काठमाडौं। होनोर नेपालले अत्याधुनिक स्मार्टफोन प्रविधिको नयाँ युग नेपालमा ल्याउँदै होनोर ६०० र होनोर ६०० प्रो सार्वजनिक गरेको छ । उन्नत एआई फिचरहरू, प्रिमियम डिजाइन र फ्ल्यागशिप स्तरको प्रदर्शनसहित तयार गरिएको यो सिरिजले दैनिक क्षणहरूलाई असाधारण अनुभवमा परिवर्तन गर्ने लक्ष्य राखेको छ।
आकर्षक डिजाइन र स्मार्ट इनोभेसनको संयोजनसहि होनोर ६०० सिरिज ती प्रयोगकर्ताका लागि निर्माण गरिएको हो। जो हरेक दिन अझ धेरै सिर्जना गर्न, कैद गर्न र अनुभव गर्न चाहन्छन्। स्टाइलिस र प्रिमियम डिजाइनसहित तयार गरिएको होनोर ६०० सिरिजले उत्कृष्ट इन ह्यान्ड फिलसँगै आधुनिक जीवनशैलीका लागि शक्तिशाली प्रदर्शन प्रदान गर्दछ।
होनोर ६०० मा स्न्यापड्रागन ७ जेन ४ (४ एनएम) प्रोसेसर प्रयोग गरिएको छ। जसले दैनिक मल्टिटास्किङ का लागि छिटो र प्रभावकारी प्रदर्शन प्रदान गर्दछ। यसमा रहेको नयाँ एआई छविदेखि भिडियो २.० फिचरले प्रयोगकर्तालाई आफ्ना तस्वीरहरूलाई छ सेकेन्डको एआई उत्पन्न भिडियो स्टोरीमा परिवर्तन गर्ने सुविधा दिन्छ।
जसले कन्टेन क्रियटरलाई अझ सिर्जनात्मक र अन्तरक्रियात्मक बनाउँछ। होनोर ६०० मा मुभिङ फोटो इरेजर टूल र अल्ट्रा-क्लियर नाइट मोड जस्ता विशेष फिचरहरू पनि समावेश छन्। यसले कम उज्यालोमा पनि स्पष्ट र विस्तृत फोटो खिच्न सहयोग गर्दछ। ७ हजार एम्पियरको ब्याट्री, ८० वाट फास्ट चार्जिङ र २७ वाटको रिभर्स वायर्ड चार्जिङ सपोर्टसहित होनोर ६०० दिनभर प्रयोग गर्न सक्षम बनाइएको छ।
होनोर ६०० निम्न भेरियन्टहरूमा उपलब्ध हुनेछः
८ जिबी २५६ जिबीको मूल्य ८४,९९९ रूपैयाँ।
१२ जिबी २५६ जिबीको मूल्य ८९,९९९ रूपैयाँ।
होनोर ६०० खरिद गर्ने ग्राहकहरूले प्राप्त गर्ने छन्।
ड्डहोनोर च्वाइस वाच ३ प्रो (मूल्य रु. १५९९९)