काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको सेल्फ–सर्भिस मोबाइल एप ‘एनसेल एप’ले १ करोड डाउनलोड भएको छ। योसँगै एनसेल एप नेपालमा सबैभन्दा बढी प्रयोग हुने डिजिटल प्लेटफर्म बनेको छ।
ग्राहकको डिजिटल यात्रालाई अझ सहज र आधुनिक बनाउन तयार पारिएको यो एप प्रयोगकर्ताका लागि भरपर्दो डिजिटल टुलको रूपमा झनै लोकप्रिय बन्दै गएको एनसेलले बताएको छ।
ग्राहकले एनसेल एपमार्फत कुनै कोड डायल नगरी एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकहाँ नगई सजिलै विभिन्न सेवा लिन सक्छन्। साधारण ब्यालेन्स रिचार्जदेखि प्याक खरिद, उजुरी दर्ता, ब्यालेन्स ट्रान्सफर, अनलाइन÷अफलाइन गेम, सेवा सक्रिय र निष्क्रिय गर्ने सुविधालगायत धेरै सेवा उपलब्ध भएकाले यो एप सहज र निर्वाध डिजिटल सेवा अनुभव चाहने ग्राहकको पहिलो रोजाइ बनेको एनसेलको भनाइ छ।
एनसेलले १ करोड डाउनलोड नाघेको अवसरमा १० दिने उत्सव कार्यक्रम घोषणा पनि गरेको छ। यसअन्तर्गत हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी अल टाइम डेटा पाउन सक्नेछन्। पहिलो पटक एप डाउनलोड गरी लग–इन गर्ने ग्राहक वा एपमार्फत् कुनै न कुनै प्याक खरिद गर्ने ग्राहक १० जीबी डेटा जित्न योग्य हुने एनसेलले बताएको छ।
‘एनसेल एपमार्फत १ करोडभन्दा बढी ग्राहक हामीसँग जोडिनु भएकामा अत्यन्त खुसी छौं। यसले हाम्रो एप ग्राहकको डिजिटल दैनिकीको एक महत्त्वपूर्ण हिस्सा बनिसकेको स्पष्ट देखाउँछ। ग्राहक सेवा अनुभवलाई अझ उत्कृष्ट बनाउँदै एपले ग्राहकको डिजिटल यात्रालाई सरल बनाउन सहयोग पुर्याएको छ’, एनसेलका चीफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिवन रोड्रिगेजले भने।
यो एनसेल एप विदेशमा रहेका नेपाली कामदार तथा यात्रुका लागि पनि महत्त्वपूर्ण डिजिटल सोलुसन सावित भएको कम्पनीले जनाएको छ।