग बैंक कर्जामा चालु खर्च चालाउन बाध्य छ। उद्योगले आईपीओबाट प्राप्त पैसाले ऋण तिरे पनि ऋण अझै बाँकी छ। उद्योगले अघिल्लो वर्ष १० अर्ब रुपैयाँसम्म बैंक कर्जा लिएको थियो। जसबाट ब्याज तिर्न उद्योगले करोडौं रुपैयाँ खर्च गरेको छ।
सन् २००७ मा दाङ जिल्लाको घोराहीमा स्थापना भएर सञ्चालित कम्पनीले क्लिंकर, ओपिसी र पीपीसीको उत्पादन तथा बिक्री गर्छ। उद्योगको क्लिंकर उत्पादन क्षमता ३५ सय टिपिडी र सिमेन्ट ग्राइन्डिङ क्षमता १६ सय टिपिडी रहेको छ।