–केभी रघुपति
पछिल्लो केही दशक यता आम मानवजातीको जीवन शैलीमा निकै परिवर्तन आएको छ। सूचना र प्रविधिको माध्यमले आजको दिनमा हामी मानवहरूको जनशैलीलाई पूर्ण रूपमा रूपान्तरण गरेको छ।
बिसौँ शताब्दीका बखतमा कल्पनाभन्दा बाहिर रहेको प्रविधि अहिले हाम्रो हातहातमा छ। फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र एक्स अर्थात् (ट्विटर) जस्ता माध्यमले संसारको जुनसुकै कुनामा रहेका मानिसहरूसँग मिनेटभरमा संवाद र भिडियो कल मार्फत आफ्नो सुख–दुखा साटासाट गर्न सम्भव बनाएको छ। जुन प्रविधि र सूचनाको सहायताले गर्दा यो सम्भव बनाएको हो।
अहिले दोकानमा वस्तु तथा सेवा खरिद–विक्रीदेखि बैंकिङ कारोबारसम्म सबै काम डिजिटल माध्यमबाटै हुने भएकाले हाम्रो दैनिक जीवन निकै सहज र सुविधायुक्त बनेको छ। तर, यसको अर्को पाटो भने केही तीतो अभ्यास भइरहेको छ। प्रविधिले समय जोगाइदिए पनि हामीले त्यसको सही सदुपयोग गर्न सकेका छैनौँ। विडम्बना त के छ भने हजारौँ माइल टाढाका मानिससँग जोडिए पनि हामी आफ्नै वरपरका मानिस र समाजबाट भने दिन प्रतिदिन एक्लिँदै गएका छौँ।
अहिलेको आधुनिक युगमा हामी सुखसुविधा, पैसा र मानिसहरूको बीचमा भएर पनि भित्रभित्रै एक्लो महसुस गरिरहेका छौँ। विडम्बना के छ भने प्रविधिले संसारलाई जोडे पनि यसले हामीलाई प्रकृति र स्वयं आफूबाटै टाढा पुर्याएको छ। यसलाई यस क्षेत्रका जानकारहरूले डिजिटल एक्लोपन भनेर अर्थाउँदै आएका छन्। जसले हाम्रो मानसिक स्वास्थ्य, शरीर र आपसी सम्बन्धमा गम्भीर असर पुर्रयाइरहेको छ।
सामाजिक सञ्जाल चलाइराख्दा पनि हामीले अरूसँगको वास्तविक आत्मीयता महसुस गर्न सकेका छैनौँ। पछिल्लो केही दशक यता आम मानिसहरू भौतिक रूपमा सम्पन्नता हुँदै गएपनि भावनात्मक रूपमा आफू र आफन्त तथा साथीभाइ र प्रकृतिसँग दिन प्रतिदिन टाढा हुँदै गइरहेका छौँ। समाज नातागोता र छिमेकीसँग भाईचारासम्बन्ध हुनुपर्ने ठाउँमा उनीहरूसँगको सम्बन्ध विच्छेद गर्न उद्धत भएर लागि परिरहेका छौँ।
अहिले विश्वपरिवेशमा सूचना प्रविधि क्षेत्रमा निकै ठूलो छलाङ मार्दै गइरहेको छ। अहिले २१ औँ शताब्दीमा प्रविधि बिनाको जीवन कल्पना गर्न असम्भव छ। त्यसैले हामी यसबाट टाढा रहेर अध्ययन अध्यापन तथा आफ्नो दैनिकी कार्य गर्न असम्भव जस्तै भइसकेको छ। तर प्रविधिसँगै अघि बढ्दै गर्दा हामीले प्रकृति र आफ्नो भित्री मनसँग पनि नाता जोड्न अपरिहार्य रहेको छ। मानव शरीर, भावना र मानवजातीको वरपरको वातावरणसँग घुलमिल हुँदा मानसिक स्वास्थ्य र स्वस्थ जीवन जिउने ऊर्जा र सकारात्मकता पैदा हुन्छ। जब हामी प्रविधिको संसारबाट केही समय छुट्टिएर प्रकृतिमा रमाउँछौँ, तब मात्र हामीले आफ्नो शरीर र मनको वास्तविक अवस्थाको चित्रण गर्न सक्छौँ।
प्रविधि र स्क्रिनको संसारमा हराउँदा हामीले आफ्नो वास्तविक अस्तित्व भुल्दै गएकाले प्रकृतिसँगको सामीप्यले मात्र हाम्रो डिजिटल एक्लोपन र मानसिक थकानलाई हटाउन सक्छ। आम मानिसहरू हामी केही समय मोबाइल र इन्टरनेटबाट टाढा रहेर खुला आकाश, हरियाली र शान्त वातावरणमा बिताउँछौँ, तब हाम्रो मस्तिष्कमा ताजापन हुने गर्छ। प्रकृतिले हामीलाई वर्तमान क्षणमा जिउन सिकाउँछ, जसले गर्दा भर्चुअल दुनियाँबाट उब्जिएको अनावश्यक तनाव र निराशा बिस्तारै कम हुँदै जान्छ।
त्यस्तै प्रकृतिसँगको गहिरो सम्बन्धले मानव शरीर र मनलाई पुनर्जीवित बनाउन मद्दत गर्छ। यसले हामीलाई आफूभन्दा ठूलो र विशाल शक्तिको हिस्सा भएको महसुस गराउँछ, जसबाट हामीले सकारात्मक ऊर्जा र जीवन जिउने नयाँ दृष्टिकोण प्राप्त गर्छौँ। आफ्नै भावना र प्राकृतिक वातावरणसँग जोडिनुले हाम्रो चरित्रलाई मजबुत बनाउनुका साथै सोच्ने क्षमतामा स्पष्टता ल्याउँछ। डिजिटल युगको यो कृत्रिम एक्लोपनबाट टाढा रहन र जीवनमा साँचो आनन्द लिनका लागि समय सापेक्षमा प्रकृतिमा फर्कनु, आफू र आफ्नो स्वास्थ्यलाई पहिचान गर्नु आजको आवश्यकता बनेको छ।
केभी रघुपति, शिक्षाविद्, कवि, लघुकथा लेखक, उपन्यासकार, आलोचक, स्तम्भकार र पुस्तक समीक्षक, तेलुगु आफ्नो मातृभाषा भएपनि अंग्रेजीमा लेख्छन्।