काठमाडौं। नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी मोटोकर्पले नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा धेरै फिचर भएको नयाँ एसयूभी भिक्टोरिस सार्वजनिक गरेको छ। भविष्यमुखी डिजाइन, विलासी आराम र इन्टेलिजेन्ट प्रविधिको उत्तम समिश्रणका रूपमा यो एसयूभीलाई बजारमा उतारिएको कम्पनीले जनाएको छ।
नयाँ भिक्टोरिसमा स्ट्रोङ हाइब्रिड, १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनका विकल्प उपलब्ध छन्। यो गाडी म्यानुअल र अटोमेटिक दुवै विकल्पमा उपलब्ध हुनुका साथै अत्याधुनिक रोड अवार्नेस र सुरक्षाका लागि लेभल–२ एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम प्रणालीले सज्जित रहेको कम्पनीले जनाएको छ।
ग्राहकको आराम, सुरक्षा र सुखद ड्राइभिङ अनुभवलाई लक्षित गर्दै यसमा आधुनिक समयका सबै आवश्यक सुविधा समावेश गरिएको छ। दमदार पर्फर्मेन्स र अत्याधुनिक प्रविधिका कारण यो एसयूभीले प्रतिष्ठित ‘इन्डियन कार अफ द इयर २०२५’ को अवार्डसमेत जित्न सफल भएको छ।

कम्पनीले यो गाडीको लन्चिङ अफर मूल्य ५०,९९ लाख नेपाली रुपैयाँ कायम गरेको छ। साथै, लन्चिङ अफर र मूल्यअन्तर्गत ग्राहकका लागि नेपाली रुपैयाँ २ लाखसम्मको एक्सचेन्ज बोनस सीमित अवधिका लागि पहिलो ५० बुकिङको लागि उपलब्ध गराइने सीजी मोटोकर्पले जनाएको छ ।
सीजी मोटोकर्पका प्रबन्ध निर्देशक करणकुमार चौधरीले आधुनिक प्रविधिमैत्री र वातावरणीय रूपमा जिम्मेवार नेपाली ग्राहकको आवश्यकतालाई पूरा गर्न भिक्टोरियस सार्वजनिक गरिएको बताए।
गाडीका प्रमुख विशेषता
इन्टेलिजेन्ट प्रविधि र मनोरञ्जन
थियटर अन ह्विल्सः हार्मनद्वारा निर्मित इनफिनिटी ८ स्पिकर प्रिमियम साउन्ड सिस्टम, जसमा डब्ली अटोमस ५।१ सराउन्ड साउन्ड रहेको छ। स्मार्ट प्ले, प्रो एक्स, २५.६५ सेमि ९१०.१ इन्च० को टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, जसमा ३५ भन्दा बढी फिचर भएको एलेक्सा अटो भ्वाइस एआई र ओटिए अपडेट सुविधा छ।
डिजिटल क्लस्टरः २६.०३ सेमी ९१०.२५ इन्च० को पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर।
इन्टिरियर र डिस्प्लेः स्मार्टप्ले प्रो एक्स इन्फोटेनमेन्ट सिस्टममा एकीकृत गरिएको क्लाइमेट कन्ट्रोल एसी डिस्प्ले।
हावाको शुद्धताः एक्यूआई डिस्प्ले र अटो प्युरिफाई मोडसहितको पीएम२.५ एयर फिल्टर।

विलासी आराम र सुविधाः
जेस्चर कन्ट्रोलमार्फत हातको प्रयोग नगरीकन डिकी खोल्न सकिने सुविधा। एम्बियन्ट लाइटिङः ६४ रङमा परिवर्तन गर्न सकिने कस्टमाइजेबल ब्याकलिट लाइटिङ। भेन्टिलेटेड सिटः ८–वे पावर एड्जस्टेबल ड्राइभर सिट र अगाडिका सिटमा कुलिङ सुविधा। एक्टिभ कुलिङ फ्यान सहितको वायरलेस स्मार्टफोन चार्जर र मल्टिपल यूएसभी टाइप–सी फास्ट चार्जिङ पोर्ट।
सर्वोत्कृष्ट सुरक्षा। १० भन्दा बढी इन्टेलिजेन्ट ड्राइभर–असिस्ट फिचर जस्तै– अटोमेटिक इमर्जेन्सी ब्रेक, एडेप्टिभ क्रुज कन्ट्रोल, र लेन किप असिस्ट।
६ एयरब्याग्सः सुरक्षालाई प्राथमिकता दिँदै सबै भेरियन्टमा ६ वटा एयरब्याग मानकका रूपमा उपलब्ध छन्।
३६० भ्यू क्यामेराः ११ वटा फरक दृश्य देखाउने हाई–डेफिनिसन क्यामेरा र टायर प्रेसर मनिटरिङ सिस्टम, सुरक्षा र नियन्त्रणः अल–ह्वील डिस्क ब्रेक, टायर प्रेसर मनिटरिङ सिस्टम र ब्रेक होल्डसहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक।
स्मार्ट पार्किङः फ्रन्ट र रियर पार्किङ सेन्सरका साथ स्वचालित ३६० भ्यू क्यामेरा। इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, एन्टी–लक ब्रेकिङ सिस्टमका साथै इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन, हिल होल्ड कन्ट्रोल, रिभर्स पार्किङ सेन्सर, ३–पोइन्ट सिट बेल्ट र सिट बेल्ट रिमाइन्डर रहेकाे छ।
बहुमुखी पावरट्रेन, स्ट्रोङ हाइब्रिड, ईभी मोडसहितको स्ट्रोङ हाइब्रिड इन्जिन रहेको छ, जसले उत्कृष्ट माइलेज र पर्फर्मेन्स दिन्छ। कठिन बाटोका लागि अटो, स्नो, स्पोर्ट र लक मोडसहितको चार गुणा चार प्रणाली समावेश रहेको कम्पनीले जनाएको छ।