काठमाडौं । नेपालको नक्सासम्वन्धी संविधान संशोधन विधेयक सर्वसम्मतले पारित भएको छ । प्रतिनिधि सभाको बैठकले नेपालको मिचिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर ल्याएको नयाँ नक्साका लागि संविधान दोस्रो संशोधन विधेयक पारित गरेको हो ।
प्रतिनिधिसभा उपस्थित २५८ सदस्य रहेकोमा पारित गर्नुपर्छ भन्नेमा पक्षमा २५८ मत परेको थियो । विपक्षमा मत परेको थिएन । मत दिन्न भन्ने पक्षमा ० मत परेको थियो । यो कुल सदस्य संख्या २७५ को दुइ तिहाई भन्दा बढी हो ।
यस अघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । छलफलपछि विभिन्न दलका शिर्ष नेताले नयाँ नक्सासम्वन्धी संविद्यान संशोधन विधेयकमा एकजुट भएको बताएका थिए ।
नेपालको संविद्यान दफा २ र सो सम्वन्धी सुची नेपाल संविद्यानको अंग बनोस भन्ने प्रस्ताव स्वीकृत भएको छ । लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन प्रस्ताव पारित गरेको हो । विधेयकमा सबै राजनीतिक दलहरुले समर्थन रहेको थियो ।
समाजवादी पार्टीकी सांसद सरिता गिरीको संशोधन विधेयक फिर्ता लिने माग संसदले अस्वीकृत गरेको थियो । भारतले गत २०७६ कात्तिक १६ गते नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेको थियो । भारतले दुवै देशको विवादित भूमि आफ्नो नक्सामा समेटेपछि नेपालले विरोध जनाएको थियो ।
त्यस्तै, भारतले लिपुलेक हुँदै मानसरोबर जाने बाटो भारतीय रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरे । लिपुलेक हुँदै धार्मि क्षेत्र मानसरोबरबाट तिव्वत जोड्ने सडक मार्ग नेपाली भूमिका खनिएको थियो । जुन, यसअघि दुवै देशका विवादित भूमि थिए ।
त्यसयता, नेपालले पनि गत जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्यो । नक्सा जारी गरिएपछि सवै दलकको समर्थनमा संविद्यान संशोधन विधेयक पारित भएको हो ।