काठमाडौं। नेपालका लागि एमजी (एमजी) मोटरको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स प्रालिले आफ्नो प्रिमियम ईभी पोर्टफोलियोलाई थप मजबुत बनाउँदै पूर्ण इलेक्ट्रिक पिकअप एमजी यू९ ईभी सार्वजनिक गर्ने तयारी गरेको छ। अत्याधुनिक प्रविधि र विलासी फिचरले भरिपूर्ण यो गाडी लक्जरी र र फ्लागसिप गरी दुई वटा विशेष भेरियन्टमा उपलब्ध हुनेछ।
असाधारण शक्ति र प्रदर्शनमा यो गाडी नेपाली बाटोका लागि एक विकल्पको रूपमा प्रस्तुत गरिएको छ। यसमा जडान गरिएको दुई वटा मोटर (फ्रन्ट १२५ किलोवाट र रियर २०० किलोवाट)ले कुल ३२५ किलोवाटसम्मको पावर र ७०० एनएमको टर्क प्रदान गर्दछ।
यो पिकअपले मात्र ५.८ सेकेन्डमा शून्यदेखि १०० किमी प्रतिघण्टाको गति समात्न सक्छ। यसमा रहेको एयर सस्पेनसिप र विभिन्न ड्राइभिङ मोडहरूले कठिन भू-बनोटमा पनि आरामदायी यात्रा सुनिश्चित गर्दछ।
ब्याट्री र रेन्जः लामो यात्रालाई सहज बनाउन यसमा १०२.२ किलोवाट क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ। जसले एक पटकको फुल चार्जमा ४३० किमीसम्मको रेन्ज प्रदान गर्छ। फास्ट चार्जिङ प्रविधिमार्फत यसलाई मात्र ४२ मिनेट (०.७ घण्टा)मा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
प्रिमियम इन्टेरियर र अत्याधुनिक फिचरहरू: गाडीको भित्री बनावट अत्यन्तै विलासी छ। यसमा १२.३ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन, ८ वटा स्पिकरयुक्त जेबीएल अडियो सिस्टम र ६४ कलरको एम्बियन्ट लाइटिङ रहेको छ। फ्ल्यागशिप भेरियन्टमा चालकको सिटका लागि ८-वे इलेक्ट्रोनिक एडजस्टमेन्ट, भेन्टिलेसन, मसाज र मेमोरि फङ्सन जस्ता प्रिमियम सुविधाहरू उपलब्ध छन्।
सुरक्षाका लागि यसमा ३६० डिग्री एचडी क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ र लेन किप असिस्ट जस्ता एडभान्स्ड ड्राइभर असिस्ट सिस्टम फिचरहरू समावेश छन्। यो पिकअप केवल विलासी मात्र नभई उत्तिकै उपयोगी पनि छ।
यसको ३५०० केजी सम्मको लोडिङ क्षमता र भी टु एल प्रविधिले गर्दा प्रयोगकर्ताले गाडीको ब्याट्रीबाट अन्य विद्युतीय उपकरणहरू पनि चलाउन सक्ने छन्। नेपाली बजारमा इलेक्ट्रिक गाडीप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै यो गाडीले प्रिमियम पिकअप सेग्मेन्टमा नयाँ मानक स्थापित गर्ने विश्वास प्यारामाउन्ट मोटर्सले लिएको छ।