काठमाडौँ। सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि सब्सक्रिप्सन मोडेल ल्याएको छ। टेलिकमले आजदेखि लागु हुने गरी प्रि पेड सेवाग्राहीसहितका लागि सब्सक्रिप्सन बेस मोडलअन्तगर्त विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको हो।
कम्पनीका सेवागा्रहीले आफ्नो मोबाइलबाट स्टार १४१५ ह्याच डायल गरी सो प्याकेजहरु सजिलै पाउन सक्ने छन्। टेलिकमका अनुसार नयाँ व्यवस्थाअनुरुप सेवाग्राहीले हरेक महिना पुनः प्याकेज सक्रिय सब्सक्रिाइब गरिरहनु नपर्ने तथा एक पटक सक्रिय गरिसकेपछि अर्को पटकदेखि ग्राहकको मोबाइल ब्यालेनसल रकमको आधारमा प्रत्येक महिना सो प्याकेज स्वत: नवीकरण हुने टेलिकमले उल्लेख गरेको छ।
टेलिकमका अनुसार २९९ मा नमस्ते रिकरिङ २९९ प्याक उपलब्ध हुनेछ। यसमा ३ सय मिनेट सबै नेटर्वकमा कल गर्न सकिने अल नेट भ्वाइस, जुनसुकै समयमा प्रयोग गर्न मिल्ने चार जीबी डाटा र राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने दुई जीबी नाइट डाटा तथा कम्पनीको नेटवर्कमा मात्र पठाउन सकिने २० वटा अन नेट एसएसएस उपलब्ध हुने व्यवस्था छ।
अर्कोतर्फ नमस्ते रिकरिङ ४९९ प्याक रहेको छ। ४९९ रुपैयाँ शुल्क लाग्ने यो प्याकेजमा ५ सय मिनेट अल नेट भ्वाइस कल सुविधा उपलब्ध रहेको टेलिकमले उल्लेख गरेको छ। डेटातर्फ ८ जीबी अलटाइम र ४ जीबी नाइट डेटा राति ११ देखि बिहान ६ बजेसम्म पाइनेछ।
साथै, सबै नेटवर्कमा पठाउन मिल्ने १ सय वटा अल नेट एसएमएसको सुविधा पनि यसमा सम्लग्न रहेको टेलिकमले जारी गरेको सूचनामा उल्लेख छ। तेस्रो प्याकेजका रूपमा नमस्ते रिकरिङ ७९९ प्याक ल्याइएको छ। ७९९ रुपैयाँमा उपलब्ध हुने यस प्याकेजमा सबै नेटवर्कमा असीमित अनलिमिटेड कल गर्न सकिने अलनेट भ्वाइस सुविधा दिइएको छ। यसमा प्रतिदिन १० जीबीका दरले मासिक कूल ३ सय जीबी डेटा र ३ सय वटा अलनेट एसएमएस प्राप्त हुने टेलिकमले जनाएको छ।
त्यस्तै टेलिकमले थप डेटा आवश्यक पर्ने ग्राहकलाई लक्षित गर्दै प्याकेज ल्याएको छ। जस अनुसार प्याकेजअन्तगर्त ३० रुपैयाँमा १ दिनका लागि १ जीबी, ५० रुपैयाँ मा ३ दिनका लागि २ जीबी र ९९ रुपैयाँमा ७ दिनका लागि ४ जीबी डाटा उपलब्ध हुने भएको छ।