काठमाडौं। नेपालमा विद्युतीय सवारी साधन (ईभी)प्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै नेपालको टाटा मोर्टसका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ।
‘स्विच टु टियागो ईभी’ नाम दिइएको यो अभियानअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो ईभी घर लैजान सक्ने छन्। यो विशेष क्याम्पेन अप्रिल १७, १८, १९ र २० मा देशभर सञ्चालन हुनेछ।
अभियानअन्तर्गत जुनसुकै ब्रान्डको बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारीको एक्सचेन्ज गरी आकर्षक सुविधासहित टियागो ईभी खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
अफरमा ग्राहकहरूले केवल चार लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो ईभी आफ्नो बनाउन सक्ने छन्। योजनाअन्तर्गत पुराना दुई पाङ्ग्रे सवारीको उत्कृष्ट मूल्याङ्कन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज र एक वर्षको सवारी कर छुट जस्ता विशेष सुविधा उपलब्ध हुने छन्।
त्यसैगरी ग्राहकहरूले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, साथै निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधासमेत रहेको छ। साथै एक जना भाग्यशाली ग्राहकले लक्कि ड्रमार्फत आइफोन १७ प्रो म्यास जित्ने सक्ने मौका पनि रहेको कम्पनीले जनाएको छ।
सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना प्रभावकारी हुने विश्वास कम्पनीको छ। इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मोर्टसका आधिकारिक शोरुमहरूमा पुगेर अफरको लाभ लिन सक्ने छन्।