काठमाडौं। मध्यपूर्वमा अमेरिका र इजरायलसँग इरानमाथि आक्रमण गरेसँगै फैलिएको युद्धले विश्व इन्धन बजार प्रभावित भएको छ। बढ्दो द्वन्द्वले ऊर्जा क्षेत्रमा तहसनहस भइरहेको छ भने नेपालका छिमेकी पाकिस्तान र बंगलादेशमा छ जनजीवन ठप्प हुन थालेका छन्।
भारतसँगको ९० प्रतिशत व्यापारमा परनिर्भर नेपालमा इन्धन अभावबाट गुज्रिन संकेत देखिँदै छ। भारतमा एलपी ग्यास सर्टेज हुन थालेसँगै यसअघि उपभोक्ताका लागि कायम २१ दिने बुकिङ समय २५ दिन पुर्याइएकाे छ।
भारतले करिब ६० प्रतिशत इन्धन आयात खाडी मुलुक इरान, कतार, कुवेतलगायतबाट गर्दै आएका बेला युद्धपछि त्यसको शृंखला टुटेको छ। इसले गर्दा भारतले मार्च ७ मा एलपीजी सिलिन्डरको मूल्यवृद्धि गरेको थियो। भारत सरकारले एलपीजी सिलिन्डर बुकिङसँग सम्बन्धित नियम पनि परिवर्तन गरेको छ।
इरान युद्ध सुरु भएसँगै विश्व बजारको ३० प्रतिशत आयात–निर्यात मार्ग होर्मुजमा इरानले बन्द गरिदिएपछि इन्धन संकट झनै चुलिएको छ। भारतमा एलपीजी ग्यास सर्टेज भएसँगै त्यसको प्रत्यक्ष असर नेपालमा पनि स्वतः पर्नेछ।
भारतीय सञ्चार माध्यमका अनुसार उत्तर प्रदेश, कोलकाता र हैदराबादलगायत धेरै ठाउँमा ग्यास सिलिन्डर लिन उपभोक्ताको लामो लाइन देखिन थालेको छ।
गत मार्च ७ मा इन्डियन आयल कर्पोरेसन (आईओसीएल)ले एलपीजी सिलिन्डरको मूल्यमा संशोधन गरेको थियो। अचानक व्यावसायिक र खाना पकाउने ग्यास सिलिन्डर दुवैको मूल्य बढाउनासाथ युद्धका कारण आपूर्ति अवरोधको चिन्ताका यो मूल्यवृद्धि लिइएको थियो।
भारतले १४ किलोग्रामको घरेलु एलपीजी सिलिन्डरको मूल्य भारु ६० र व्यावसायिक सिलिन्डरको मूल्य भारु ११५ ले बढाएको छ। यसले सर्वसाधारणलाई मात्र नभई होटल र रेस्टुरेन्टजस्ता व्यवसायलाई पनि असर पारेको छ।
भारतले ग्यासको मूल्य बढाएसँगै नेपालमा बढ्ने निश्चित छ। त्यसको अभ्यासस्वरुप नेपालमा डेढ महिनादेखि ग्यास अभाव भइरहेको छ। नेपाल भारतबाटै ग्यास आपूर्तिकर्ता मुलुक हो।
भारतले अब नियमितजसो नेपालमा ग्यास पठाउने सम्भावना कम रहेको बताइन्छ। इरान र अमेरिका र इजरायल बीचको अमेरिका–इजरायल युद्धका कारण बढेको विश्वव्यापी तनावको बीचमा इन्धन आपूर्तिमा भइरहेको हालको भूराजनीतिक अवरोधको प्रतिक्रियामा भारत सरकारले पनि द्रुत रुपमा निर्णय लिइरहेको छ।
ग्यास आपूर्तिमा अवरोधको प्रतिक्रियामा भारतको पेट्रोलियम मन्त्रालयले तेल रिफाइनरीलाई एलपीजी उत्पादन बढाउन आदेश दिएको छ र यो अतिरिक्त उत्पादनलाई घरेलु एलपीजी प्रयोगका लागि मात्र प्रयोग गर्न निर्देशन दिएको छ।
एलपीजी संकटलाई सम्बोधन गर्न भारतले अन्य सरकारी निर्णयका साथै एलपीजी सिलिन्डर बुकिङ नियम पनि परिवर्तन गरेको छ। भारतले एलपीजी सिलिन्डर बुकिङको न्यूनतम समयसीमा अघिल्लो २१ दिनबाट बढाएर २५ दिन गरेको छ।
कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रमा सुविधामा इरानले आक्रमण गरेपछि तरलीकृत प्राकृतिक ग्यास उत्पादन रोकिदिएसँगै युरोपेली ग्यासको मूल्यमा गत सोमबारदेखि वृद्धि भएको छ।
युरोपेली क्षेत्रका लागि ग्यासको महत्त्वपूर्ण मानिने ‘डच टिटिएफ प्राकृतिक ग्याँस सम्झौता’अनुसार इरानी आक्रमणपछि ग्यासको मूल्यमा लगभग ४५ प्रतिशतले बढेर ४६ यूरोभन्दा बढीमा पुग्गेको छ। इरान युद्धका कारण खाडी क्षेत्रमा ग्यास आपूर्ति कटौती हुने डरले ग्यासको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको थियो।
इन्धन संकट टार्न अमेरिकाले रुसमाथि लगाइएका आर्थिक प्रतिबन्धबीच विश्व ऊर्जा बजारमा सम्भावित अवरोध कम गर्ने उद्देश्यले समुद्रमा अड्किएको रुसी तेल भारतलाई बिक्री गर्न अस्थायी अनुमति दिएको छ। अमेरिकी सरकारले बिहीबार उक्त निर्णय सार्वजनिक गर्दै सीमित समयका लागि प्रतिबन्धमा आंशिक छुट दिएको जनाएको छ।
गत बिहीबार अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी) ले जारी गरेको विशेष इजाजतपत्रमार्फत २०२६ मार्च ५ सम्म जहाजमा लोड गरिएको रुसी संघको कच्चा तेल तथा पेट्रोलियम उत्पादन भारतमा पुर्याउने र बिक्री गर्ने कारोबारलाई अनुमति दिइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यस्तो तेलसँग सम्बन्धित लेनदेन २०२६ अप्रिल ३ सम्मका लागि वैध रहनेछ।
याे निर्णयपछि भारतमा केही समयका लागि इन्धन अभाव हट्ने अपेक्षा गरिए पनि एलपीजी ग्यास यसमा पर्दैन। साेही कारण भारतमा एलपीजी अभाव चुलिँदै गएकाे बताइन्छ।