काठमाडौं। उद्योग परिसंघ कोसी प्रदेशले अर्थतन्त्र सुधारका लागि आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समेट्न नेपाल राष्ट्र बैंकसमक्ष ११ बुँदे सुझाव पेस गरेको छ।
परिसंघले राष्ट्र बैंकलाई बुझाएको ११ बुँदे मौद्रिक नीति सुझावमा अर्थतन्त्र सुधारका लागि ब्याजदर स्थायित्व, सन्तुलित र विस्तारमुखी, बैंक तथा डिजिटल माध्यमबाट हुने ठगीमा कडाइ, स्वदेशी चाँदी उद्योगको संरक्षणका लागि चाँदी आयातमा पुनरवलोकनलगायत ११ बुँदे सुझाव पेस गरेको हो।
परिसंघले सन्तुलित र विस्तारमुखी मौद्रिक नीति ल्याएर युवाको तत्परता र नेतृत्वमा नवप्रवर्तन, औद्योगिक एवं आर्थिक विकासमा नयाँ आयाम थपिने जनाएको छ।
नयाँ मौद्रिक नीतिको मुख्य उद्देश्य आर्थिक वृद्धिसँगै विगतका विभिन्न घटनाबाट त्रसित निजी क्षेत्रको विश्वास पुनस्र्थापना गर्नु, लगानी विस्तार गरी रोजगारी सिर्जना गर्नु, वित्तीय स्थायित्व र उत्पादनमूलक क्षेत्रको विकास गर्ने स्पष्ट नीति हुनुपर्ने परिसंघको सुझाव छ।
निजी क्षेत्रले विगतदेखि भोग्दै आएको आर्थिक, औद्योगिक विकास तथा पुँजी बजार विस्तारका लागि ११ बुँदे सुझाव पेस गरिएको परिसंघले जनाएको छ।
परिसंघले कर्जा पुनर्संरचना, कर्जापुनर्तालिकीकरण गरिनुपर्ने, व्यवसायको पुनरुथान, सूक्ष्म लघुवित्त वित्तको कर्जासीमा कायम गर्नुपर्ने, कालोसूचीमा पर्नेहरुको पुनरवलोकन, निजी क्षेत्रको लगानी प्रवर्द्धन, ब्याजदरमा स्थायित्व र न्यूनीकरण, केवाईसी केन्द्रीय र डिजिटल एकीकरण, संस्थागत कोषको पुँजी बजारमा सक्रिय परिचालनलगायत सुझाव राष्ट्र बैंकलाई दिएको हो।
यस्ता छन् परिसंघका ११ बुँदे सुझाव