काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४४ पैसा र बिक्रीदर १९१ रुपैयाँ १८ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११० रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५१ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २२ रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४१ रुपैयाँ १० पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ १७ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३४ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३३ पैसा र बिक्रीदर १० रुपैयाँ ३७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५३ पैसा र बिक्रीदर २३ रुपैयाँ ६२ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १९ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ५०० रुपैयाँ ०३ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ७४ पैसा बिक्रीदर ४०९ रुपैयाँ ३३ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४०० रुपैयाँ ९१ पैसा रहेको छ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।