काठमाडौं । मेरो अटो मोटर र्यालीको छैटौं संस्करण शुक्रबारदेखि सुरु भएको छ। अटोमोटिभ्स प्रालिले यस वर्षको दुईदिने मोटर र्याली काठमाडौंदेखि पोखराको लेकसाइडसम्म आयोजना गर्ने भएको हो।
शुक्रबार बिहान ७ बजे काठमाडौंको दरवारमार्गस्थित चार्लिज क्याफेबाट नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेती र महिन्द्रा नेपाल हेड चैतन्य कागलकर संयुक्त रूपमा फ्ल्याग अफ गर्दै र्याली शुभारम्भ गरे।
दरबारमार्गबाट सुरु भएको र्याली कलंकी–नागढुंगा–गल्छी–मुग्लिन–आँबुखैरेनी–दमौली हुँदै पोखरा लेकसाइड सुकुटे पुगेर समापन हुनेछ।
र्यालीमा ४० भन्दा धेरै कार र १०० जना सहभागी छन्। र्यालीमा अटोमोबाइल, लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, इन्स्योरेन्स, मिडियालगायत क्षेत्रका व्यक्ति सहभागी छन्।
अटोमोटिभ्स प्रालिका प्रबन्ध निर्देशक हरि गजुरेलले आन्तरिक पर्यटन प्रवर्द्धन, ड्राइभ टुरिजम कल्चर स्थापित, हाइवे ड्राइभिङ र व्यावसायिक नेटवर्किङ विस्तार गर्ने उद्देश्यले र्याली आयोजना गरिएको बताए।
‘आन्तरिक पर्यटन प्रवर्द्र्धन, ड्राइभ टुरिजम कल्चर स्थापितसँगै व्यवसायिक नेटवर्किङ विस्तार गर्ने उद्देश्यले हामीले सन् २०२१ देखि वर्षेनी मोटर र्याली आयोजना गर्दै आइरहेका छौं । यस वर्ष पनि त्यसैलाई निरन्तरता दिएका हौं,’ उनले भने, ‘साथै मोटर र्यालीलाई समाजिक कार्यमा पनि अघि बढाएका छौं।’
सीएसआर अन्तर्गत धादिङको तारुकाघाटस्थित गणेशमासिंह स्मृति आधारभूत विद्यालयलाई शैक्षिक सााग्री र तनहुँ प्रहरी कार्यालयलाई उद्धार सामग्री प्रदान गरिने उनले जानकारी दिए।
यस वर्षको मेरो अटो मोटर र्यालीको मुख्य प्रायोजक टोटल इनर्जी रहेको छ। इन एसोसिएसन विथ महिन्द्रा (अग्नि इन्कर्पोरेटेड) रहेको र्यालीको पफर्मेन्स पार्टनर सियट टायर रहेको छ।
र्यालीको सपोटेड बाइमा ओमोडा÷जेको, आइकार, निसान, लीपमोटर, एमजी नेपाल, लक्ष्मी हुन्डाई, जिली र म्याक्सस रहेका छन्। त्यस्तै, इन्स्योरेन्स पार्टनर सगरमाथा लुम्बिनी इन्स्योरेन्स, डेस्टिनेसन पार्टनर इलाइट मोटर, फ्यागअफ स्पट पार्टनर चार्लिज क्याफे, स्पीड पार्टनर गभर्नर ह्वीस्की र चिलिङ पार्टनर यती ब्रुअरी रहेका छन्।
मेरो अटोले हरेक वर्ष आफ्नो वार्षिकोत्सव अवसरमा मोटर र्याली आयोजना गर्दै आएको छ। पहिलो संस्करणको र्याली सन् २०२१ को काठमाडौं–सुकुटेसम्म भएको थियो। त्यस्तै, दोस्रो संस्करणको काठमाडौं–मूलकोट, तेस्रो काठमाडौं–त्रिशूली, चौथौं काठमाडौं–सौराहा र पाँचौं काठमाडौं–सुकुटे भएको थियो।