काठमाडौं। नेपालमा विद्युतीय सवारी (ईभी) साधनप्रति बढ्दो आकर्षणसँगै प्रिमियम इलेक्ट्रिक एसयूभी सेग्मेन्ट तीव विस्तार हुँदै गएको छ। सुविधा, सुरक्षा र अत्याधुनिक प्रविधिको सन्तुलन खोज्ने उपभोक्ताको रोजाइमा जिली ईएक्स ५ नयाँ पहिचानका रूपमा उदाउँदै प्रिमियम अनुभवलाई फराकिलो बनाइरहेको छ।
विशेषगरी उपभोक्तामा आएको परिवर्तन, बढ्दो इन्धन खर्च र वातावरणीय सचेतनाले उपभोक्तालाई नयाँ विकल्पतर्फ आकर्षित गरिरहेको हो। उपभोक्ताको बदलिँदो रोजाइले नेपाली बजारमा प्रिमियम इलेक्ट्रिक एसयूभी जिली ईएक्स ५ ले प्रिमियम सेग्मेन्टमा आफ्नो बलियो उपस्थिति देखाएको हो।
नेपालमा कार केवल एउटा सवारी साधन मात्र होइन। विशेषगरी काठमाडौं जस्ता तीव्र गतिमा विस्तार हुँदै गरेका शहरी क्षेत्रमा कारले बहुआयामिक अर्थ बोकेको छ। सुविधा, सुरक्षा, समयको मूल्य, पारिवारिक आवश्यकताको समाधान र सामाजिक पहिचानसम्ममा कारले निकै महत्वपूर्ण भुमिका खेलिरहेको छ।
कुनै समय कारलाई विलासिताको वस्तु मानिन्थ्यो। तर, आज यो मध्यम र उच्च मध्यम वर्गका लागि अनिवार्य आवश्यकता बनेको छ। सार्वजनिक यातायातको भीडभाड र समय व्यवस्थापनको चुनौतीलाई चिर्दै सुरक्षित र निजी यात्रा गर्ने चाहनाले कारको माग बढाएको छ। नेपालमा अझै पनि कार सामाजिक प्रतिष्ठासँग जोडिएको छ।
ब्रान्ड, डिजाइन र टेक्नोलोजीले व्यक्तिको जीवनशैली झल्काउने हुँदा उपभोक्ता प्रिमियम ब्रान्डमा सिफ्ट भइरहेका छन्। त्यसमा पनि एसयूभीलाई पेशागत सफलता र आधुनिक सोचको प्रतीकको रुपमा लिने गरिन्छ। तर, अहिलेको पुस्ताले कार रोज्दा केवल ‘देखावटी’ पक्ष मात्र हेर्दैन। उनीहरू ‘स्मार्ट च्वाइस’मा विश्वास गर्छन्। जहाँ खरिद मूल्य, अत्याधुनिक प्रविधि र दीर्घकालीन बचतबीच सही सन्तुलन महत्वपूर्ण हुन्छ।
उपभोक्ताहरू पछिल्लो समय कार छनोटमा निकै स्मार्ट देखिएका छन्। उनीहरुको रोजाइमा आरामदायी सिट, स्मार्ट इन्फोटेनमेन्ट, एडभान्स सेफ्टी सिस्टम, कम सञ्चालन खर्च र वातावरणमैत्री प्रविधि प्राथमिकतामा पर्ने गर्छन्।
विशेषगरी ईभीले इन्धन खर्च, मर्मत खर्च र प्रदूषण घटाउने कारणले कारको अर्थलाई अझै परिवर्तन गरिरहेको छ। प्रिमियम इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा भने जिली ईएक्स ५ ले नेपाली उपभोक्ताको अपेक्षालाई नयाँ उचाई दिएको छ। चिनियाँ अटो निर्माता जिलीले नेपाल ल्याएको ईएक्स ५ ले आजको नेपाली उपभोक्ताको बदलिँदो सोचसँग मिल्ने सम्पूर्ण पक्षहरू उपलब्ध गराएको छ।
यस कारमा उपलब्ध स्मुथ एक्सेलेरेसन र साइलेंट ड्राइभ, उच्च ग्राउन्ड क्लियरेन्स, लामो रेन्ज, स्थिर र आरामदायी सस्पेन्सन जस्ता फिचरले दैनिक कार्यलय आवत जावतदेखि लामो पारिवारिक यात्रासम्म सहज बनाएको छ।
जिली ईएक्स ५ मा भएको आकर्षक र आधुनिक डिजाइन, ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट, प्यानोरामिक सनरुफ र प्रशस्त क्याविन स्पेस जस्ता सुबिधाले यस कारमा सवार हुँदा ‘प्रिमियम फिल’ गराउने कम्पनीको भनाइ छ। सुरक्षाका लागि यसमा एडभान्स ड्राइभर असिस्ट सिस्टम, मल्टिपल एयरब्याग र स्मार्ट कनेक्टिभिटीलगायत फिचर दिइएको छ। यसले सुरक्षासँगै र प्रविधिको सन्तुलन मिलाउन योगदान गरेको छ।
त्यसैगरी, इन्धन खर्च शून्य, कम मर्मत खर्च र वातावरणमैत्री यात्रा जस्ता विशेषताले आजका सचेत उपभोक्ताका लागि यो ‘स्मार्ट लगानी’समेत हो। अटो पारखीका अपेक्षालाई एउटै प्लेटफर्ममा पूरा गर्ने प्रयासमा जिली ईएक्स ५ जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभीहरू अगाडि देखिएका छन्।