काठमाडौं । मोरिस ग्यारेज (एमजी)को नेपालका लागि आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले नयाँ वर्षको अवसरमा ग्राहकमुखी आकर्षक योजना सार्वजनिक गरेको छ । कम्पनीले आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच 'सेलिब्रेट इलेक्ट्रीफाइङ न्यू इयर २०२६' नामक विशेष स्कीम घोषणा गर्दै ४ लाख रुपैयाँसम्मको छुट दिने जानकारी गराएको हो ।
कम्पनीले सार्वजनिक गरेको यस योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न किसिमका सुविधा प्राप्त गर्ने छन् । पुरानो गाडी एक्सचेन्ज गरेर नयाँ एमजी गाडी लिन चाहनेहरूलाई उनीहरूको गाडीको उचित मूल्याङ्कन गरी राम्रो दाममा लिइने कम्पनीले जनाएको छ । त्यसका साथै एक्सचेन्ज बोनसको रूपमा थप छुट पनि प्रदान गरिने कम्पनीको भनाइ छ ।
पारामाउन्ट मोटर्सका अनुसार फाइनान्स सुविधा आवश्यक पर्ने ग्राहकहरूलाई विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहजै जोडिदिने व्यवस्था मिलाइएको छ । यसले ग्राहकहरूलाई सजिलो किस्ताबन्दीमा गाडी खरिद गर्न सहयोग पुग्ने कम्पनीले दाबी गरेको छ ।
नयाँ गाडी खरिद गर्नेहरूलाई ठाउँठाउँमै गाडी डेलिभरी दिने सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ । यसबाहेक आवश्यक एसेसरिज निःशुल्क रूपमा गाडीमा जडान गरिदिने व्यवस्था पनि मिलाइएको कम्पनीको भनाइ छ ।
पारामाउन्ट मोटर्सले एमजी ब्राण्डअन्तर्गत चीन र भारतमा उत्पादन भएका विद्युतीय तथा पेट्रोल गाडीहरू नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । विशेष गरी विद्युतीय गाडीको क्षेत्रमा एमजीले नेपाली बजारमा राम्रो उपस्थिति जनाउन सफल भएको छ ।
हाल कम्पनीसँग सबैभन्दा राम्रो बिक्री हुने मोडलहरूमा एमजी एस फाइभ पर्दछ । यो इलेक्ट्रिक एसयूभी यो वर्ष नेपाली बजारमा आएपछि उपभोक्ताहरूबीच निकै लोकप्रिय बनेको छ । त्यस्तै, एमजी आइएमको प्रिमियम लग्जरी क्रसओभर पनि प्रिमियम सेगमेन्टका ग्राहकहरूबीच चर्चित छ ।
विश्वभरि नै चर्चा कमाउन सफल एमजी फोर ईभी पनि नेपाली बजारमा उपलब्ध छ । यसलाई आधुनिक प्रविधि र राम्रो रेन्जका कारण उपभोक्ताहरूले राम्रो प्रतिक्रिया दिएका छन् ।
भारतमा उत्पादन भएका मोडलहरूमा कोमेट प्रिमियम ह्याचब्याक कार र कोमेट मिनी कार छन् । यी दुवै कम्प्याक्ट इलेक्ट्रिक कारहरू सहरी प्रयोगका लागि उपयुक्त मानिन्छन् । त्यस्तै, हालै नेपाल आएको विन्डसर ईभी पनि भारतीय उत्पादन हो ।
पेट्रोलबाट चल्ने मोडलहरूमा हेक्टर र एस्टर जस्ता लोकप्रिय एसयूभीहरू भारतबाट आयात हुँदै आएका छन् । यी गाडीहरू विशेष गरी पेट्रोल गाडी मन पराउने ग्राहकहरूका लागि विकल्पका रूपमा उपलब्ध छन् ।
चीनबाट आयात हुने मोडलहरूमा एचएस र अन्य इलेक्ट्रिक मोडलहरू पर्दछन् । पेट्रोलबाट चल्ने एचएस मोडल विशेष गरी प्रिमियम सेगमेन्टका ग्राहकहरूका लागि लक्षित छ ।
मूल्य विवरणः एमजीको सबैभन्दा सस्तो मोडल कोमेट ईभी हो, जसलाई दुई भेरियन्टमा बिक्री गरिँदै आएको छ । यसको सुरुवाती मूल्य १९ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो कम्प्याक्ट इलेक्ट्रिक कार सहरी प्रयोगका लागि आदर्श मानिन्छ ।
भारतमा उत्पादन भएको विन्डसर ईभी पनि दुई भेरियन्टमा बजारमा उपलब्ध छ । यसको सुरुवाती भेरियन्टको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यो मध्यम आकारको फ्यामिली इलेक्ट्रिक कार हो । विश्वभर चर्चा कमाएको एमजी फोर ईभी पनि आकर्षक मूल्यमा उपलब्ध छ । यसलाई पनि दुई भेरियन्टमा उपलब्ध गराइएको छ र सुरुवाती भेरियन्टको मूल्य ४१ लाख ४९ हजार रुपैयाँ रहेको छ । यो वर्ष नेपाल आएको एस फाइभ मोडल अत्यन्त सफल इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित भएको छ । नेपाली बजारमा राम्रो बिक्री हुँदै आएको यो मोडल तीन भेरियन्टमा उपलब्ध छ । यसको इन्ट्री भेरियन्टको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
प्रिमियम सेगमेन्टमा एमजी आइएम सिक्स प्रिमियम एसयूभी पनि उपलब्ध छ । यसको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो लग्जरी फिचर्स र आधुनिक प्रविधियुक्त गाडी हो ।
पेट्रोल मोडलहरूः पेट्रोल गाडीहरूमा एस्टर एसयूभीको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ रहेको छ । त्यस्तै हेक्टर एसयूभीको मूल्य ७७ लाख ४९ हजार रुपैयाँ छ भने एमजीको सबैभन्दा महँगो पेट्रोल मोडल एचएसको मूल्य ८६ लाख रुपैयाँ तोकिएको छ ।