काठमाडौं। फोर्ड गाडी किन्दा एउटा विद्युतीय सवारीसाधन (ईभी) सित्तैमा पाइने भएको छ। नेपालका लागि फोर्ड गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले फोर्ड गाडी किन्दा एउटा ईभी सित्तैमा दिने घोषणा गरेको हो।
कम्पनीले आफ्ना प्रिमियम एयसयुभी र पिकअप गाडीको खरिदमा एउटा नयाँ ईभी सित्तैमा दिने अफर सार्वजनिक गरेको छ। नेपालको अटो इतिहासमै सम्भवतः पहिलो पटक यस्तो अफर ल्याइएको हो, जहाँ ग्राहकले एउटा इन्धन गाडी किन्दा अर्को ईभी गाडी पूर्ण रूपमा निःशुल्क प्राप्त गर्नेछन्।
फोर्डले विशेष अफरअन्तर्गत आफ्ना कुनै पनि प्रिमियम गाडी खरिद गर्दा एक इलेक्ट्रिक भेहिकल निःशुल्क प्रदान गर्ने योजना सार्वजनिक गरेको जिओ फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छाले बताए।
‘फोर्डले विशेष अफरअन्तर्गत आफ्ना कुनै पनि प्रिमियम गाडी खरिद गर्दा एउटा ईभी सित्तैमा दिने योजना बनाएको छ,’ गोल्छाले भने, ‘फोर्डको जुनसुकै मोडल खरिद गर्दा केई ई–क्युट ०२ निशुल्क पाउने छन्।’ फोर्डका जुनसुकै मोडल खरिद गर्ला ई–क्युट ०२ निशुल्क पाउने उनको भनाइ छ।
उनका अनुसार फोर्डका १ करोड ३५ लाखदेखि २ करोड ६० लाख रुपैयाँसम्मका मोडलहरु उपलब्ध छन्। ‘अहिले धेरै मानिसहरुलाई पेट्रोलको चिन्ता छ। त्यसकारण ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार ठूलो गाडी र सानो दुबै प्रयोग गर्न सक्नेछन्,’ उनले भने, ‘सहरका साँघुरा गल्लीमा चलाउन सानो इभी उपयोगी हुने तथा लामो दूरी वा अफरोडका लागि फोर्ड गाडी चलाउन सकिन्छ।’ अहिले पेट्रोलको मूल्य वृद्धि भइरहेको अवस्थामा यो अफर अन्तर्गत ग्राहकले रोजि रोजि ठाउँ अनुसार गाडी प्रयोग गर्न सक्ने उनको भनाइ छ।
हाल नेपालमा फोर्डका प्रिमियम मोडलहरू एभरेष्ट, र्याप्टर र रेन्जर उपलब्ध छन्। जसको मूल्य १ करोड ३५ लाख रुपैयाँदेखि २ करोड ६० लाख रुपैयाँसम्म रहेका छन्।
यो जिओ अटोमोबाइलले नेपालमै पहिलो पटक ल्याइएको नौलो अफर हो। यो विरलै आउने अफरले ग्राहकहरूलाई फोर्डको प्रिमियम लाइनअपको बेजोड शक्ति, प्रदर्शन र विश्वसनीयताको आनन्द लिनुका साथै विद्युतीय सवारीको सुविधा अनुभव गर्ने अवसर प्रदान गर्दछ। बढ्दो इन्धनको मूल्यलाई मध्यनजर गर्दै फोर्ड नेपालले ग्राहकहरूलाई इन्धन र ईभी दुवैको उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्य लिएको छ।
हाल इन्धनको मूल्य वृद्धि र अभावका कारण उपभोक्तामा चिन्ता बढिरहेका बेला यो अफरले ठूलो राहत दिने अपेक्षा गरिएको छ। ग्राहकले आवश्यकता अनुसार कहिले इभी र कहिले इन्धन गाडी प्रयोग गर्न सक्नेछन्।
यस्तो छ ग्राहकले निशुल्क पाउने ई–क्युट ०२
जिओ फोर्डले अफर अन्तर्गत निशुल्क उपलब्ध गराउने ई–क्युट ०२ को मूल्य २२ लाख ९६ हजार रुपैयाँ रहेको छ। ई–क्युट ०२ मा २८.०८ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ। यसमा ४० किलोवाटको मोटर जडान गरिएको छ। यसले सिंगल चार्जमा ३०० किलोमिटरको रेन्ज दिनेछ।
यसमा ड्युअल एयरब्याग, एबीएस, एचएसी, आइसोफिक्स, स्टिल केज फ्रेम लगायतका सेफ्टी फस्र्ट फिचर रहेको केई ई–क्युट ०२ मा ३६० डिग्री भ्यु क्यामेरा, पुस स्टार्ट बटम लगायतका विभिन्न फिचर रहेका छन्।
केई ई–क्युट ०२ मा १०.२५ इन्चको टचस्क्रिन, चार वटा ड्राइभिङ मोड, अटोमेटिक हेडल्याम्प, १५ इन्चको टायर, अटो विन्डो क्लोजिङ, रिमोट विन्डो कन्ट्रोल, कोलम ड्राइभ सिफ्टर, सेन्सर लकिङ र अनलकिङ, ड्राइभर आर्मरेष्ट लगायतका फिचर समेत रहेका छन्।