काठमाडौं। नेपाल विद्युतीय सवारीसाधन (ईभी) प्रयोग र बिक्री वृद्धिदरमा विश्वकै दोस्रो स्थानमा रहेको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी र एम्बरको तथ्यांकअनुसार ६ वर्षको अवधिमा देशमा ईभी बिक्री हिस्सा ८ गुणाले बढी विश्वकै दोस्रो स्थानमा देखिएको हो।
तथ्यांकअनुसार सन् २०२५ मा नर्वेमा ९७ प्रतिशत ईभी बिक्री गरी पहिलो स्थानमा देखिएको छ। नर्वेपछि ईभी पेनिट्रेसनमा नेपाल दोस्रो स्थानमा रहेको हो। नेपालमा ईभी बिक्री हिस्सा ७३ प्रतिशत छ।
विश्वभर विद्युतीय सवारी अपनाउने क्रम तीव्र गतिमा बढिरहेको छ। यस दौडमा नर्वेले विश्वव्यापी बेन्चमार्क स्थापित गरेको छ। सन् २०१९ मा नर्वेमा नयाँ कार बिक्रीको ५६ प्रतिशत हिस्सा ईभीले ओगटेको थियो भने २०२५ सम्ममा यो हिस्सा ९७ प्रतिशत पुगेको छ।
नयाँ भित्रिने सवारीसाधनमध्ये ठूलो हिस्सा विद्युतीय सवारीले ओगट्न थालेपछि नेपालले अन्तर्राष्ट्रिय स्तरमै दोस्रो स्थानमा पुगेको हो। नेपालमा बिक्री भएका कुल नयाँ कारमध्ये ईभीको हिस्सा ७३ प्रतिशत छ। अर्थात्, नेपालमा १०० वटा नयाँ कार बिक्री हुँदा ७३ वटा ईभी बिक्री भएका हुन्। यसमा ब्याट्री इलेक्ट्रीक भेहिकल र प्लग इन हाइब्रिड भेहिकल दुवै समावेश छन्।
सन् २०१९ मा नेपालमा नयाँ कार बिक्रीमा ईभीको हिस्सा ८ प्रतिशत मात्रै थियो। पछिल्लो ६ वर्षमै नेपालमा ईभी बिक्री हिस्सा ८ गुणाभन्दा धेरैले बढेको छ। नेपालमा छोटो अवधिमा उल्लेखनीय प्रगति भएको छ।

सरकारी नीतिगत सहुलियत, भन्सार तथा कर छुटका कारण उपभोक्ता विद्युतीय सवारीतर्फ आकर्षित भएका छन्। विशेषगरी साना तथा मध्यम वर्गका उपभोक्तामाझ विद्युतीय दुईपांग्रे र चारपांग्रे सवारीको माग उल्लेख्य रूपमा बढेको छ।
विश्वभर विद्युतीय सवारी अपनाउने क्रम तीव्र गतिमा बढिरहेको छ। यस दौडमा नर्वेले विश्वव्यापी बेन्चमार्क स्थापित गरेको छ। सन् २०१९ मा नर्वेमा नयाँ कार बिक्रीको ५६ प्रतिशत हिस्सा ईभीले ओगटेको थियो भने २०२५ सम्ममा यो हिस्सा ९७ प्रतिशत पुगेको छ।
त्यसैगरी ईभी प्रयोग बढ्नेमा तेस्रो स्थानमा डेनमार्क रहेको छ। डेनमार्कमा सन् २०२५ मा ईभीको हिस्सा ६९ प्रतिशत रहेको छ जबकी सन् २०१९ मा ४ प्रतिशत थियो। चौथो स्थानमा स्वीडेन देखिएको छ।
सन् २०१९ मा स्वीडेनमा ईभीको हिस्सा ११ प्रतिशत थियो भने २०२५ मा आइपुग्दा ६१ प्रतिशत रहेको छ। त्यसैगरी आइसल्यान्डको हिस्सा ५७ प्रतिशत रहेको छ। सन् २०१९ मा २६ प्रतिशत थियो। सन् २०१९ मा ७ प्रतिशत मात्र ईभीको बिक्री हिस्सा रहेको फिनल्याण्डमा २०२५ मा ५६ प्रतिशत छ भने नेदरल्यान्डको हिस्सा ५६ प्रतिशत छ। सन् २०१९ मा नेदरल्याण्डमा ईभीको हिस्सा १५ प्रतिशत मात्र थियो।
-1771229807.jpg)
विश्वकै ठूला अटो बजारमध्येका अमेरिका, जापान, भारत, ब्राजिललगायत देश भने सूचीको निकै तल छन्।
तथ्यांक अनुसार सन् २०२५ मा प्रतिशतका आधारमा नर्वे अगाडि रहे पनि भोलुमका आधारमा चीन अग्रस्थानमा छ। २०२५ मा चीनमा १.३२ करोड बढी ईभी बिक्री भएका छन, जुन नयाँ कार बिक्रीको करिब ५३ प्रतिशत हो। यसले चीनलाई विश्वकै सबैभन्दा ठूलो ईभी बजार बनाएको छ। त्यसैगरी बेल्जियम ४३ प्रतिशत, पोर्चुगल ३७ प्रतिशत र आयरल्याण्ड ३४ प्रतिशतसहित क्रमशः शीर्ष १० मा छन्।
विश्वकै ठूला अटो बजारमध्येका अमेरिका, जापान, भारत, ब्राजिललगायत देश भने सूचीको निकै तल छन्। अमेरिकामा नयाँ कार बिक्रीमा ईभीको हिस्सा १० प्रतिशत मात्रै रहेको छ। साउथ अफ्रिकामा ईभीको हिस्सा १ प्रतिशत मात्र रहेको छ। जापानमा ३ प्रतिशत, मेलेसिया ४ प्रतिशत, भारतमा ४ प्रतिशत, रोनिया र क्रोसिया ५ प्रतिशत, मेक्सिको ६ प्रतिशत ईभीको हिस्सा रहेको तथ्यांकले देखाएको छ।
तथ्यांकअनुसार सबैभन्दा कम ईभी प्रयोग गर्नेमा साउथ अफ्रिका, जापान, मेलेसिया, भारत,रोमनिया, क्रोसिया, मेक्सिकोलगायता छन्।