काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा विदेशबाट आयातीत मदिराको कर यथावत् रहने भएको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संघीय संसद् संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै आयातीत मदिराको कर यथावत् लगाएका हुन्।
अर्थमन्त्री डा वाग्लले विदेशबाट आयातित मदिराको भन्सार करलाई आगामी आवमा पनि यथावत कर लाग्ने बताए। सरकारले विगतका वर्षमा विदेशबाट आयातीत मदिरामा निकै उच्च दरले कर लगाउने गरेको थियो।
स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न र विलासिताका वस्तुको आयात कम गर्न बजेट तथा आर्थिक ऐनमार्फत मदिराको करको दर लगातार बढाइँदै आएको थियो।
विदेशी मदिराको कर भन्सार महसुलः मदिराको प्रकार अनुसार यसको भन्सार मूल्यमा ८० प्रतिशत देखि १०० प्रतिशतसम्म भन्सार महसुल लाग्छ भने ह्विस्कीमा १०० प्रतिशत र वाइन तथा बियरमा ८० प्रतिशतसम्म लाग्ने गरेको छ। नेपाल आइपुग्ने विदेशी मदिराको कुल कर महसुल त्यसको वास्तविक खरिद मूल्यको २०० देखि ३०० प्रतिशतसम्म पुग्ने गर्छ।
सरकारले विलासी वस्तु आयात निरुत्साहित गर्न मदिरा आयातमा थप २ प्रतिशत लक्जरी कर समेत लगाउने गरेको छ। भन्सार, अन्तःशुल्क र लक्जरी कर जोडिएर कायम हुने कुल मूल्यमा थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ।
योसँगै आयातित मदिरामा लाग्दै आएको १ हजार ३ सय अन्तःशुल्कमा ५० रुपैयाँ बढाएर १ हजार ३ सय ५० रुपैया बनाएको छ। यो शुल्क आयातित मदिरासँगै आन्तरिक रुपमा उत्पादन हुने मदिरामा समेत लागू हुनेछ।
गत आर्थिक वर्षमा अन्तःशुल्क ३० रुपैयाँले थप गरी २ सय २८ बनाइएको छ। यसअघि प्रतिलिटर १ सय ९८ रुपैयाँ शुल्क लाग्दै आएको थियो।
त्यसैगरी ४२.८ प्रतिशत अल्कोहल भएका हकमा १ हजार १ सय ८८ बाट बढाएर १ हजार ३ सय ६ रुपैयाँ पुर्याइएको थियो। ४८.५ प्रतिशतसम्म अल्कोहल भएको मदिरामा प्रतिलिटर १ हजार ५ सय ९२ बाट १ हजार ७ सय ५० रुपैयाँ बनाइयो।
त्यसैगरी ३९.९४ प्रतिशत अल्कोहल भएको मदिरामा १ हजार १ सयबाट बढाएर १ हजार २ सय १५ रुपैयाँ बनाइएको थियो। अन्य मदिराका हकमा १ हजार ७ सय ५० रुपैयाँ बनाइएको छ। साथै, ह्विस्कीको कच्चापदार्थका रूपमा प्रयोग हुने स्प्रिटमा प्रतिलिटर १ सय ९८ लाई बढाएर २ सय २८ रुपैयाँ बनाइएको छ।
३४.२३ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर ५ सय ५५ रुपैयाँ रहेकोमा ६ सय १० बनाइएको छ भने २८.५३ प्रतिशत अल्कोहल भएको मदिरामा ४ सय ५० बाट ४ सय ७२ रुपैयाँ पु¥याइएको हो।
हरेक वर्ष सरकारले मदिरामा अचाक्ली कर वृद्धि गर्दा चोरबाटोबाट नेपाल भित्रिने मदिरा हिस्सा वैधानिक बाटोबाट आउनेभन्दा बढी भएको देखिन्छ।
सरकारले आगामी आर्थिक वर्षमा पनि चालू आर्थिक वर्षमा लाग्ने करलाई निरन्तरता दिँदै प्रतिलिटर ३०० वा ८० प्रतिशतमध्ये जुन धेरै हुन्छ, सोही भन्सार महसुल लाग्ने व्यवस्था गरिएको हो। यसअघि पनि यसमा प्रतिलिटर ३०० रुपैयाँ नै भन्सार महसुल लाग्ने व्यवस्था थियो।
भरमाउथ र बिरुवा वा बास्नायुक्त तत्वबाट स्वादिष्ट बनाइएको ताजा अंगुरको अन्य वाइनमा प्रतिलिटर ३०० वा ८० प्रतिशतमा जुन बढी हुन्छ, सोही भन्सार लाग्ने व्यवस्था गरिएको छ।
छ्याङ (कन्ट्री बियर), सेम्पेन सेरी मिड, पेरी, साइडर, साके र १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको जडीबुटी मिश्रित मदिरा, कक्टेल र अन्य फर्मेन्टेड मदिराको भने भन्सार ४० प्रतिशतबाट बढाएर ८० प्रतिशत पु¥याइएको छ।
आयातका हिसाबले ६० प्रतिशत वा त्यसभन्दा बढी अल्कोहल भएको अविकृत इथाइल अल्कोहलमा प्रतिलिटर ६० रुपैयाँ वा मूल्यको ३० प्रतिशतमा जुन बढी हुन्छ, सोही भन्सार महसुल लाग्ने भएको छ। यसअघि ६० रुपैयाँ प्रतिलिटर भन्सार लाग्दै आएकामा बजेटमार्फत् ३० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको थियो।
८० प्रतिशतदेखि ९९ प्रतिशतसम्म अल्कोहल भएको विकृत स्पिरिट र अन्यमा पनि प्रतिलिटर ६० वा ३० प्रतिशतमध्ये जुन बढी हुन्छ, सोही भन्सार महसुल लाग्ने भएको छ। यसमा पनि ३० प्रतिशत प्रस्ताव गरेकामा संशोधन गरिएको हो। यसअघि प्रतिलिटर ६० रुपैयाँ भन्सार लाग्दै आएको थियो।
ब्रान्डीका कच्चा पदार्थका रूपमा प्रयोग हुने सबै प्रकारका स्पिरिटमा प्रतिलिटर १ हजार ५ सय वा मूल्यको ८० प्रतिशतमा जुन बढी हुन्छ, सोही भन्सार महसुल लाग्ने भएको छ। बजेटमा ८० प्रतिशत लाग्ने व्यवस्था गरिएकामा त्रुटि भएको भन्दै यसलाई पनि सच्याइएको हो।
अन्य अंगुरको वाइन वा अंगुरको मार्कलाई आसवन गरी निकालिएको स्पिरिटमा भने प्रतिलिटर २ हजार वा १०० प्रतिशतमा जुन बढी हुन्छ, सोही भन्सार महसुल लाग्नेगरी संशोधन गरिएको छ। जेठ १५ मा मूल्यको १०० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरिएको थियो।
ह्विस्कीको कच्चा पदार्थका रुपमा प्रयोग हुने स्पिरिटमा प्रतिलिटर १ हजार ५०० वा मूल्यको ८० प्रतिशतमा जुन बढी हुन्छ, सोही भन्सार महसुल लाग्ने बनाइएको छ । तयारी ह्विस्कीमा भने प्रतिलिटर २ हजार वा मूल्यको १०० प्रतिशतमा जुन बढी हुन्छ, सोही भन्सार लाग्ने व्यवस्था भएको छ।
रम र अन्य स्पिरिटको कच्चा पदार्थमा पनि मूल्यको ८० प्रतिशत भन्सार लाग्ने गरी आर्थिक विधेयक आएकामा संशोधन गरेर प्रतिलिटर १ हजार ५ सय वा मूल्यको ८० प्रतिशतमा जुन बढी हुन्छ, सो बराबरको रकम भन्सार लाग्ने भएको छ।
तयारी रममा प्रतिलिटर २ हजार वा मूल्यको १०० प्रतिशतमा जुन बढी हुन्छ, सोअनुसार भन्सार लाग्ने व्यवस्था गरिएको छ। यसमा पनि १०० प्रतिशतको व्यवस्थासहित आर्थिक विधेयक आएको थियो।
जिनको कच्चा पदार्थको प्रतिलिटर १ हजार ५ सय वा मूल्यको ८० प्रतिशत नै हुने गरी संशोधन भएको छ। तयारी जिनको भन्सार प्रतिलिटर २ हजार वा १०० प्रतिशतमा जुन बढी हुन्छ, सोहीअनुसार हुने भएको छ। यसमा पनि मूल्यको १०० प्रतिशतको व्यवस्था गर्न खोजिएकामा संशोधन भएको हो।
अन्य सबै प्रकारका मदिराको कच्चा पदार्थमा ८० प्रतिशत भन्सार लगाउन खोजेकामा पुनः संशोधन भएर प्रतिलिर १ हजार ५ सय वा मूल्यको ८० प्रतिशत कायम गरिएको छ।
यस्तै, तयारी मदिरामा १०० प्रतिशतको सट्टा प्रतिलिटर २ हजार वा मूल्यको १०० प्रतिशतमा जुन बढी हुन्छ, सोही भन्सार लाग्ने भएको हो।वाइन आयातमा लिटरमा न्यूनतम ३०० रुपैयाँ भन्सार लाग्नेछ । ८० प्रतिशत भन्सार लगाउँदा ३०० रुपैयाँभन्दा कम हुने वाइनमा ३०० रुपैयाँ र सोभन्दा बढी हुनेमा भने लिटरको ८० प्रतिशत भन्सार लाग्नेछ । यसअघि सबै वाइनमा लिटरको २०० रुपैयाँ भन्सार लाग्थ्यो।
बियर आयातमा पनि लिटरमा न्यूनतम २०० रुपैयाँ भन्सार लाग्नेछ। ८० प्रतिशत भन्सार लगाउँदा २०० रुपैयाँभन्दा कम हुनेमा २०० र सो भन्दा बढी हुनेमा मूल्यको ८० प्रतिशत भनर लाग्नेछ। यसअघि सबै बियरमा लिटरको २०० रुपैयाँ लाग्दै आएको थियो।