काठमाडौं। विश्वकै ठुलो विद्युतीय सवारी साधन उत्पादक कम्पनी बिवाईडीले बेइजिङमा जारी ‘बेइजिङ अटो शो २०२६’ मा आफ्नो नयाँ मोडलहरू सार्वजनिक गर्दै बलियो उपस्थिति जनाएको छ। अप्रिल २४ देखि सुरु भई आज समापन हुन लागेको यस प्रदर्शनीमा बिवाईडीले आफ्ना नयाँ पुस्ताका प्रविधि र प्रिमियम मोडलहरू प्रदर्शन गर्दै विश्वकै ध्यान खिच्न सफल भएको हो।
प्रदर्शनीमा बिवाईडीले आफ्ना विभिन्न सब–ब्रान्डहरू डेन्जा, याङवाङ, फाङचेङबाओ सहित दर्जनौँ मोडलहरू प्रदर्शन गरेको छ। यसका साथै, कम्पनीले अटो शोमा आफ्नो नयाँ पुस्ताको ‘ब्लेड’ ब्याट्री सार्वजनिक गर्दै तेस्रो जेनेरेसनको एटो थ्री (युवान प्लस) बिवाइडी ग्रेट टाङ र सिलायन–८ र इन्ट्री लेभलको एटो वान (सिगल) को अपडेटेड भर्सन सार्वजनिक गरेको छ।
अटो शोको मुख्य आकर्षण भने बिवाईडीको अल्ट्रा–लक्जरी सब–ब्रान्ड याङवाङ रह्यो। याङवाङले आफ्नो अहिलेसम्मकै सबैभन्दा महँगो मोडल सार्वजनिक गरेको हो। गाडी सार्वजनिक हुनासाथ यसको सीमित संस्करणका लागि एक ‘एलिट’ ग्राहकले बुकिङ सुरक्षित गरिसकेको कम्पनीले जनाएको छ। यसले ब्रान्डको बढ्दो आकर्षण र प्रतिष्ठालाई झल्काउँछ।
बिवाईडी अहिलेसम्म सस्तो र किफायती विद्युतीय सवारीका लागि चिनिँदै आएको भए पनि अब याङवाङमार्फत कम्पनीले फेरारी, लाम्बोर्गिनी र रोल्स–रोयस जस्ता उच्चस्तरीय लक्जरी ब्रान्डहरूलाई चुनौती दिने रणनीति लिएको देखिन्छ।
विशेष गरी याङवाङ यु९ एक्सट्रिम यस वर्षको बेइजिङ अटो शोमा बिक्री भएको सबैभन्दा महँगो गाडीका रूपमा उभिएको छ। यसले चिनियाँ अटो मोबाइल उद्योगको प्राविधिक क्षमता र लक्जरी सेग्मेन्टमा बढ्दो प्रभावलाई स्पष्ट रूपमा देखाएको छ।
प्रदर्शनी गरिएका मोडलहरू
याङवाङ यु८ एल र यु ९ एक्सट्रिम
बेइजिङ अटो शो २०२६ मा बिवाईडीको फ्ल्यागशिप सब–ब्रान्ड याङवाङले आफ्नो चर्चित यु८ एयसयूभी र यू९ एक्सट्रिम सुपरकारका विशेष संस्करणहरू सार्वजनिक गरेको छ। याङवाङ यु८ एल बिवाईडीको ई फोर प्लेटफर्ममा आधारित छ, जसमा चारै कुनामा मोटर राखिएको छ। यसमा ८८० किलोवाट क्षमताको मोटर दिइएको छ भने, ५६.५८ किलोवाट आवरको एलएफपी ब्याट्री र २।० लिटर टर्बो इन्जिनयुक्त रेन्ज एक्सटेन्डर रहेको छ।
सीएटिएल अनुसार यसको ईभी रेन्ज २३० किलोमिटर र कुल रेन्ज १२०५ किलोमिटर रहेको छ। फ्ल्यास चार्जिङ प्रविधिबाट १० प्रतिशतदेखि ९७ प्रतिशत चार्ज मात्र ७ मिनेटमा गर्न सकिने दाबी कम्पनीको छ।
यु ९ एक्सट्रिम
यू९ एक्सट्रिममा भने पावर ९६० किलोवाटबाट बढाएर २२२० किलोवाट पु¥याइएको छ। यसले ४९६.२२ किमी प्रतिघण्टाको उच्च गतिको कीर्तिमान समेत राखेको छ।
‘सिलायन ०८’
बेइजिङ अटो शोमा बिवाईडीले आफ्नो फुल साइज एसयूभी ‘सिलायन ०८’ सार्वजनिक गरेको छ। सिलायन ०८ बिवाइडीको ओशन सिरिजको एक फ्ल्यागशिप मोडल हो। यसमा ‘मरिन एस्थेटिक्स’ डिजाइन ल्याङग्वेज अपनाइएको छ। जसमा लामा हेडलाइटहरू र चिल्लो बडी लाइनहरू छन्।
सिलायन ०८ को लम्बाइ ५११५ एमएम छ। जुन मर्सिडीज बेन्ज जीएलएसभन्दा ९२ एमएम मात्रै छोटो हो। यसको चौडाइ १९९९ एमएम, उचाइ १८०० एमएम र ह्वीलबेस ३,०३० एमएम छ।
बिवाईडी सिलायन ०८ क्रस ओभर एसयूभी ५ र ६ सिटमा उपलब्ध छ। यसमा बिवाईडीको ग्रेट ट्याङ क्रसओभरमा रहेको नवीनतम प्रविधि अपनाइएको छ। यसमा डुअल चेम्बर एयर सस्पेन्सन र रियर ह्वील स्टेयरिङ समावेश छन्। यो एसयूभीले बिवाइडीको फ्ल्यास चार्जिङ प्रविधि सपोर्ट गर्छ। दोस्रो पुस्ताको ब्लेड ब्याट्री रहेको यो एसयूभी १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज गर्न केबल ९ मिनेट मात्रै लागछ।
सिलायन ०८ मुख्य विशेषता भनेको यो डुअल मोटर अल ह्वील ड्राइभ सिस्टममा बनेको छ। यसमा ६४३ हर्ष पावर शक्ति दिने पावर फुल इलेक्ट्रिक मोटर छ। शक्तिशाली मोटरकै कारण यो एसयूभीले करिब ५ सेकेन्डमै १०० किमी प्रतिघण्टाको स्पीट भेटाउन सक्छ।
एटो वान
बिवाइडीले बेइजिङ अटो शोमा आफ्नो इन्ट्री लेभल ह्याचब्याक एटो वान ९सिगल०को अपडेटेड भर्सन पनि प्रस्तुत गरेको छ। कम्पनीले जारी २०२६ बेइजिङ अटो शोमा नयाँ एटो वान पहिलो पटक लाइडार सेन्सर राखेर ल्याएको छ। यो प्रविधि बिवाइडीले आफ्नो महँगा ब्राण्ड डेन्जा र याङवाङमा प्रयोग गर्दै आएको थियो।
यद्यपि, लाइडार एटो वानको सबै भेरियन्टमा उपलब्ध छैन। यो अप्सनल छ। लाइडारयुक्त भेरियन्टमा बिवाइडीको ‘गडस् आई बी’ नामक चालक सहायता प्रणाली हुनेछ। यो प्रणाली एनभिडिया ड्राइभ ओरिन चिपद्वारा चल्छ। जसको कम्प्युटिङ क्षमता २५४ टीओपीएस छ।
कम्पनीले एटो वानको मोटर क्षमता समेत ५५ किलोवाटबाट बढाएर ६० किलोबाट पुर्याएको छ। यी मुख्य परिवर्तन बाहेक कम्पनीले एटो धेरै साना सुधार गरेको छ। यद्यपि, एटो वानको साइज र डिजाइन भने पहिलाको जस्तै छ। नयाँ एटो वानको सबैभन्दा महत्त्वपूर्ण सुधार भनेको यसको रेन्ज हो। नयाँ एटो वानले एक पटकको फुल चार्जमा ५०५ किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ। पुरानो एटो वानको अधिकतम रेन्ज ४०५ किमी थियो।
एटो वान गत भदौमा भएको नाडा अटो शोमा साइमेक्स इंकले नेपाली बजारमा भित्र्याएको थियो। बिवाइडी एटो वान नेपाली बजारमा छोटो समयमै लोकप्रिय बनेको छ।
ग्रेट टयाङ
कम्पनीले अटो शोमा फ्ल्यागशिप एसयूभी ग्रेट टयाङको बुकिङ खुलाएको छ। बिवाईडीले ३६ हजार अमेरिकी डलरदेखि ४६ हजार अमेरिकी डलरसम्म मूल्य तोकेर सार्वजनिक गरेको ग्रेट ट्याङ उत्साहजनक बुकिङ प्राप्त गरेको छ। बिवाइडीको डाइनेस्टि लाइन अप अन्त्रगतको सबैभन्दा ठुलो एसयूभीको रूपमा ग्रेट ट्याङ ल्याएको हो। यसके लम्बाइ ५३०२ एमएम, चौडाइ १९९९ एमएम र उचाइ १८०० एमएम छ। यसको ह्वीलबेस ३१३० एमएम छ।
फुल साइज ७ सिटे यो एसयूभी बिवाइडीले नयाँ डिजाइनमा तयार पारेको हो। यसमा नयाँ डिजाइनको भर्टिकल हेडलाइट समावेश गरिएको छ। इन्टेरियरमा फ्लोटिङ सेन्टर कन्सोल र यात्रुका लागि छुट्टै इन्टरटेन्मेन्ट स्क्रिन उपलब्ध छ। यसको रियर डिस्प्ले भने माथि रुफमा माउन्ट गरिएको छ।
ग्रेट ट्याङमा नयाँ जेनेरेशन ब्लेट ब्याट्री प्रयोग गरिएको छ। जसलाई १ हजार भोल्ट हाइ भोल्टज प्लेटफर्ममा तयार पारिएको छ। बिवाइडी ट्याङलाई कम्पनीले रियर ह्वील ड्राइभ र अलह्वील ड्राइभ गरी दुई भर्सनमा ल्याएको छ। यसको रियर ह्वील ड्राइभ भर्सनले ९५० किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ।
यसको डुअल मोटर अल ह्वील ड्राइभ मोडलले ५८५ किलोवाट पावर जेनेरेट गर्छ। यो एसयुभी ३.९ सेकेन्डमा ० देखि १०० को स्पिडमा पुग्छ। ग्रेट ट्याङमा १०सी रेटको फास्ट चार्जिङ क्षमताको पीक करेन्ट सर्पोट गर्छ। यो चीनमा उत्पादन भएको सबैभन्दा उच्च चार्जिङ क्षमता भएको एसयूभी मध्य एक हो।
एटो थ्री
बेइजिङ अटो शोमा बिवाईडीले तेस्रो जेनेरेसनको एटो थ्री (युवान प्लस) पनि सार्वजनिक गरेको छ। बिवाइडीले नयाँ एटो थ्री अहिलेकोभन्दा धेरै कुरा परिवर्तन गरेर ल्याएको छ। कम्पनीले यसको साइज बढाउनुका साथै नयाँ डिजाइन, नयाँ प्रविधि, नयाँ ब्याट्री, नयाँ ड्राइभिङ सिस्टममा ल्याएको छ। नयाँ एटो थ्रीमा रियर ह्वील ड्राइभ प्लेटफर्म, दोस्रो पुस्ताको ब्लेड ब्याट्री र अत्याधुनिक फ्ल्यास चार्जिङ सुविधा प्रयोग गरिएको छ।
नयाँ एटो थ्रीमा ५७.५४ किलोवाट आवर वा ६८.५५ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। जसले एक पटकको फूल चार्जमा क्रमशः ५४० किमी र ६३० किमी रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ। नयाँ एटो थ्री २०० किलोवाट र २४० किलोवाटको दुई मोटर अप्सनमा उपलब्ध छ।
यसको लम्बाइ ४६६५ एमएम, चौडाइ १८९५ एमएम र उचाइ १६७५ एमएम छ। यसमा २७७० एमएमको ह्वीलबेस रहेको छ। यो हालको एटो थ्रीभन्दा निकै ठुलो हो। यसको साइज हालकोभन्दा २१० एमएम लामो, २० एमएम चौडा र ६० एमएम अग्लो भएको छ।
नयाँ एटो थ्रीको क्याबिन थप व्यवस्थित, सफा र सरल देखिन्छ।
यसको इन्टेरियमा ठुलो फ्लोटिङ टचस्क्रीन, एलसिडी इन्स्ट्रुमेन्ट प्यानल, हेड अप डिस्प्ले, टु स्पोक स्टेयरिङ ह्वील, सेन्टर टनेलमा दुई वायरलेस फोन चार्जर, १६ स्पिकरहरू, बिल्ट–इन रेफ्रिजरेटर लगायत फिचर छ। एटो थ्री नेपालमा पनि निकै चर्चित मोडल हो। नेपालमा बिवाइडीका गाडी साइमेक्स इंकले बिक्री गर्दै आएको छ।
फ्याङ चेङबाओ सेडान र फर्मुला एक्स
बेइजिङ अटो शोमा बिवाईडीको फ्याङ चेङ बाओले पहिलो पटक सेडान र फर्मुला एक्स सुपरकार प्रस्तुत सार्वजनिक गरेको छ। बिवाइडीको फाङ चेङ बाओले परम्परागत एसयूभी लाइनअपबाट फरक दिशा लिँदै ब्रान्डले पहिलो पटक सेडान र फर्मुला एक्स मोडलहरू प्रस्तुत गरेको हो। कम्पनीले अटो शोमा तीन नयाँ मोडल सार्वजनिक गरेको छ।
अटो शोमा सार्वजनिक गरिएको फर्मुला एक्स दुई ढोका भएको कन्भर्टिबल सुपरकार हो। जुन अटो शोको मुख्य आकर्षण बनेको छ। यस मोडलले फाङ चेङ बाओ सुपर ९ कन्सेप्टको डिजाइन दर्शन अपनाएको छ, जसमा ब्रान्डको ‘लाइफ मेटल एस्थेटिक्स’ झल्किन्छ। गाडीमा ‘गोल्डेन रेसियो’ अनुपात र ‘हण्टिङ लेपर्ड’ जस्तो आक्रामक स्टान्स देखिन्छ।
डिजाइनका हिसाबले फर्मुला एक्समा ‘शार्प लेपर्ड आई’ हेडलाइट प्रयोग गरिएको छ। गाडी अत्यन्तै जमिन नजिक बस्ने बनावटमा तयार गरिएको छ र यसमा १९ वटा छुट्टाछुट्टै एयर भेन्टसहितको उन्नत एरोडायनामिक किट समावेश गरिएको छ। पछाडिको भागमा ‘इन्फिनिट रिङ’ टेललाइट, सक्रिय इलेक्ट्रिक रियर स्पोइलर तथा रियर ह्विल पछाडि राखिएको डिफ्युजर छ।
यसको प्रमुख प्राविधिक विशेषता भनेको पूर्ण कार्बन फाइबर बडी हो, जसले गाडीको तौल घटाउन मद्दत गर्त। यसमा गल–विङ र सिजर दुवै शैलीका ढोका रहेका छन्। इन्टेरियरतर्फ, फर्मुला एक्सले ‘ब्याटल ककपिट’ अनुभव दिने गरी ¥याप–अराउन्ड डिजाइन अपनाएको छ। भित्री भागमा ग्रे र हरियो रङको संयोजन गरिएको छ।
सुपर कारसँगै कम्पनीले फाङ चेङ बाओ एस–सिरिज सेडान पनि आधिकारिक रूपमा सार्वजनिक गरेको छ जसले ब्रान्डको उत्पादन दायरा अझ विस्तार गरेको छ। बिवाइडीको अफ–रोड केन्द्रित ब्रान्डका रूपमा रहेको फाङ चेङ बाओको बिक्री गत डिसेम्बरमा ५० हजार ८६८ युनिटसम्म पुगेको थियो। चालु वर्षको पहिलो तीन महिनामा भने सोही अवधिको तुलनामा मासिक बिक्री २०० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।