काठमाडौं। प्रविधि ब्रान्ड साओमीले साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा सुरु भएको घोषणा गरेको छ।
अल्ट्रा, पातलो डिजाइन, उच्च कार्यक्षमता र उत्कृष्ट प्रदर्शनका लागि परिचित यो फोन आफ्नो श्रेणीमा अत्यन्तै मन पराइनेमध्येमा पर्ने कम्पनीले बताएको छ। प्रि–अर्डर अवधिमा ग्राहकले साओमी १७ अल्ट्रा १६ जिबी प्लस ५१२ जिबी भेरियन्टका लागि उपलब्ध तीन विशेष अफरमध्ये कुनै एक रोज्न सक्नेछन्।
यस्तै, १०,००० तत्कालै क्यासब्याक वा साओमी वाच एस ४–४१ एमएम) २४,९९९ (वास्तविक मूल्य ३९९९९) वा साओमी बड्स ५ फ्री (वास्तविक मूल्य १५,९९९) प्राप्त गर्न सक्नेछन्।
साओमी १७ अल्ट्रा किन्ने ग्राहकले बिक्रीपछि विशेष सुविधा प्राप्त गर्नेछन्। योजनाअन्तर्गत फोन खरिद गरेको पहिलो ६ महिनासम्म एक पटक निःशुल्क स्क्रिन फेर्न पाइने सुविधा प्राप्त गर्नेछन् भने नियमित १२ महिने वारेन्टीमा ६ महिना थप गरी कुल १८ महिनाको वारेन्टी सुविधा पनि पाउनेछन्। वारेन्टी सकिएपछि गरिने मर्मतमा पनि २४ महिनासम्म कुनै सेवा शुल्क लाग्ने छैन।
साओमी १७ अल्ट्रा कालो, सेतो र स्टारलाइट तीनवटा आकर्षक रङमा उपलब्ध छ।
यस्ता छन् विशेषता
साओमी १७ अल्ट्रामा रहेका फ्ल्यागसिप लाइका–इन्च अल्ट्रा डाइनामिक क्यामेरामा नयाँ लाइट फ्युजन १०५० इमेज सेन्सर र लोफिक एचडिआर टेक्नोलोजी प्रयोग गरिएको छ।
डिभाइसमा ६००० एमएएच क्षमताको साओमी सर्ज ब्याट्री छ, जसले ९० वाट हाइपरचार्ज र ५० वाट वायरलेस हाइपरचार्ज सपोर्ट गर्नेछ। यसले लामो समयसम्म टिक्ने क्षमता राख्दछ।
आइपी ६८ स्प्ल्यास तथा डस्ट रेसिस्टेन्स र साओमी शिल्ड ग्लास ३.० ले डिभाइसलाई सबै तिरबाट सुरक्षा प्रदान गर्नुका साथै बलियो रेसिस्टेन्स सुनिश्चित गर्ने काम गर्छ। यससँगै साओमी १७ अल्ट्राले धेरैजसो अवस्थामा ३५०० निट पीक ब्राइटनेस दिन्छ र डिसी डिमिङ फिचरले आँखालाई थाक्न दिँदैन।
साओमी प्याड ८ मा पनि क्यासब्याक र बन्डलिङ अफरहरू उपलब्ध गराइएको थियो। तर, सोचेभन्दा अत्यधिक प्रि–बुकिङ भएपछि खुला गरिरएको केही घण्टामै प्रि–अर्डर अफर बन्द गरिएको हो। साओमी १७ अल्ट्रा १६ जिबी प्लस ५१२ जिबीको मूल्य १,९९,९९९ तोकिएको छ भने यसको प्रि–अर्डर अफर २५ मार्चदेखि ३१ मार्चसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ।