काठमाडौं। भारतीय दुई पांग्रे इलेक्ट्रीक ब्राण्ड एम्पियरमा दुई नयाँ स्कुटर नेपाली बजारमा बिक्री सुरू भएको छ। नेपालका लागि एम्पियरको आधिकारिक बिक्रेता एसटीसी अटो सोलुसन प्रालिले दुई नयाँ स्कुटरको बिक्री थालेको हो।
कम्पनीले एम्पियरको मेग्नस निओ र नेक्ससका दुई मोडल नेपाली बजारमा ल्याएको होे। कम्पनीले एम्पियर मेग्नस निओको मूल्य ३ लाख र नेक्ससको ३ लाख ३५ हजार रुपैयाँ निर्धारण गरेको छ।
एम्यिरको स्कुटरमा प्रयोग गरिएको लिथियम फेरो फोस्फेट ब्याट्रीप्याकमा २ हजार लाइफ साइकल रहेको छ। कम्पनीले ब्याट्रीमा ७५ हजार किलोमिटर वा ५ वर्षसम्मको वारेन्टि दिएको छ। यो ब्याट्रीलाई घरमै साढे ३ घण्टामा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।
एम्पियर मेग्नस निओ एम्पियर मेग्नस निओमा २.५ किलोवाट क्षमाताको मोटर उपलब्ध छ। यो स्कुटरमा २.३ किलोवाट आवरको लिथियम फेरो फोस्फेट ब्याट्री प्याक छ। जसले एक पटको फुलचार्जमा १०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
यो स्कुटरमा आरामदायी सिटसँगै १५० किलोको लोडिङ क्षमता। यसको १६५ एमएमको ग्राउण्ड क्लियरेन्स छ। यो स्कुटरमा लो, हाई र रिभर्स राइडिङ मोड उपलब्ध छ।
एम्यिर नेक्ससमा ३.३ किलोवाटको इलेक्ट्रीक मोटर छ। यसमा ३ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ। जसले एकपटकको फुलचार्जमा १०७ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। मिड माउन्ट मोटर भएको मेक्ससमा रिभर्ससहित विभिन्न ५ ड्राइभ मोड उपलब्ध छ। एम्पियर स्कुटरमा अलोय ह्वील, डिस्क ब्रेक, एलईडी लाइट, यूएसबी चार्जर, कलर डिस्प्ले जस्ता फिचर उपलब्ध छ।