काठमाडौं। नेपालमा जिली इ-एक्स पाइभ म्याक्स र प्रो विद्युतीय गाडीको आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा 'इ-एक्स फाइभ उत्कृष्ट बोनान्जा' नामक बिक्री योजना सार्वजनिक गरेको छ।
जिली इ-एक्स फाइभ सिरिजमा लागू हुने सीमित अवधिको पर्व तथा नयाँ अग्रेजी वर्ष सेल्स अफरले नेपाली ग्राहकका लागि प्रिमियम विद्युतीय मोबिलिटीलाई अझ आकर्षक र पहुँच योग्य बनाउने उद्देश्य राखेको छ।
यस विशेष योजनाअन्तर्गत डिसेम्बर २५, २०२५ देखि जनवरी ७, २०२६ को अवधिमा जिली इ-एक्स पाइभ म्याक्स र प्रो बुकिङ गर्ने ग्राहकहरूले विशेष लाभहरू प्राप्त गर्न सक्ने छन्। योजनाअनुसार, जिली इ-एक्स फाइभ बुक गर्ने ग्राहकहरूले दुई लाखसम्मको प्रत्यक्ष नगद छुटका साथै रुपाकोट रिसोर्टमा दुई जनाका लागि २ दिन/१ रातको निःशुल्क बसोबास प्याकेज प्राप्त गर्ने छन्।
यी अफरहरूका अतिरिक्त, कम्पनीले योजना अवधिको क्रममा निःशुल्क एक्सेसरी र चार्जर, एक वर्षको रोड ट्याक्स तथा एक वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स समावेश गरिएको छ।
ग्राहकहरूको सुविधालाई अझ थप गर्दै कम्पनीले आफ्नो गैरीधारास्थित शोरूमबाट प्रयोगमा रहेका सवारी साधनको अन-द-स्पट उत्कृष्ट मूल्यांकन सुविधा पनि उपलब्ध गराउने बताएको छ। जसले ग्राहकहरूलाई जिली इ-एक्स फाइभमा अपग्रेड गर्न सहज बनाउने विश्वास लिइएको छ।
साथै, सम्भावित ग्राहकहरूले टेस्ट ड्राइभ गर्दा आकर्षक गिफ्ट ह्याम्परहरू पनि प्राप्त गर्न सक्ने छन्। जसले जिली इ-एक्स फाइभ सिरिजको कार्यक्षमता, सुविधा र उन्नत प्रविधि प्रत्यक्ष रूपमा अनुभव गर्न प्रोत्साहित गर्ने छ।
जिली इ-एक्स फाइभ म्याक्स र प्रो दुवैले विद्युतीय सवारी साधनको डिजाइन, सुरक्षा तथा इन्टेलिजेन्ट फिचरहरूमा जिलीका नवीनतम प्रविधिहरू प्रतिनिधित्व गर्छन्। जसले नेपालमा दिगो र उच्च गुणस्तरीय मोबिलिटी समाधानप्रतिको बढ्दो मागलाई सम्बोधन गरेको छ।