काठमाडौं। सरकारले विभिन्न निकायमा रहेका सचिवहरूको सरुवा गरेको छ। जसअन्तर्गत अर्थ मन्त्रालयका राजस्व सचिव भुपाल बराल गण्डकी प्रदेशमा सरुवा भएका छन्। उनले प्रदेश प्रमुख सचिवका रुपमा सरुवा भएका हुन्।
त्यस्तै उपराष्ट्रपति कार्यालयमा चन्द्रकला पौडेल, विज्ञान प्रविधि मन्त्रालयमा प्रमिला बज्राचार्य, राष्ट्रिय सर्तकता केन्द्रमा दिनानाथ मिश्र, नेपाल ट्रष्टको कार्यालयमा चिरञ्जीवी चटौत र त्रिभुवन विमानस्थल समन्वयमा गोविन्द शर्मा पनि सरुवा भएको छ।
यस्तै, वन तथा वातावरण मन्त्रालयको सचिव रहेका शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने जिम्मा दिइएको छ।
उपराष्ट्रपति कार्यालयमा रहेका डा. कृष्णहरि पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर अतिरिक्त समूहमा राखिएको छ।
नेपाल ट्रस्टको कार्यालयमा रहेकी प्रमिलादेवी शाक्य बज्राचार्यलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।
गण्डकी प्रदेशका प्रमुख सचिव डुण्डुराज घिमिरे निलम्बनमा रहेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ।
राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरजकुमार वैद्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डिल्लीराज शर्मा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका छन्।
मन्त्रालय घटाउँदा नाम परिवर्तन नभएका मन्त्रालयमा काम गरिरहेका सचिवहरूलाई भने त्यही मन्त्रालयमा पदस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ।