काठमाडौं। 'वुलिङ मोटर्स'को नेपालका लागि आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा.लि.ले आफ्नो विद्युतीय सवारी (ईभी) पोर्टफोलियोलाई थप शसक्त बनाउने भएको छ।
विश्वप्रसिद्ध अटोमोबाइल समूह एसएआइसी- जीएम विलिङको प्रविधि र साझेदारीमा निर्मित चार नयाँ मोडेल नेपाली बजारमा भित्र्याउँदै आफूलाई शसक्न बनाउने तयारी गरेको हो।
सन् १९५८ देखिको लामो इतिहास बोकेको र विश्वभर ३ करोडभन्दा बढी सवारी साधन उत्पादन गरिसकेको एसजीएमडब्लुको ‘वुलिङ’ ब्रान्ड किफायती र व्यावहारिक यात्राका लागि विश्वभर चर्चित छ।
नेपालमा सन् २०२३ मा भित्रिएसँगै आफ्नो प्रभाव जमाउँदै आएको यस ब्रान्डलाई प्यारामाउन्ट मोटर्सले थप नयाँ र विविध उत्पादनमार्फत थप आक्रामक रूपमा अगाडि बढाउने रणनीति तय गरेको छ।
नयाँ मोडेलहरूका विशेषता
१. एक्सियन ईभी-७ सिटर प्रिमियम एसयूभी: ठूला परिवारलाई लक्षित गरी ल्याउन लागिएको यो एसयूभीमा ६९.२ किलोवाट आवरको 'म्याजिक ब्याट्री प्रो' रहेको छ। जसले एक पटकको फुल चार्जमा ५३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। सुरक्षाका लागि यसमा ३६० डिग्री क्यामेरा र अत्याधुनिक 'एडास' प्रणाली जस्ता सुविधाहरू समावेश छन्।
२. वुलिङ मिनी ईभी: सहरी क्षेत्रका लागि अत्यन्तै उपयुक्त यो कार अब चार वटा ढोकासहित नयाँ स्वरुपमा आउँदै छ। यसको 'ग्लोबल स्मल इलेक्ट्रिक भेइकल' आर्किटेक्चरले यसलाई सुरक्षित बनाउनुका साथै ३०१ किलोमिटरसम्मको रेन्ज दिन्छ। यसमा डीसी फास्ट चार्जिङको सुविधासमेत उपलब्ध छ।

३. डेरियन एमपिभी- विलासी यात्रा: लामो दूरीको यात्रा र प्रिमियम अनुभवका लागि यो ७ सिटर गाडी उत्कृष्ट विकल्प हुनेछ। ५४० किलोमिटरसम्मको रेन्ज, स्लाइडिङ ढोका र विलासी आन्तरिक सजावट यसका मुख्य विशेषता हुन्।

४. बिङ्गो ईभी: नेपाली सडकमा लोकप्रिय यो ह्याचब्याक अब थप शक्ति र परिष्कृत सुविधाहरूका साथ आउँदै छ। यो मोडेल ३१.९ किलोवाट आवर (३३३ किमी रेन्ज) र ३७.९ किलोवाट आवर (४१० किमी रेन्ज) गरी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ।

कार्य क्षमताका लागि यसमा ५० किलोवाटको मोटर जडान गरिएको छ। जसले ६७ हर्सपावर पावर र १५० एनएम टर्क उत्पादन गर्छ। यसको आकर्षक 'रेट्रो' डिजाइनभित्र १०.२५ इन्चको डुअल इन्फोटेनमेन्ट स्क्रिन र ७९० लिटरसम्मको फराकिलो कार्गो स्पेस रहेको छ। सुरक्षालाई उच्च प्राथमिकता दिँदै यसमा भेरियन्टअनुसार ६ वटासम्म एयरब्याग समावेश गरिएका छन्।
भरोसा र दिगोपन
प्यारामाउन्ट मोटर्सले आफ्ना सबै 'वुलिङ' मोडेलहरूमा ८ वर्षको ब्याट्री वारेन्टी उपलब्ध गराउने छ। यसले ग्राहकमा विद्युतीय सवारीप्रति थप विश्वास जगाउने कम्पनीको विश्वास छ।
'हामी नेपाली ग्राहकहरूको आवश्यकता र यहाँको भौगोलिक अवस्था सुहाउँदा अन्तर्राष्ट्रिय स्तरका सवारी साधनहरू भित्र्याउन प्रतिबद्ध छौँ,' प्यारामाउन्ट मोटर्सका प्रवक्ताले भने, 'नयाँ लाइनअपले नेपालको दिगो यातायातको लक्ष्यलाई थप टेवा पुऱ्याउने छ।'