काठमाडौं । औद्योगिक नगरीमै कोरोनाको सन्त्रास र संक्रमण फैलिन थाले पनि जोखिम न्यूनीकरण गर्न उद्योगीले धमाधम उद्योग बन्द गर्न थालेका छन् । उद्योगभित्र सयौंको संख्यामा काम गर्ने कर्मचारी कोरोनाको उच्च जोखिममा परेपछि औद्योगिक नगरीका अधिकांश उद्योग पूर्ण रुपमा सिल भएका छन् ।
खासगरी, विराटनगर, भैरहवा, बुटवल, रुपन्देही, नेपालगञ्ज, वीरगन्ज क्षेत्रका अधिकांश उद्योग बन्द भइसकेका छन् । ती क्षेत्रमा उच्च गतिमा कोरोना संक्रमितको संख्या बढेपछि उद्योगीले जिल्ला प्रशासनको सहयोगमा उद्योग सिल गरेका हुन् ।
त्यसैगरी, औद्योगिक नगरी विराटनगरमा पनि कोरोना संक्रमितको संख्या र मृत्युदर बढ्दै गएपछि त्यहाँका उद्योगीले पनि धमाधम उद्योग बन्द गरिरहेका छन् । विराटनगरका खाद्य उद्योगको पनि उत्पादन ५ प्रतिशतमा सीतिम भएको त्यहाँका व्यापारीहरुले बताएका छन् ।
‘कोरोना संक्रमण देखिएका उद्योग त पूर्ण रुपमा बन्द छँदै छन्, वरपरका उद्योग पनि कोरोना संक्रमण फैलिने डरले बन्द गरेका छौं,’ वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले भने, ‘छिमेककै उद्योगमा काम गर्ने कर्मचारीदेखि सञ्चालकसम्म कोरोनाबाट पीडित भइसकेका छन् । त्यही छिमेकमा रहेको हाम्रो उद्योग सञ्चालन गर्न उच्च जोखिम भयो । त्यही भएर बन्द गर्यौं ।’
छउमै रहेको उद्योगमा कोरोना देखिएपछि कामदारहरु डराएर उद्योगमा आउँदैनन्, उनीहरु उद्योगमा नआए पछि उद्योग बन्द गर्नुको विकल्प नरहेको उद्योगीहरुले बताएका छन् ।
वीरगन्जमा जगदम्बा इन्टरप्राइजेज, जगदम्बा स्टिल्स्, नारायणी स्टिल्स्, भैरहवामा सिदार्थ सिमेन्ट, विराटनगरमा आरती स्टिप्सलगायतका ठूला उद्योग सिल भइसकेका छन् । त्यसका आसपासमा रहेका अरु दर्जनौ उद्योग पनि बन्द भइसकेका उद्योगीहरु बताउँछन् ।
छउमै रहेको उद्योगमा कोरोना देखिएपछि कामदारहरु डराएर उद्योगमा आउँदैनन्, उनीहरु उद्योगमा नआए पछि उद्योग बन्द गर्नुको विकल्प नरहेको उद्योगीहरुले बताएका छन् ।
भैरहवाका उद्योगीका अनुसार त्यहाँका कतिपय उद्योग पूर्ण रुपमा बन्द छन्, भने सञ्चालनमा रहेको उद्योगले आफ्नो क्षमताको ५ प्रतिशत मात्रै उत्पादन गरिरहेका छन् । त्यसैगरी वीरगन्जमा केही खाद्य तथा औषधि उद्योग मात्रै सञ्चालनमा रहेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले जानकारी दिए ।
खासगरी, विराटनगर, भैरहवा, बुटवल, रुपन्देही, नेपालगञ्ज, वीरगन्ज क्षेत्रका अधिकांश उद्योग बन्द भइसकेका छन् । ती क्षेत्रमा उच्च गतिमा कोरोना संक्रमितको संख्या बढेपछि उद्योगीले जिल्ला प्रशासनको सहयोगमा उद्योग सिल गरेका हुन् ।
त्यसैगरी, औद्योगिक नगरी विराटनगरमा पनि कोरोना संक्रमितको संख्या र मृत्युदर बढ्दै गएपछि त्यहाँका उद्योगीले पनि धमाधम उद्योग बन्द गरिरहेका छन् । विराटनगरका खाद्य उद्योगको पनि उत्पादन ५ प्रतिशतमा सीतिम भएको त्यहाँका व्यापारीहरुले बताएका छन् ।
‘डरले कोही काम गर्न आउँदैनन्, उनीहरुलाई जबरजस्ती बोलाउन पनि भएन्,’ विराटनगरका एक खाद्य व्यापारीले भने, ‘छेवैको उद्योगमा कोरोना संक्रमण देखिए पछि डराएर पनि कामदार उद्योगमा आउन छाडे ।’