काठमाडौं। नेपाल टेलिकमले ग्राहक प्याकेजसहित विन्टर अफर सार्वजनिक गरेको छ। यसअघि सञ्चालनमा रहेको अटम अफरअन्तर्गतका प्याकेजको निरन्तरतासहित नयाँ विन्टर अफर सार्वजनिक गरिएको टेलिकमले जनाएको छ।
विन्टर अफरमा एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डाटा प्याक र अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, इअर्ली अनलिमिटेड प्याक, रेन्टलसहितको पोस्टपेड प्याकेज तथा सोसल मिडिया प्याकलगायतका प्याकेज यथावत् उपलब्ध गराइनेछ।
त्यस्तै, एड अन प्याक, सीयूजी प्याकेज, फरक क्षमता भएका व्यक्तिका लागि प्याक तथा ‘नमस्ते वाइफाई’ प्रयोगकर्ताका लागि बन्डल प्याकेज पनि विन्टर अफरमा समावेश गरिएको छ। साथै, एफटीटीएचअन्तर्गतका प्याकेज पनि अवस्थित सुविधाअनुसार यथावत राखिने कम्पनीले जनाएको छ।
टेलिकमले हाल पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्याकेजलाई रिकरिङ प्याकेजको रुपमा निरन्तरता दिएको छ। अब ग्राहकले प्रत्येक महिना नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् र प्याकेज स्वतः नवीकरण हुनेछ। विन्टर अफरअन्तर्गतका प्याकेज माघ ११ गतेदेखि उपलब्ध छन् र आगामी ९० दिनसम्म चल्नेछन्।