काठमाडौं। जिली अटो ग्रुपले नेपालमा उपलब्ध जिली ईएक्स५ को विद्युतीय एसयूभीमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी सुविधा थपेको छ।
नयाँ प्राविधिक स्तरोन्नतिले जिली ईएक्स५ का सवारीसाधनको डिजिटल इकोसिस्टमलाई थप सुदृढ बनाउँदै नेपाली विद्युतीय सवारी बजारमा जिली गाडीको उपस्थिति अझ मजबुत हुने कम्पनीको भनाइ छ।
-1768376008.jpg)
एप्पल र एन्ड्रोइड कारप्ले सपोर्ट प्रणालीले गाडीलाई चालकको स्मार्टफोनसँग सहज एकीकरणमार्फत सुरक्षा, सुविधा र कनेक्टिभिटीलाई एकसाथ जोड्दै समग्र ड्राइभिङ अनुभवलाई उल्लेखनीय रूपमा उकास्ने बताइएको छ।
सफ्टवेयर अपडेटमार्फत एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी
सिरी वा गुगल एसिस्टेन्टद्वारा सञ्चालित ह्यान्ड्स–फ्री भ्वाइस कमान्डको माध्यमबाट चालकले फोन समात्न नपरी कल गर्न, सन्देश पठाउन वा प्राप्त गर्न तथा मार्ग निर्देशन लिन सक्छन्, जसले हात स्टियरिङमै र आँखा सडकतर्फ केन्द्रित राख्न सहयोग गरी सवारी अनुभवलाई उत्कृष्ट बनाउँछ।
नयाँ सपोर्ट प्रणालीले परिचित स्मार्टफोन इन्टरफेसलाई सवारीसाधनको इनबिल्ट डिस्प्लेमा मिरर गर्छ, जहाँ ठूला, स्पष्ट आइकन र सहज लेआउटका कारण ड्राइभिङका क्रममा नक्सा, स्थान र मेसेजजस्ता आवश्यक एप सजिलै प्रयोग गर्न सकिनेछ।
-1768376046.jpg)
एपमार्फत वास्तविक समयको नेभिगेसन र ट्राफिक अपडेट प्राप्त गर्न सकिन्छ भने कल र नोटिफिकेसनको सुरक्षित व्यवस्थापन पनि सम्भव हुने कम्पनीले बताएको छ। टचस्क्रिन, स्टीयरिङ ह्विलका बटन र इनबिल्ट माइक्रोफोनलगायत सवारीसाधनका विद्यमान कन्ट्रोलहरूसँग पूर्ण रूपमा एकीकृत भएकाले यो प्रणालीले सहज, एकीकृत र प्रयोगमैत्री ड्राइभिङ वातावरण प्रदान गर्छ।
यो सुविधा ईएक्स बिक्री हुने अन्तर्राष्ट्रिय बजारमा ग्राहकको उच्च मागपछि विश्वव्यापी रूपमा सुरु गरिएको हो। अब नेपाली उपभोक्ताले पनि समान स्तरको उन्नत इन–कार प्रविधि पाउनेछन्।
नेपालमा ग्राहक–केन्द्रित कार्यान्वयन
नेपालका लागि जिली ईएक्स५ को आधिकारिक वितरक एलआरआर मोटरले लन्चदेखि हालसम्म बिक्री भएका सबै जिली ईएक्स५ मा सवारीसाधनमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट प्रदान गर्न थालिसकेको छ।
-1768376089.jpg)
कम्पनीका अनुसार सेवा टोलीले ग्राहकका घर वा कार्यालयमै पुगेर प्राविधिक सुविधालाई इन्स्टल गरिरहेका छन्, जसले अपग्रेड प्रक्रियालाई झन्झटरहित बनाएको एलआरआर मोटरका प्रबन्ध निर्देशक जीवनजंग शाहीले बताए।यसले नेपालको ईभी बजारमा जिलीको उपस्थितिलाई थप मजबुत बनाएको कम्पनीका बिक्री प्रमुख अधीरकुमार श्रेष्ठको भनाइ छ।
गत वर्षको नाडा एक्स्पोमा लन्च भएयता आधुनिक डिजाइन, प्रिमियम इन्टेरियर, उन्नत सुरक्षा प्रविधि र प्रभावकारी विद्युतीय कार्यक्षमताका कारण जिली ईएक्स५ नेपालमा धेरै चर्चामा रहेको विद्युतीय सवारीमध्येमा पर्छ।