काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले स्वदेशी उद्योग व्यवसायलाई राहत दिने उद्देश्यअनुरूप अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमार्फत ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेका छन् भने २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार दर घटाएका छन्।
सरकारले औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तुभन्दा कम्तिमा एक तह न्यून हुने गरी यो व्यवस्था लागू गरेको हो। यसको अर्थ कुनै पनि उद्योगले तयार माल आयात गर्दा जति भन्सार तिर्नुपर्छ, त्यसभन्दा कम भन्सार तिरेर कच्चा पदार्थ भित्र्याउन पाउने भयो। तर, सरकारले कस्ता वस्तुकाे अन्तशुल्क खारेज गर्याे र कस्ता वस्तुकाे भन्सार घटायाे भन्ने अहिले चाैतर्फी प्रश्नकाे विषय बनेकाे छ।
भन्सार दर घटाइएका वस्तुहरूमा मुख्यतः रासायनिक तत्त्व, ग्याँस, अक्साइड, लवण र कार्बनिक यौगिकहरू पर्छन्। आयोडिन, फ्लोरिन, ब्रोमिन, हाइड्रोजन, दुर्लभ ग्याँसहरू जस्तै आर्गन र अन्य, नाइट्रोजन, टेलुरियम, सिलिकन, जसमा तौलमा सिलिकन ९९.९९ प्रतिशतभन्दा कम नभएको, फस्फोरस, आर्सेनिक, सेलिनियम, सोडियम र क्याल्सियम लगायतका तत्त्वहरूमा भन्सार दर घटाइएको बजेट वक्तव्यमा उल्लेख छ।
यसैगरी, सरकारले अन्तर मिश्रण वा मिसावट भएका वा नभएका दुर्लभ मृत्तिका धातुहरू स्क्यान्डियम र अन्य अप्राङ्गारिक अम्लहरूमा पनि भन्सार दर घटाएको छ। हाइड्रोजन फ्लोराइड अर्थात् हाइड्रोफ्लोरिक अम्ल, हाइड्रोजन साइनाइड अर्थात् हाइड्रोसाइअनिक अम्ल र अन्यमा राहत दिइएको छ। नौरधातुका अन्य अप्राङ्गारिक अक्सिजन यौगिकहरू जस्तै कार्बन डाइअक्साइड, रेफ्रिजेरेन्टका लागि प्रयुक्त आर-७४४, सिलिकन डाइअक्साइड र अन्यमा पनि दर घटाइएको छ।
क्लोराइड र क्लोराइड अक्साइडहरूमा पनि भन्सार दर घटेको छ। कार्बोनाइल डाइक्लोराइड अर्थात् फोरजेन, फोस्फोरस अक्सिक्लोराइड, फोस्फोरस ट्राइक्लोराइड, फोस्फोरस पेन्टाक्लोराइड, सल्फर मोनोक्लोराइड, सल्फर डाइक्लोराइड, थायोनाइल क्लोराइड र कार्बन डाइसल्फाइडसहित अन्यको सरकारले भन्सार दर घटाएको हो।
सरकारले परक्साइड र म्याग्नेसियमको हाइड्रोक्साइड र परअक्साइड, स्ट्रोन्टियम र बेरियमका परअक्साइडहरू, अक्साइड र हाइड्रोक्साइडहरूको समेत भन्सार दर घटाएको छ। रासायनिक तवरले परिभाषित, हाइड्रोक्साइड भएको वा नभएको कृत्रिम कोरन्डम, कृत्रिम कोरन्डम बाहेकको आलुमिनियम अक्साइड, आलुमिनियम हाइड्रोक्साइड, क्रोमियम अक्साइड र हाइड्रोक्साइडहरूको भन्सार दर घटाइएको छ।
यसैगरी, सरकारले आइरन अक्साइड र हाइड्रोक्साइडहरू, मुत्तिका रङ्गहरू अर्थात् अर्थकलर, हाइड्राजिन र हाइड्रोक्सिलामिन र तिनीहरूका अप्राङ्गारिक लवणहरू, लिथियम अक्साइड र हाइड्रोक्साइड, भेनेडियम अक्साइड र हाइड्रोक्साइडहरू, निकल अक्साइड र हाइड्रोक्साइडहरू, कपर अक्साइड र हाइड्रोक्साइडहरू, जर्मनियम अक्साइडहरू र जिर्कोनियम डाइअक्साइडहरू, मोलिब्डेनम अक्साइडहरू र हाइड्रोक्साइडहरू र एन्टिमोनी अक्साइडहरूको भन्सार दर घटाएको छ।
फ्लोराइडहरूमा पनि राहत दिइएको छ। एलुमिनियमको फ्लोराइड, सोडियम हेक्साफ्लुरो आलुमिनेट अर्थात् सिन्थेटिक क्रिओलाइट र अन्यमा दर घटाइएको छ। यसैगरी एमोनियम क्लोराइड अर्थात् नौसादर, क्याल्सियम क्लोराइड र अन्य क्लोराइडहरू जस्तै म्याग्नेसियमको, एलुमिनियमको र निकलको क्लोराइड, क्लोराइड अक्साइड र क्लोराइड हाइड्रोक्साइडहरू, कपरको र अन्यमा पनि दर घटाइएको छ। ब्रोमाइडहरू र ब्रोमाइड अक्साइडहरू, सोडियम वा पोटासियमका ब्रोमाइडहरू, आयोडाइडहरू र आयोडाइड अक्साइडहरू, व्यापारिक क्याल्सियम हाइपोक्लोराइट र अन्य क्याल्सियम हाइपोक्लोराइटहरूको भन्सार दर घटेको छ।
यस्तै, सरकारले क्लोरेटहरू, सोडियमको र अन्य, सोडियम मेटासिलिकेटहरू, डाइसोडियम टेट्राबोरेट अर्थात् प्रशोधित बोरेक्स, निर्जल र अन्य, अन्य बोरेटहरू, पेरअक्सोबोरेटहरू अर्थात् परबोरेटहरू, सोडियम डाइक्रोमेट, अन्य क्रोमेटहरू र डाइक्रोमेटहरू, परअक्सोक्रोमेटहरू, म्याङ्गनाइटहरू, म्याङ्गनेटहरू र परम्याङ्गनेटहरू जस्तै पोटासियम परम्याङ्गनेट, मोलिब्डेटहरू, टङ्स्टेटहरू अर्थात् वोल्फ्रेमेटहरू, दोहोरो वा जटिल सिलिकेटहरू, रासायनिक तवरले परिभाषित वा नगरिएका, आलुमिनोसिलिकेटहरू समेत र अन्यको दर घटाएको छ।
प्राकृतिक युरेनियम र यसका यौगिकहरू, प्राकृतिक युरेनियम वा प्राकृतिक युरेनियम यौगिक भएका मिश्रित धातु अर्थात् अलोईहरू, परिक्षेपण अर्थात् डिस्पर्सनहरू सिमेन्ट समेत, मृत्तिका उत्पादन र मिश्रणहरू, यू २३५ मा समृद्ध युरेनियम र यसका यौगिकहरू, प्लुटोनियम र यसका यौगिकहरू, यू २३५ मा घटाइएको युरेनियम र यसका यौगिकहरू, थोरियम र यसका यौगिकहरू, बाहेकका रेडियोधर्मी तत्त्वहरू र आइसोटोपहरू र यौगिकहरू, यी तत्त्वहरू, आइसोटोपहरू वा यौगिकहरू भएका मिश्रित धातुहरू, परिक्षेपणहरू सिमेन्ट समेत, मृत्तिका उत्पादनहरू र मिश्रणहरू, रेडियोधर्मी अवशेषहरू र ट्रिटियम र यसका यौगिकहरू लगायत ट्रिटियम वा यसका यौगिकहरू भएका मिश्रित धातुहरू, परिक्षेपणहरू सिमेन्ट समेत, मृत्तिका उत्पादनहरू र मिश्रणहरूको भन्सार दर घटाएको बजेट वक्तव्यमा उल्लेख छ।
यसैगरी, एक्टिनियम २२५, एक्टिनियम २२७, क्यालिफोर्नियम २५३ र २६०, क्यूरियम २४०, क्यूरियम २४१, क्यूरियम २४२, क्यूरियम २४३, क्यूरियम २४४, आइन्स्टेनियम २५३, आइन्स्टेनियम २५४, ग्याडोलिनियम १४८, पोलोनियम २०८, पोलोनियम २०९, पोलोनियम २१०, रेडियम २२३, युरेनियम २३० र युरेनियम २३२ र तिनका यौगिकहरू, यी तत्त्वहरू र यौगिकहरू भएका मिश्रित धातुहरू, परिक्षेपणहरू सिमेन्ट समेत, मृत्तिका मिश्रणहरू र अन्यको दर घटाएको छ।
रेडियोधर्मी तत्त्वहरू, आइसोटोपहरू र यौगिकहरू, यी तत्त्वहरू, आइसोटोपहरू वा यौगिकहरू भएका अन्य मिश्रित धातुहरू, परिक्षेपणहरू सिमेन्ट समेत, मृत्तिका उत्पादनहरू र मिश्रणहरू, रेडियोधर्मी अवशेषहरू, आणविक भट्टीहरूको निसर्जित अर्थात् स्पेन्ट नाभिकीय उत्तेजक, प्रयुक्त अर्थात् विकिरणित इन्धन तत्त्वहरू अर्थात् टोटा वा कार्टिजको भन्सार दर घटाइएको छ। यसैगरी, सल्फो समूह मात्र भएका व्युत्पत्तिहरू र तिनका लवण, परफ्लुरोअक्टेन सल्फोनिक अम्ल, एमोनियम परफ्लुरोअक्टेन सल्फोनेट, लिथियम परफ्लुरोअक्टेन सल्फोनेट, पोटासियम परफ्लुरोअक्टेन सल्फोनेट, परफ्लुरोअक्टेन सल्फोनिक अम्लका अन्य लवणहरू, डाइक्लोरोनाइट्रोमिथेन अर्थात् क्लोरोपिकिन, फेनोलहरूका हेलोजन प्रतिस्थापक र तिनका लवणहरू मात्र भएका व्युत्पत्तिहरू, पेन्टाक्लोरोफेनोल, डिनोसेब र यसका लवणहरू, डाइनाइट्रोअर्थोक्रेसोल अर्थात् डिएनओसी र यसका लवणहरू र अन्यको दर घटाएको छ।
यस्तै, डाइइथाइल इथर, साइक्लानिक, साइक्लेनिक वा साइक्लोटर्पेनिक इथरहरू र तिनीहरूका हेलोजनीकृत, सल्फोनीकृत, नाइट्रीकृत वा नाइट्रोसीकृत व्युत्पत्तिहरू, एरोमेटिक इथरहरू र तिनका हेलोजनीकृत, सल्फोनीकृत, नाइट्रीकृत वा नाइट्रोसीकृत व्युत्पत्तिहरू, इथर–अल्कोहलहरू र तिनका हेलोजनीकृत, सल्फोनीकृत, नाइट्रीकृत वा नाइट्रोसीकृत व्युत्पत्तिहरू जस्तै अक्सिडाइइथेनोल अर्थात् डाइइथाइलिन ग्लाइकोल डाइगोल, इथाइलिन ग्लाइकोल वा डाइइथाइलिन ग्लाइकोलको मोनोब्युटाइल इथरहरू, इथाइलिन ग्लाइकोल वा डाइइथाइलिन ग्लाइकोलका अन्य मोनोअल्काइल इथरहरू र इथर–फेनोलहरूको दर घटाइएको छ।
यसका साथै अल्कोहल परअक्साइडहरू, इथर परअक्साइडहरू, केटोन परअक्साइडहरू र तिनीहरूका हेलोजनीकृत, सल्फोनीकृत, नाइट्रीकृत वा नाइट्रोसीकृत व्युत्पत्तिहरू, अक्सिरेन अर्थात् इथाइलिन अक्साइड, मिथाइलअक्सिरेन अर्थात् प्रोपाइलिन अक्साइड, क्लोरो-२,३-इपोक्सिप्रोपेन अर्थात् इपिक्लोरोहाइड्रिन, डाइल्ड्रिन, एड्रिन र अन्य अक्सिजनीय कार्य भएका वा नभएका अल्डिहाइडहरू, फर्मलडिहाइड, इथानल अर्थात् एसिटलडिहाइड, अल्डिहाइड अल्कोहलहरू, अल्डिहाइड इथरहरू, अल्डिहाइड फेनोलहरू र अन्यको सरकारले दर घटाएको छ।
यस्तै, अक्सिजनीय कार्य भएका अल्डिहाइडहरू जस्तै भेनिलिन अर्थात् ४-हाइड्रोक्सी-३-मेथोक्सीबेन्जलडिहाइड, इथाइल भेनिलिन अर्थात् ३-इथोक्सी-४-हाइड्रोक्सीबेन्जलडिहाइड र अन्य, अल्डिहाइडहरूको चक्रीय पोलिमरहरू, प्यारा फर्मलडिहाइड, फर्मिक अम्ल र यसका लवण र एस्टरहरू, फर्मिक अम्ल, फर्मिक अम्लका लवणहरू, फर्मिक अम्लका एस्टरहरू, एसिटिक अम्ल र यसका लवणहरू, एसिटिक एनहाइड्राइड, इथाइल एसिटेट, भिनाइल एसिटेट, एन-ब्युटाइल एसिटेट, डिनोसेब एसिटेट र अन्य, मोनो डाइ वा ट्राइक्लोरो एसिटिक अम्लहरू, तिनका लवण र एस्टरहरू, प्रोपिओनिक अम्ल, यसका लवण र एस्टरहरू, ब्युटानोइक अम्लहरू, पेन्टानोइक अम्लहरू, तिनका लवणहरू तथा एस्टरहरू, पामिटिक अम्ल, स्टियरिक अम्ल, तिनका लवण र एस्टरहरू र अन्यको दर घटाइएको छ।
यसैगरी, थायोफस्फोरिक एस्टरहरू अर्थात् फस्फोरोथायोएटहरू र तिनका लवणहरू, तिनका हेलोजनीकृत, सल्फोनीकृत, नाइट्रीकृत वा नाइट्रोसीकृत व्युत्पत्तिहरू जस्तै पाराथियन र पाराथियन-मिथाइल अर्थात् मिथाइल-प्याराथियन र अन्यको भन्सार दर घटेको छ। यस्तै, सरकारले फस्फाइट इस्टरहरू र तिनका लवणहरू, तिनका हेलोजनीकृत, सल्फोनीकृत, नाइट्रीकृत वा नाइट्रोसोनीकृत व्युत्पत्तिहरू जस्तै डाइमिथाइल फस्फाइट, डाइइथाइल फस्फाइट, ट्राइमिथाइल फस्फाइट, ट्राइइथाइल फस्फाइट र इन्डोसल्फान र अन्यको भन्सार दर घटाएको छ।
यसैगरी, सरकारले अचक्रीय मोनोअमिनहरू र तिनका व्युत्पत्तिहरू र तिनका लवणहरू जस्तै मिथाइलअमिन, डाइ–वा ट्राइमिथाइलअमिन र तिनका लवणहरू, एन,एन-डाइमिथाइलअमिनोइथाइलक्लोराइड हाइड्रोक्लोराइड, २-(एन,एन-डाइइथाइलअमिनो)इथाइलक्लोराइड हाइड्रोक्लोराइड, २-(एन,एन-डाइआइसोप्रोपाइलअमिनो)इथाइलक्लोराइड हाइड्रोक्लोराइड र अन्यको भन्सार दर घटाएको छ।
यस्तै, अचक्रीय पोलीअमिनहरू र तिनका व्युत्पत्तिहरू र तिनका लवणहरू जस्तै इथाइलिनडाइअमिन र यसका लवणहरू, हेक्सामिथाइलिन डाइअमिन र यसका लवणहरू र अन्यमा, साइक्लानिक, साइक्लेनिक वा साइक्लोटर्पेनिक मोनो–वा पोलीअमिनहरू र तिनका व्युत्पत्तिहरू र तिनका लवणहरूमा दर घटाएको छ।
यसैगरी, एरोमेटिक मोनोअमिनहरू र तिनका व्युत्पत्तिहरू र तिनका लवणहरू जस्तै एनिलिन र यसका लवणहरू, एनिलिन व्युत्पत्तिहरू र तिनका लवणहरू, टोलुईडाइनहरू र तिनका व्युत्पत्तिहरूको भन्सार दर घटाएको बजेट वक्तव्यमा उल्लेख छ।
यस्तै, डाइफिनाइलअमिन र यसका व्युत्पत्तिहरू र तिनीहरूका लवणहरू, नापथाइलअमिन अर्थात् अल्फा-नापथाइलअमिन, नापथाइलअमिन अर्थात् बिटा-नापथाइलअमिन र तिनका व्युत्पत्तिहरू र तिनका लवणहरू, एमफिटामिन, बेन्जफिटामिन, डेक्स एमफिटामिन, इटिल एमफिटामिन, फेन्क्याम्फेमिन, लेफेटामिन, लेवाम्फिटामिन, मेफेनोरेक्स र फेन्टरमिन र तिनका लवणहरू र अन्यको भन्सार दर घटाएको हो। सरकारले एरोमेटिक पोलीअमिनहरू र तिनका व्युत्पत्तिहरू र तिनका लवणहरू जस्तै अर्थो, मेटा–प्यारा फिनाइलिनडाइअमिन, डाइअमिनोटोलुइनहरू र तिनका व्युत्पत्तिहरू र तिनका लवणहरू र अन्यको भन्सार दर घटाएको छ।
उता अन्तःशुल्क भने बढ्यो
मदिरा, सुर्तीजन्य वस्तुलगायतमा भने अन्तःशुल्कका दर बढेका छन्। त्यस्तै पत्रु खाना अर्थात् जंक फुड, रंगरोगन र जुसलगायतका वस्तुमा पनि अन्तःशुल्क बढेको छ। आर्थिक विधेयकअनुसार गुड, सखर भेलीको अन्तःशुल्क प्रतिक्विन्टल १३८ बाट बढाएर १४० पुर्याइएको छ। त्यस्तै उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल रु ११० बाट बढाएर ११५ पुर्याइएको छ।
चिनीले छोपेको वा नछोपेको तथा मिठो लेप लगाइएको वा नलगाइएको चुइगम, कोकोको धुलो, चिनी वा गुलियो पदार्थ नहालेको चकलेट र अरु कोको मिसिएका वस्तुको अन्तःशुल्क १५ बाट बढाएर २२ पुर्याइएको छ। स्पागेटी, म्याकरोनी, पास्ताजस्ता वस्तुमा प्रतिकिलो २० लाग्दै आएको अन्तःशुल्क बढाएर ३५ पुर्याइएको छ।
पाउरोटी, कोको परेको पाउरोटी, क्रिस्पब्रेड, जिन्जरब्रेड, गुलियो बिस्कुट, केक, कुकिज, पेस्ट्री, वेफर र वेफरको अन्तःशुल्क पनि बढेको छ। कुरकुरे, कुरमुरे, लेज, चिजबलजस्ता वस्तुको अन्तःशुल्क यसअघि प्रतिकिलो २० लाग्दै आएकामा त्यसलाई बढाएर प्रतिकिलो ७५ बनाइएको छ।
यसअघि आलु चिप्समा प्रतिकिलो १८ अन्तःशुल्क लाग्दै आएकामा त्यसलाई बढाएर प्रतिकिलो ३० बनाइएको छ। विभिन्न फलफूलका जुस जस्तै सुन्तलाको जुस, भोगटेको जुस, भुँइकटहरको जुस, अंगुरको जुस, स्याउको जुस, गोलभेँडाको जुस, आँपको जुसको अन्तःशुल्क यसअघि प्रतिलिटर १३ रुपैयाँ ५० पैसाबाट बढाएर प्रतिलिटर १४ रुपैयाँ बनाइएको छ। सुर्तीरहित पान मसलामा यसअघि प्रतिकिलो ८७५ लाग्ने गरेको अन्तःशुल्क रकम अहिले बढाएर प्रतिकिलो एक हजार १५० बनाइएको आर्थिक विधेयकमा उल्लेख छ।
त्यस्तै, सुर्तीरहित सुगन्धित सुपारीको अन्तःशुल्क प्रतिकिलो ३७५ बाट बढाएर प्रतिकिलो ५०० बनाइएको छ। अल्कोहलरहित बियरमा अन्तःशुल्क प्रतिलिटर ४५ लाग्ने गरेकामा शतप्रतिशत बढाएर प्रतिलिटर ९० बनाइएको छ। इनर्जी ड्रिंक्समा अन्तःशुल्क प्रतिलिटर ५२ लाग्ने गरेकामा १२० पुर्याइएको छ।
हल्का पेय पदार्थमा प्रतिलिटर २५ अन्तःशुल्क लाग्ने गरेकामा त्यसलाई बढाएर ६० बनाइएको छ। माल्टबाट बनाइएको बियरमा ५ प्रतिशतसम्म अल्कोहल भएकामा अन्तःशुल्क प्रतिलिटर २४० बाट बढाएर २५५ पुर्याइएको छ। त्यस्तै १२ प्रतिशतदेखि १७ सम्म अल्कोहल भएको वाइनमा अन्तःशुल्क प्रतिलिटर ४६० लाग्ने गरेकोमा अब प्रतिलिटर ४९० पुर्याइएको छ।
त्यस्तै, १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वाइनमा अन्तःशुल्क प्रतिलिटर ५३५ लाग्ने गरेकामा अब प्रतिलिटर ५७० बनाइएको छ। छ्याङ अर्थात् कन्ट्री बियरको अन्तःशुल्क प्रतिलिटर ४८ बाट प्रतिलिटर ५० बनाइएको छ।
सेम्पेन, सेरी, मिड, पेरी साइडरलगायतका पदार्थको अन्तःशुल्क भने प्रतिलिटर ५१६ बाट घटाएर ४९० बनाइएको छ। त्यस्तै १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको जडीबुटी मिश्रित मदिरा र कक्टेलमा ५१६ बराबर अन्तःशुल्क लाग्ने गरेकामा त्यसलाई बढाएर ५७० बनाइएको छ।
त्यसैगरी, सुर्ती भएका सिगार, सेरुट र सानो सिगारमा प्रतिखिल्ली ३१ लाग्ने अन्तःशुल्क अहिले बढेर ३५ भएको छ। फिल्टर नभएको सुर्तीको चुरोट प्रतिएम ७७८ रहेकामा बढेर ७८० पुगेको छ। त्यस्तै फिल्टर भएको ७० मिमिसम्म लम्बाइ भएको चुरोटको अन्तःशुल्क एक हजार ७९२ बाट बढेर एक हजार ८४५ पुगेको छ।
त्यस्तै रंगलेप अर्थात् पेन्ट, रंगरोगनका लागि चाहिने इनामेल, सडकमा चिन्ह लगाउने थर्मोप्लास्टिक पेन्टको अन्तःशुल्क ७ बाट बढेर १५ बनाइएको छ। टायलको रूपमा वा रोलमा रहेका भुइँ ढाक्ने वस्तु अर्थात् फ्लोर कभरिङका लागि प्रयोग हुने वस्तुको अन्तःशुल्क १० बाट बढाएर १५ पुर्याइएको छ।