काठमाडौँ। सरकारले ड्रोन स्याटलाइट मार्फत आधुनिक प्रविधि मार्फत डढेलो वन अतिक्रमण तथा अवैध क्रियाकलापको रियल टाइम निगरानी गरिने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
वर्तमान सरकारले ड्रोन स्याटलाइट मार्फत आधुनिक प्रविधि मार्फत डढेलो वन अतिक्रमण तथा अवैध क्रियाकलापको रियल टाइम निगरानी गरिनेछ जानकारी दिएको हो। पछिल्लो समय वन डढेलोको घटना बढ्दै गएपछि सरकारले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको हो। नेपाल कार्बन प्राधिकरण गठन गरी रेड प्लस कार्यक्रम विस्तार गरिनेछ। सामुदायिक वन समूहलाई कार्बन क्रेडिट बाट प्रत्यक्ष लाभ सुनिश्चित गरिनेछ ।
नीतिगत सुधार मार्फत भवन निर्माण तथा उद्योगमा स्वदेशी काठको उपयोगलाई प्रोत्साहन गरिनेछ । वन डढेलो उच्च सर्तका केन्द्र स्थापना निरन्तरता निगरानी तथा अग्नि नियन्त्रण क्षमता अभिवृद्धि गरिने छ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि क्षतिपूर्ति पूर्वसूचना प्रणाली रोकथाम संरचना स्थानान्तरण तथा वैकल्पिक बाली प्रवर्धन जस्ता उपाय कार्यान्वयन गरिने बताएका छन्। निकुञ्ज आरक्ष तथा संरक्षण क्षेत्रको प्रभावकारी व्यासपन गरी दुर्लभ तथा लोपोन्मुख वन्यजन्तुको वासस्थान संरक्षण गरिनेछ। चुरे क्षेत्रमा एकीकृत संरक्षण जलपुनरभरण तथा वैज्ञानिक लागु गरिनेछ।
वातावरण प्रभाव मुल्याकंन तथा जग्गा प्राप्ति र वन सम्बन्धी अनुमति प्रक्रियालाई इपोरटल मार्फत सरलीकृत गरी पूर्वाधार विकास र वातावरण संरक्षण बीच सन्तुलन कायम गरिनेछ।
फरक प्रसंगमा पौडेलले वायुगुणस्तर सुधार स्वच्छ प्रविधि प्रवर्द्धन र प्रदूषण नियन्त्रण गरिने बताए। काठमाडौँ उपत्यकाको वायु गुणस्तर सुधार कार्य योजना अत्यधिक गर्दै राष्ट्रिय वायु गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयन गरिनेछ। परम्परागत इँटा उद्योगलाई स्वच्छ प्रविधिमा रूपान्तरण गरिनेछ।
वायु प्रदूषण न्यूनीकरण र जलवायु अनुकलन र दिगो सहरीवातावारण व्यवस्थापनका लागि बहुपक्षीय समन्वयमा कार्यान्वयन प्रणाली सुधार गरिनेछ। सीमापार प्रदूषण नियन्त्रणका लागि द्विपक्षीय वा क्षत्रिय सहकार्य सुदृढ गरिनेछ। अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुचवृद्धि गर्दै वन कृषि ऊर्जा र जैविक विविधतामा आधारित हरित अर्थतन्त्रलाई टेवा दिइने पौडेलले बताए।