काठमाडौं । नेतृत्वले साधारणसभाको मिति सारेपछि असन्तुष्ट बनेका नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्षका उमेद्वार चन्द्रप्रसाद ढकालसहितको समूहले कार्यसमिति बैठक बोलाउन माग गरेको छ । त्यसका लागि ढकाल समूहले एक चौथाई कार्यसमितिको हस्ताक्षर सहित महासंघमा निवेदन समेत दर्ता गराइसकेका छन् ।
महासंघको विधान अनुसार एक चौथाई कार्यसमिति सदस्यले लिखित रुपमा हस्ताक्षर गरेर कार्यसमिति बैठक बोलाउन माग गरेको अवस्थामा नेतृत्वले बैठक डाक्नुपर्ने हुन्छ । महासंघमा ८० जनाको कार्यसमिति हुन्छ ।
हाल एसोसिएटतर्फका उपाध्यक्ष, चन्द्रप्रसाद ढकाल, वस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, गुणनीधि तिवारीसहित २२ जनाको हस्ताक्षरसहित कार्यसमिति सदस्यहरुले कार्यसमितिको बैठक बोलाउन महासंघमा निवेदन दर्ता गराएका हुन् । महासंघ नेतृत्वले एकलौटी रुपमा साधारणसभाको मिति सारेको भन्दै ढकाल समूहले विरोध जनाइरहेको छ ।
ढकाल समूहले महासंघको विधान ३६ (क) ७ बमोजिम कार्यसमिति बैठक बोलाईदिन हुन अनुरोध सहित निवेदन दर्ता गरिएको छ । हालको परिस्थितिमा महासंघको निर्वाचनलगायतका विषयमा छलफल गर्न आवश्यकता महसुस गरिएकाले विधान बमोजिम कार्यकारीणी समितिको बैठक बोलाउन माग गरिएको हो ।
कार्यकारीणी समितिको बैठक बोलाउन माग गर्दै वस्तुगततर्फका उपाध्यक्ष उमेललाल श्रेष्ठ, एसोसिएटतर्फका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, गुणनीति तिवारी, कमलकुमार श्रेष्ठ, सुरकृष्ण बैद्य, राजन श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ, किशोरकुमार आचार्य, राजकुमार न्यौपाने, प्रकाशसिंह कार्की, आकाश अधिकारी, विनोद ढकाल, कमला श्रेष्ठ, जयप्रकाश शिवाकोटी, सुरेन्द्रकुमार श्रेष्ठ, हेमराज ढकाल, रविनकुमार श्रेष्ठ, अजय मुडभरी, गोपाल खनाल, भरतराज आचार्य, रामशरण थपलिया र डिबी वस्नेतले हस्ताक्षर गरेर कार्यकारीणी समितिको बैठक बोलाउन माग गरेका हुन् । पत्रमा अजय मुडभरीकाे नाम भए पनि हस्ताक्षर भने गरेका छैनन् ।

