काठमाडैं । इलेक्ट्रोनिक्स अग्रणी ब्रान्ड एलजी नेपालले नयाँ पुस्ताको एलजी एआई टिभी नेपालमा सार्वजनिक गरेकाे छ। मायालु दक्षता दर्शनमा आधारित र एलजीकाे अत्याधुनिक एआई प्रेसेसर जेनज२ द्वारा सञ्चालित यो टिभीले प्रयोगकर्ताको व्यवहार सिक्ने, बुझ्ने र आत्मसात् गर्ने क्षमतामार्फत व्यक्तिगत अनुभवलाई नयाँ उचाइमा लैजाने कम्पनीके भनाइ छ।
तपाईंलाई बुझ्ने र तपाईंका लागि सोच्ने स्मार्ट टिभी
नयाँ एलजी एआई टिभीले रियल टाइमै प्रयोगकर्ताको रुचि, हेर्ने बानी र वरपरको वातावरण विश्लेषण गरी इमेज तथा ध्वनिको गुणस्तर अटोमेटिक रूपमा अनुकूलन गर्छ। दैनिक जीवनका नियमित कामदेखि लिएर मनोरञ्जनको अनुभवसम्म प्रत्येक घरमा अझै स्मार्ट, सहज र सहजै अनुकूलित जीवनशैली प्रदान गर्दछ।
स्मार्ट जीवनका लागि अत्याधुनिक एआई फिचर
नयाँ एलजी एआई टिभी सिरिजले प्रयोगकर्ताको सुविधा, रुचि र व्यक्तिगत अनुभवलाई केन्द्रमा राख्दै निम्न उत्कृष्ट एआईमा आधारित विशेषता प्रस्तुत गर्दछः
एआई – प्राकृतिक संवादमार्फत छिटो सहायता
एआई कन्सिरेग – तपाईंका रुचि अनुसार सामग्री तथा जीवनशैली सुझाव
एआई पिक्चर विजार्ड – दृश्यअनुसार अटोमेटिक इमेज अनुकूलन
एआई साउन्ड विजार्ड– घरको वातावरण तथा सामग्रीअनुसार ध्वनिको प्रिमियम सेटिङ
एआई सर्च – छिटो, इन्टेलिजेन्ट र प्रभावकारी सामग्री खोज प्रणाली
एआई भ्वाइस आईडी (प्रत्येक प्रयोगकर्तालाई विशेष व्यक्तिगत कमान्ड र प्रोफाइल व्यवस्थापन
याे टिभी हरेक नेपाली घरका लागि चार प्रिमियम विकल्पमा उपलब्ध हुनेछ। प्रत्येक मोडलमा एलजीको अत्याधुनिक एआई क्षमता, बेस्ट डिस्प्ले गुणस्तर र विस्तृत साइज तथा मूल्य सिरिजमा उपलब्ध छन्, जसले हरेक नेपाली परिवारको आवश्यकतालाई पूरा गर्छ।
मनोरञ्जन प्रविधिमा नयाँ मापदण्ड
एलजी एआई टिभी नेपालमा इन्टेलिजेन्ट मनोरञ्जन प्रविधिको नयाँ युग आरम्भ हुने गरी डिजाइन गरिएके एलजीका मार्केटिङ र ब्रान्ड प्रमुख मुकेशकुमार बैठाले बताए।
उपलब्धता
कम्पनीले एलजी एआई टिभी सिरिज नेपालभर रहेका सबै आधिकारिक एजी सेरूम तथा रिटेल पार्टनरमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ।