काठमाडौं। नेपाली बजारमा विद्युतीय सवारी (ईभी)को रुपमा बिवाईडी गाडी बेचेर ग्राहकको विश्वास जितेको साइमेक्स इंक प्रा.लि.ले एकपछि अर्को हाइब्रिड गाडी ल्याउन थालेको छ। नेपालका लागि बिवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले दोस्रो हाइब्रिड गाडीको रुपमा बिहीबार प्रिमियम लक्जरी ब्रान्ड डेञ्जा सार्वजनिक गर्ने भएका हुन्।
पछिल्लो समय नेपालमा विद्युतीय सवारीसँगै हाइब्रिड गाडीको माग बढिरहेको बेला साइमेक्स इंकले आफ्नो ध्यान त्यसतर्फ केन्द्रित गरेको प्रबन्ध निर्देशक यमुना श्रेष्ठले जानकारी दिइन्। इन्धनको गाडी रुचाउनेको संख्या अहिले पनि धेरै नै रहेको कारणले विद्युतीय गाडीको विकल्पमा हाइब्रिड भइरहेकाले त्यसलाई ध्यानमा राखेर बिहीबार डेञ्जा सार्वजनिक गर्न लागिएको उनले बताइन्।
बिहीबार सार्वजनिक हुने डेञ्जाको मूल्य भने निर्धारण हुँदैन। तर, अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार सो गाडीको नेपाली बजारमा ३ देखि ४ करोडसम्म पुग्न सक्ने अनुमान अहिले अटो बजारमा गरिएको छ। यद्यपि, साइमेक्सले यो विषयमा आफ्नो आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन।
यसअघि ब्याट्री इलेक्ट्रिक मोडल मात्रै बिक्री गर्दै आएको साइमेक्स इंकले पहिलो पटक हाइब्रिड मोडलको रुपमा गत फागुनमा सार्क ६ बिक्री थालेको हो। बिवाईडीले नेपालमा आफूलाई छोटो समयमै अग्रणी ब्रान्डका रूपमा स्थापित गर्न सफल भएको छ। बिवाईडीको किफायती मूल्य, आधुनिक प्रविधि र उच्च रेञ्जका कारण ग्राहक आकर्षित भएका छन्।
डेञ्जा बिवाईडीको लक्जरी डिभिजनको प्रिमियम मिडसाइज प्लग–इन हाइब्रिड ब्रान्ड हो।
फागुनदेखि बिक्री सुरु गरेको कम्पनीले सार्क ६ को मूल्य १ करोड ५५ लाख रुपैयाँ निर्धारण गरी बिक्री सुरु गरेको थियो। साइमेक्स इंकले हाइव्रिड गाडीलाई विस्तार गर्ने उद्देश्यसहित अब डेन्जा ब्रान्ड सार्वजनिक गर्ने तयारी गरेको छ। बिवाईडीको प्रिमियम सब ब्रान्ड डेञ्जा भोली सार्वजनिक गर्ने तयारी कम्पनीको छ।
डेञ्जा बिवाईडीको लक्जरी डिभिजनको प्रिमियम मिडसाइज प्लग–इन हाइब्रिड ब्रान्ड हो। जुन टोयोटा प्राडोको बलियो प्रतिस्पर्धीको रूपमा डिजाइन गरिएको छ। यसमा डुअल इलेक्ट्रिक मोटरहरूसहितको १.५ लिटर टर्बो इञ्जिन दिइएको छ।
बिवाईडी नेपालमा ईभी सेग्मेन्टमा गाडी बिक्री हुने १ नम्बरमा पर्छ। उसले एटो ३, एटो २, एटो १ र डल्फिन गाडी बेचिरहेको छ। जुन नेपाली उपभोक्ताले धेरैनै रुचाइरहेको छ।
बजेटपछि बिक्री सुरु हुने मोडल
डेन्जा बी फाइभ
डेन्जा बी फाइभ बिवाईडीको लक्जरी डिभिजनको प्रिमियम मिडसाइज प्लग-इन हाइब्रिड बडी-अन-फ्रेम यसयूभी हो। जुन टोयोटा प्राडोको बलियो प्रतिस्पर्धीको रूपमा डिजाइन गरिएको छ। यसमा डुअल इलेक्ट्रिक मोटरहरूसहितको १.५ लिटर टर्बो इञ्जिन दिइएको छ।
डेन्जा बी फाइभ दुई भेरियन्टमा बजारमा उपलब्ध हुनेछ। यसको भेरियन्टअनुसार साइज पनि फरक हुन्छ। यसको डाइनामिक भेरियन्टको लम्बाई ४८८८ एमएम छ। प्रिमियम भेरियन्टको लम्बाई ४९२१ एमएम छ। दुवै भेरियन्टको चौडाई समान १९७० एमएम पाउन सकिन्छ।
भेरियन्टअनुसार हाइट पनि केही फरक छ। डाइनामिक भेरियन्टको उचाई १९२० एमएम छ। प्रिमियम भेरियन्टको उचाई १९३० एमएम छ। ह्विलबेस दुवै भेरियन्टमा समान २८०० एमएम लामो छ। यसको ह्विल साइज पनि फरक छ। डाइनामिक भेरियन्टमा १८ इन्चको ह्विल छ। माथिल्लो प्रिमियम भेरियन्टमा २० इन्चको ह्विल पाउन सकिन्छ।
डेन्जा बी फाइभ मोडलमा १४९७ सीसी क्षमताको टर्बो इञ्जिन दिइएको छ। उक्त इञ्जिनको अधिकतम १८१ एचपी पावर प्रदान गर्छ। इञ्जिनको पीकटर्क भने २६० न्यूटन मिटर रहेको छ। यसमा इएचएस इलेक्ट्रिक हाइब्रिड सिस्टम उपलब्ध छ।
उक्त सिस्टमसँग ३१.८ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ। यसमा ८३ लिटर क्षमको इन्धन ट्यांकी दिइएको छ। यो गाडीमा फुल ट्याङ्की इन्धन र फुल चार्ज ब्याट्री छ। ८५० किलोमिटर चलाउन सकिने डब्लूएलटीपी टेस्टमा देखिएको छ। ईभी मोडमा मात्रै १०० किलोमिटर हाराहारी चलाउन सकिन्छ।
यसमा इलेक्ट्रिक मोटर निकै पावरफुल प्रयोग भएको छ। अल ह्विल ड्राइभ सिस्टममा उपलब्ध हुने बी फाइभ एसयूभीको अगाडि २०० किलोवाट र पछाडि २८५ किलोवाटको मोटर दिइएको छ। इञ्जिन र मोटरको संयुक्त पावर ४२५ किलोवाट हुनेछ। निकै पावरफुल मोटर भएको कारण यसलाई शून्यबाट १०० किलोमिटरको स्पीड भेट्टाउन केबल ४.८ सेकेण्ड मात्रै लाग्ने छ।
डेञ्जा डी ९
साइमेक्स इंकले बिक्री सुरु गरेको डेञ्जा डी ९ एक लक्जरी एमपीभी हो। यसले ८२० किलोमिटर रेञ्ज प्रदान गर्छ। डेञ्जा डि९ मा १०३.३६ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ।
बिवाईडी सार्कमा ड्युल मोटर सेटअपमा फ्रन्ट मोटरले १७० किलोवाटको पीक पावर र ३१० एनएम टर्क उत्पादन गर्छ।
यसले सिंगल चार्जमा ६०० किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ। यसलाई डिसी फास्ट चार्जरले चार्ज गर्दा ३० मिनेट लाग्छ। यसको लम्बाई ५२५० एमएम, चौडाई १९६० एमएम र उचाई १९२० एमएम छ। यसका ३११० एमएमको ह्विलबेस पाउन सकिन्छ। यसमा एडभान्स एआई असिस्टेन्ट, एयर सस्पेन्सन र प्रिमियम इन्टेरियरलगायत सुविधा छन्।
नेपालमा बिक्री सुरु भएको सार्क-६
साइमेक्स इंकले फागुनदेखि बिक्री सुरु गरेको सार्क-६ नयाँ पुस्ताको पिकअप गाडी हो। कम्पनीले १ करोड ५५ लाख मूल्य निर्धारण गरी बिक्री सुरु गरेको छ। अफरोड क्षमताको सार्क ४ बाई ४ सिस्टमसहित डबल क्याबमा उपलब्ध पीकअप हो। बिवाइडी सार्क डीएमओ प्लेटफर्ममा आधारित रहेको छ। यसमा ‘ओ’को अर्थ अफरोड र डीएम भन्नाले ड्युल मोटर भन्ने बुझिन्छ।
बिवाईडी सार्कमा ड्युल मोटर सेटअपमा फ्रन्ट मोटरले १७० किलोवाटको पीक पावर र ३१० एनएम टर्क उत्पादन गर्छ। रियर मोटरले १५० किलोवाटकोे पीक पावर र ३४० एनएम र्टक जेनेरेट गर्छ। यसको लम्बाई ५४५७ एमएम, चौडाई १९७१ एमएम र उचाई १९२५ एमएम छ। यसमा ३२६० एमएम लामो ह्वीलबेस दिइएको छ।
हाइब्रिड मोडल भएकाले कम्पनीले यसमा १.५ लिटर, टर्बो फोर सिलिन्डर पेट्रोल इन्जिन दिएको छ। यसको इलेक्ट्रिक र आइसीईको संयुक्त पावर ४३० हर्ष पावर छ। यसको पेट्रोल इन्जिनले फ्रन्ट ह्विललाई ड्राइभ गर्छ। यस्तै, बिवाईडी सार्कले ५.७ सेकेन्डमा ० देखि १०० किलोमिटरसम्मको स्पीड लिन सक्ने कम्पनीको दाबी छ।
यसमा २९.५८ किलोवाट आवरको बिवाईडीको सिग्नेचर ब्लेड ब्याट्री रहेको छ। यसले १०० किलोमिटरको एनईडीसी रेन्ज दिने कम्पनीको दाबी छ। यो पीकअपको कम्बाइन रेन्ज भने ८४० किलोमिटर छ। बिवाईडी सार्क ६ हाइब्रिड भएकाले १०० किलोमिटरमा ७.५ लिटर मात्र इन्धन खपत गर्ने कम्पनीको भनाइ छ।
यो पीकअपमा १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्स्टर, १२.८ इन्चको रोटेड इन्फोटेन्मेन्ट स्क्रीन एप्पल कारप्ले तथा एन्ड्रोइड अटो फिचरसमेत छ। अन्य फिचरमा डिजिटल की, भोइस कन्ट्रोल, रिमोट भेहिकल मेनेजमेन्ट, ३६ डिग्री क्यामेरा, वायरलेस फोन चार्जर साथै हेडअप डिस्प्ले समेत रहेको छ।