काठमाडाैं। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका नयाँ अध्यक्ष केभिन वार्सले आफ्नो कार्यकालको सुरुवातमै एउटा जटिल र संवेदनशील समस्यासँग जुध्नुपरेको छ। वर्षौंदेखि विस्तार हुँदै आएको फेडको विशाल बेलेन्स सिट अर्थात् सम्पत्ति-दायित्वको हिसाब-किताबलाई कसरी व्यवस्थित रूपमा घटाउने भन्ने प्रश्नले उनलाई घच्घच्याइरहेको छ।
सन् २००७/०९ को विश्वव्यापी वित्तीय संकटको समयमा फेडले पहिलोपटक आवास बजारलाई स्थिर पार्न धितोपत्रमा आधारित सेक्युरिटीहरू (मोर्डगेज-ब्याक्ड सेक्युरिटीज) किन्न थालेको थियो। पछि व्यापक अर्थतन्त्रलाई उत्प्रेरित गर्न दीर्घकालीन ट्रेजरी बन्डहरू पनि किन्यो। यही नीतिलाई "क्वान्टिटेटिभ इजिङ" भनिन्छ। सन् २००९ देखि २०१४ सम्म तीन चरणमा र त्यसपछि सन् २०२० को कोभिड-१९ महामारीका बेला थप एक चरणमा गरिएको यस्तो हस्तक्षेपले फेडको ब्यालेन्स सिटलाई ६.७ ट्रिलियन डलरसम्म पुर्याएको छ। जुन अमेरिकाको कुल गार्हस्थ्य उत्पादनको झन्डै २१ प्रतिशत बराबर हो।
यसमध्ये झन्डै दुई तिहाइ हिस्सा ट्रेजरी बन्डले नै ओगटेको छ। केन्द्रीय बैंकको बढ्दो प्रभाव र फैलावटप्रति सधैं आलोचनात्मक रहँदै आएका वार्सले गएको वर्ष यसलाई अर्थतन्त्रमाथि फेडको बढ्दो नियन्त्रणको प्रतीक भनेर सार्वजनिक रूपमै आलोचना गरेका थिए।
ब्याजदर बढ्दै गएको यस अवधिमा दीर्घकालीन बन्ड धारण गर्नु फेडका लागि आफैँमा महँगो सावित भइरहेको छ।
अब आफ्नो लक्ष्य हासिल गर्न वार्सले विज्ञहरूको एउटा कार्यदल खडा गरेका छन्। जसमा हार्वर्ड विश्वविद्यालयकी करेन डाइनन, भारतीय रिजर्भ बैंकका पूर्वगभर्नर रघुराम राजन र फेडका पूर्वगभर्नर जेरेमी स्टाइन सामेल छन्।
फेडको यति विशाल ब्यालेन्स सिटप्रति धेरै आपत्तिहरू उठ्ने गरेका छन्। यदि क्वान्टिटेटिभ इजिङले वास्तवमै आर्थिक उत्प्रेरणको साधनको रूपमा काम गर्छ भने (जुन कुरामा अर्थशास्त्रीहरूबीच अझै विवाद छँदै छ) यसले दीर्घकालीन ऋण बजारलाई विकृत बनाउँछ। यो हस्तक्षेप जति लामो समयसम्म कायम रहन्छ। त्यो विकृति पनि धेरै गहिरिँदै जान्छ।
साथै, ब्याजदर बढ्दै गएको यस अवधिमा दीर्घकालीन बन्ड धारण गर्नु फेडका लागि आफैँमा महँगो सावित भइरहेको छ। फेडले बैंकहरूलाई "रिजर्भ" भनिने इलेक्ट्रोनिक मुद्रामा उतार-चढाव हुने ब्याजदर तिर्नुपर्छ। जुन फेडको ब्यालेन्स सिटमा दायित्वका रूपमा देखिन्छ। तर फेडले आफूले किनेका बन्डबाट पाउने प्रतिफल भने किनेकै बेला तोकिइसकेको हुन्छ र महामारीको समयमा त यो अत्यन्त न्यून स्तरमा तोकिएको थियो।
तर, वार्सको मुख्य चिन्ता संस्थागत प्रकृतिको छ। फेडले सरकारी बन्डहरू द्वितीय बजारबाट किन्ने गरे पनि ट्रिलियन डलर बराबरको बन्ड आफ्नो स्वामित्वमा राख्नुले फेडलाई अमेरिकी सरकारको "साधन" जस्तो देखाउन सक्छ। स्ट्यानफोर्ड विश्वविद्यालयका ड्यारेल डफीका अनुसार, आलोचनाहरू वास्तविक खतराभन्दा बढी धारणामा नै सीमित छन्।
भविष्यमा यी धारणाहरू वास्तविकतामा परिणत नहोऊन् भन्नका लागि ब्यालेन्स सिट घटाउनु आवश्यक रहेको डफीको भनाइ छ। फेडको दायित्वमध्ये चलनचल्तीमा रहेको मुद्रा झन्डै २.५ ट्रिलियन डलर छ, जुन घटाउन मिल्दैन। ट्रेजरीको फेडमा रहेको निक्षेप खाताले थप झन्डै ८०० अर्ब डलर ओगटेको छ। जसमा केही हदसम्म फेरबदलको सम्भावना छ। सबैभन्दा ठूलो दायित्व भनेको भने रिजर्भ नै हो, जुन वित्तीय संकटअघि झन्डै १० अर्ब डलर मात्र थियो, अहिले बढेर झन्डै ३.१ ट्रिलियन डलर पुगिसकेको छ। ब्यालेन्स सिट साँच्चै साँघुरिनका लागि रिजर्भ बैंकहरूबाट फिर्ता तान्नुपर्ने हुन्छ।
यसले बैंकहरूलाई आफ्नो लगानी पोर्टफोलियो विस्तार गर्न र थप कर्जा प्रवाह गर्न सहज बनायो। राजनका अनुसार यसैले "ह्याचेटिङ" प्रभाव सिर्जना गर्छ।
बैंकहरूले पनि आफ्नो व्यवसाय यही नयाँ परिस्थितिअनुरूप ढालेका छन्। फेडले गैरबैंक लगानीकर्ताहरूबाट ट्रेजरी किन्दा, त्यसबाट प्राप्त रकम प्रायः ती लगानीकर्ताहरूकै बैंक खातामा बिमा नगरिएको निक्षेपको रूपमा जम्मा हुन्थ्यो। यसले बैंकहरूलाई आफ्नो लगानी पोर्टफोलियो विस्तार गर्न र थप कर्जा प्रवाह गर्न सहज बनायो। राजनका अनुसार यसैले "ह्याचेटिङ" प्रभाव सिर्जना गर्छ।
समस्या समाधानका लागि विभिन्न विज्ञहरूले फरक-फरक उपाय सुझाइरहेका छन्। फेडका अर्कापूर्व गभर्नर र ब्यालेन्स सिटको फैलावटका आलोचक स्टिभेन मिरानले रिजर्भमा दिइने ब्याजदरलाई बैंकहरूले फेडरल फन्ड्स बजारमा कमाउन सक्ने दरभन्दा तल झार्नुपर्ने सुझाव दिएका छन्।
यता डफीले भने भुक्तानी प्रणालीको सफ्टवेयर अद्यावधिक गरी आगमन र निर्गमन हुने भुक्तानीहरूलाई फस्यौट हुनुअघि नै एकअर्कासँग जोड्ने व्यवस्था अपनाउन सुझाव दिएका छन्, जसले बैंकहरूलाई सानो रिजर्भ बफरमै काम चलाउन सक्षम बनाउँछ। बेलायत र युरोपेली केन्द्रीय बैंकले पहिल्यै यस्तै प्रणाली अपनाइसकेका छन्। राजनले प्रशस्त रिजर्भले बैंकहरूलाई अत्यधिक जोखिमपूर्ण कर्जा विस्तार गर्न प्रोत्साहित गर्ने भएकाले संकटमा पर्ने पहिलो संस्थालाई नै ढल्न दिनुपर्ने र यसैबाट बैंकहरूलाई अनुशासित बनाउनुपर्ने सुझाएका छन्।
वार्स आफैंले पनि स्विकारिसकेका छन् कि १८ वर्षको अवधिमा फैलिएको ब्यालेन्स सिट "१८ हप्तामा" साँघुरिन सक्दैन। त्यसकारण तत्काल आकार नै घटाउनुको साटो उनले ब्यालेन्स सिटको संरचना मात्र फेर्ने विकल्पमा सन्तुष्ट हुनुपर्ने देखिन्छ। यसको अर्थ हो- परिपक्व हुँदै गएका दीर्घकालीन बन्डहरूको सट्टामा अल्पकालीन ट्रेजरी बिलहरू राख्दै जाने। यसले फेडको दीर्घकालीन ऋण लागतमाथिको प्रभाव कम गर्नेछ, तर ब्यालेन्स सिटको समग्र आकारमा भने कुनै फेरबदल ल्याउने छैन।