काठमाडौं। अग्नि ग्रुपअन्तर्गत नेपालको लागि महिन्द्राको आधिकारिक सर्भिस सेन्टर बालाजु अटो वर्क्स प्रा।लिले महिन्द्राका सवारीधनीहरूका लागि विशेष सर्भिस क्याम्प ‘महिन्द्रा केयरफेस्ट २०८२ स् सर्भिस उत्कृष्ट, गाडी चिटिक्क’ औपचारिक रूपमा सुरू गरेको छ।
माघ ९ गतेदेखि सुरू भएको केयरफेस्ट माघ १४ गतेसम्म सञ्चालन हुनेछ। ग्राहकको सुविधालाई ध्यानमा राख्दै यस अवधिमा शनिबारसमेत सर्भिसिङ सेवा उपलब्ध गराइने जनाइएको छ।
काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा अवस्थित सुविधासम्पन्न बालाजु अटो वर्क्स सर्भिस सेन्टरमा शुक्रबार आयोजित विशेष समारोहका बीच केयरफेस्टको उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा अग्नि ग्रुपका उपाध्यक्ष वेदा सताशा श्रेष्ठ, रिसर्च एन्ड बिजनेस डेभलपमेन्ट हेड वेदान्त श्रेष्ठ तथा महिन्द्रा एन्ड महिन्द्राका नेपाल, भारत र बङ्गलादेशका लागि कन्ट्री हेड चैतन्य कागलकारको उपस्थिति रहेको थियो। कार्यक्रममा ग्राहकवर्ग र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता थियो।
केयरफेस्ट काठमाडौँमा मात्र सीमित नभई देशभर रहेका ५३ भन्दा बढी शाखा, डिलर तथा वर्कसपहरूमा एकैसाथ सञ्चालन भइरहेको कम्पनीले जनाएको छ। यस क्याम्पको उद्देश्य महिन्द्राका ग्राहकहरूलाई विश्वसनीय र आधिकारिक सर्भिसिङका साथै आकर्षक छुट र थप लाभ प्रदान गर्नु रहेको छ।
केयरफेस्ट अवधिभर महिन्द्राद्वारा प्रमाणित दक्ष प्राविधिकहरूले जेन्युन स्पेयर पार्ट्स तथा अत्याधुनिक डायग्नोस्टिक उपकरण प्रयोग गरी सवारीसाधनको सर्भिसिङ गर्नेछन्। ग्राहकहरूले निःशुल्क ४५(पोइन्ट चेकअप, निःशुल्क जनरल लेबर चार्ज र निःशुल्क कम्प्युटराइज्ड डायग्नोसिसको सुविधा पाउनेछन्।
यसका साथै कम्प्युटराइज्ड ह्विल अलाइनमेन्टमा ५० प्रतिशत छुट, जेन्युन एक्सेसरिजमा ५० प्रतिशतसम्म छुट, ए।सी। चार्जिङमा २० प्रतिशत छुट तथा जेन्युन स्पेयर पार्ट्स र ल्युब्रिकेन्ट्समा १० प्रतिशत छुट प्रदान गरिनेछ। प्रत्येक सर्भिसिङमा आकर्षक उपहार, ग्राहकका लागि निःशुल्क स्वास्थ्य जाँच, १० प्रतिशत एक्सटेन्डेड डिस्काउन्ट कुपन र क्यासलेस इन्स्योरेन्स सेवा पनि उपलब्ध गराइनेछ।
यस वर्षको केयरफेस्टको विशेष आकर्षणका रूपमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले ‘बिगस सि–१२’ इलेक्ट्रिक स्कुटर बम्पर उपहारमा प्राप्त गर्ने अवसर पाउनेछन्।
ग्राहकहरूले महिन्द्रा एम–ट्र्याक एप मार्फत सर्भिसको अग्रिम बुकिङ गर्न सक्नेछन्। थप जानकारीका लागि टोल–फ्री नम्बर १८१०–५०००–२५५ ९एनटिसी० वा ९८०–१५७–१२१२ (एनसेल) मा सम्पर्क गर्न सकिने बालाजु अटो वर्क्सले जनाएको छ।
बालाजु अटो वर्क्स प्रा।लि। अग्नि ग्रुपको सहायक कम्पनी तथा नेपालको लागि महिन्द्राको आधिकारिक सर्भिस केन्द्र हो। कम्पनीले देशभर रहेका ५३ भन्दा बढी शाखा तथा डिलरमार्फत महिन्द्राका सवारीसाधनका लागि गुणस्तरीय सर्भिसिङ, जेन्युन स्पेयर पार्ट्स, ल्युब्रिकेन्ट्स र एक्सेसरिज उपलब्ध गराउँदै आइरहेको छ।