काठमाडौं। सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको इतिहास बोकेको बेइजिङ अटो वक्र्स (बिएडब्लु) ले नेपाली बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै ईसेभेन प्रो नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ। नेपालका लागि बिएडब्लुको आधिकारिक वितरक एलआरआर मोटर्सले ब्रम्बीको सफलतापछि रियर–ह्विल–ड्राइभको बिएडब्लु ईसेभेन–प्रो नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरको हो।
कम्पनीले ब्रम्बीको सफलतापछि कम्पनीले अब यसको अझ परिष्कृत र आधुनिक संस्करण बिएडब्लु ईसेभेन– प्रो नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको हो। इन्धनको बढ्दो मूल्य र कम सञ्चालन खर्चका कारण नेपालमा इलेक्ट्रिक गाडी (ईभी) को लोकप्रियता तीव्र छ। अधिकांश ग्राहकले ब्याट्री र रेन्जलाई मात्र ध्यान दिइरहेका बेला बिएडब्लुले भने गाडीको ड्राइभ प्रणालीलाई प्राथमिकतामा राखेर बिएडब्लु ईसेभेन प्रो बजारमा ल्याउने तयारी गरेको छ।
इसेभेन प्रोलाई ब्रम्बीको अझ परिष्कृत तथा प्राविधिक रूपमा उन्नत संस्करणका रूपमा विकास गरिएको हो। यसमा डाइरेक्ट फास्ट चार्जिङ, आधुनिक बाह्य डिजाइन, थप फराकिलो तथा आरामदायी इन्टेरियर, सुधारिएको सस्पेन्सन, उन्नत सुरक्षा प्रणाली, स्मार्ट डिजिटल फिचर तथा अझ परिस्कृत रियर–ह्विल–ड्राइभ प्लेटफर्म उपलब्ध हुनेछ।
यी सबै सुधारहरूले दैनिक शहरी यात्रा अझ आरामदायी, सुरक्षित तथा आनन्ददायी बनाउने अपेक्षा गरिएको छ। ब्रम्बीले स्थापित गरेको विश्वास र लोकप्रियतालाई आधार बनाउँदै बिएडब्लु ईसेभेन प्रोले नेपालको शहरी विद्युतीय सवारी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ।

रियर–ह्विल–ड्राइभ किन महत्वपूर्ण छ?
धेरैजसो कम्प्याक्ट कारहरूमा फ्रन्ट–ह्विल–ड्राइभ प्रणाली प्रयोग गरिन्छ, जहाँ अगाडिका पांग्राले स्टेयरिङ र शक्ति दुवैको जिम्मेवारी वहन गर्छन्। तर बिएडब्लु ब्रम्बीमा भने रियर–ह्विल–ड्राइभ प्रणाली अपनाइएको छ, जहाँ शक्ति पछाडिका पांग्रामा पुग्छ भने अगाडिका पांग्रा केवल स्टेयरिङका लागि प्रयोग हुन्छन्।
यसले गाडीको तौल सन्तुलित रूपमा वितरण हुने भएकाले मोडमा गाडी बढी स्थिर र सन्तुलित हुन्छ। दोस्रो, उकालो सडकमा गाडीको ग्रिप अझ राम्रो हुन्छ। काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा तथा धरानजस्ता धेरै उकालो भएका शहरहरूमा पछाडिका पांग्राबाट शक्ति प्रवाह हुँदा गाडीलाई उकालोमा सहज रूपमा अघि बढाउन मद्दत मिल्छ।
तेस्रो, अगाडिका पांग्राले केवल स्टेयरिङको काम गर्ने भएकाले स्टेयरिङ हलुका, सहज र बढी उत्तरदायी महसुस हुन्छ। चौथो, थप यात्रु वा सामान बोकेको अवस्थामा पनि गाडीको सन्तुलन राम्रो रहने भएकाले दैनिक पारिवारिक प्रयोग, कार्यालय आवतजावत तथा हल्का व्यावसायिक प्रयोजनका लागि पनि यो उपयुक्त हुन्छ।

नेपालको शहरी तथा अर्धशहरी सडकलाई ध्यानमा राखेर डिजाइन
काठमाडौं उपत्यकाको सडक संरचना विश्वका धेरै आधुनिक शहरभन्दा फरक छ। साँघुरा सडक, अत्यधिक ट्राफिक जाम, तीखा मोड, उकालो–ओरालो तथा सीमित पार्किङ स्थानका कारण यहाँका लागि कम्प्याक्ट, चुस्त तथा सहज रूपमा सञ्चालन गर्न सकिने सवारी आवश्यक हुन्छ।
बिएडब्लुकोको सानो आकार र रियर–ह्विल–ड्राइभ प्रणालीको संयोजनले यसलाई यस्ता सडकका लागि निकै उपयुक्त बनाएको छ। यसको सानो टर्निङ रेडियस, सहज पार्किङ, कम सञ्चालन खर्च तथा विद्युतीय मोटरबाट प्राप्त हुने तुरुन्तै टर्कले दैनिक शहरी यात्रा अझ सरल बनाउँछ।
नेपालमा करिब २० लाख रुपैयाँ मूल्य वर्गका विद्युतीय सवारीमध्ये रियर–ह्विल–ड्राइभ प्लेटफर्म उपलब्ध गराउने अत्यन्तै थोरै मोडेलमध्ये ब्रम्बी एक हो, जसले यसलाई आफ्नो वर्गमा विशेष बनाएको छ। बिएडबलु ब्रम्बीका सेल्स हेड सुमन बज्राचार्यका अनुसार आज विद्युतीय सवारी छनोट गर्नु भनेको केवल मूल्य वा ड्राइभिङ रेन्ज हेर्ने विषय मात्र होइन।
उनी भन्छन्, ‘बिएडब्लु ब्रम्बीको रियर–ह्विल–ड्राइभ प्रणालीले नेपालको शहरी सडकको वास्तविक आवश्यकतालाई ध्यानमा राखेर सन्तुलित, सुरक्षित र आत्मविश्वासपूर्ण ड्राइभिङ अनुभव प्रदान गर्छ। काठमाडौंलगायत प्रमुख शहरका साँघुरा सडक, उकालो र भारी ट्राफिकलाई ध्यानमा राख्दा यही प्रविधि ब्रम्बीलाई आफ्नै वर्गमा फरक बनाउने मुख्य विशेषता हो।’
उनका अनुसार बिएडब्लुले सात दशकभन्दा बढीको अटोमोबाइल निर्माण अनुभवलाई आधुनिक विद्युतीय सवारी प्रविधिसँग संयोजन गर्दै आजका उपभोक्ताका लागि व्यावहारिक तथा भरपर्दो ईभी विकास गरेको छ। ‘नेपाली ग्राहकबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले हामीलाई थप प्रेरणा दिएको छ। द्यचगmदथ को सफलतालाई निरन्तरता दिँदै अब हामी बिएडब्लु ईसेभेन प्रो ल्याउने तयारीमा छौं, जसमा आधुनिक डिजाइन, थप आरामदायी इन्टेरियर, स्मार्ट प्रविधि तथा अझ उत्कृष्ट शहरी ड्राइभिङ अनुभव उपलब्ध हुनेछ।’

ग्राहकको सकारात्मक अनुभव
काठमाडौंका ब्रम्बी प्रयोगकर्ता रमेश अधिकारी आफ्नो अनुभव सुनाउँदै भन्नछन्, ‘सुरुमा मलाई कम्प्याक्ट भ्ख् ले उकालोमा राम्रो प्रदर्शन गर्छ कि गर्दैन भन्ने शंका थियो। तर ब्रम्बी चलाएपछि धापासीदेखि बुढानीलकण्ठसम्मको उकालो सडकमा यसको क्षमता निकै प्रभावशाली लाग्यो। यसको रियर–ह्विल–ड्राइभ प्रणालीले साँच्चिकै फरक अनुभव दिन्छ।’
त्यसैगरी, बुटवलमा कृषि व्यवसाय सञ्चालन गर्दै पाल्पा–बुटवल नियमित आवतजावत गर्ने कृषि उद्यमी रमेश रोकाया भन्छन्, ‘मेरो कामका कारण महिनाभरि पाल्पादेखि बुटवल र शहरभित्र नियमित यात्रा गर्नुपर्छ। द्यचगmदथ पार्क गर्न सजिलो छ, साँघुरा सडकमा सहजै चल्छ र उकालो तथा हिलो सडकमा पनि निकै सन्तुलित महसुस हुन्छ।’
उनी थप्छन्, ‘ब्रम्बीको सञ्चालन खर्च अत्यन्तै कम छ। तर मलाई सबैभन्दा मन पर्ने कुरा यसको ड्राइभिङ अनुभव हो। सानो आकारको गाडी भए पनि यो निकै स्थिर, आत्मविश्वासपूर्ण र चलाउन रमाइलो लाग्छ।’