काठमाडौं । विकास साझेदार विश्व बैंकले नेपाललगायत अतिकम विकसित मुलुकहरुले तिर्नुपर्ने ऋण तथा सोको ब्याज भुक्तानी समय १ वर्ष सार्ने तयारी गरेको छ ।
आगामी सन २०२१ सम्मका लागि ऋण तिर्ने अवधि सार्नका लागि तयारी भएको विश्व बैंकका दक्षिण एसियाका उपाध्यक्ष हार्टविट सेफरले बताएका हुन । ऋण तिर्ने सयम सार्नका लागि विश्व बैंकका अध्यक्ष डेभिड मालपासले विभिन्न दातृनिकायहरुसंग छलफल गरिरहेको सेफरले जानकारी दिए ।
उनले अतिकम विकशित मुलुकहरुले हाल पाइरहेको स्रोतले अपुग हुने भएकाले आईडाको सहयोगले पनि नपुग्ने भएकाले ऋण तिर्ने समय लम्ब्याउन पहल सुरु भएको बताए ।
दुबै पक्षबाट तयार भएका नेपालका ४ ओटा ठुला आयोजनालाई ऋण स्वीकृत गर्न विश्व बैंकको बोर्डमा पेश हुने क्रममा रहेको सेफरले बताए । नेपालको सार्वजनिक ऋण व्यवस्थापनका साथै समष्टिगत आर्थिक अवस्था राम्रो भएको बताउँदै कोरोना संक्रमण कम हुन साथ अर्थतन्त्र लयमा फकर्ने सफेरले बताए ।
अर्थमन्त्री डा. युवराज खतिवडासंग शुक्रबार भएको भिडियो कन्फरेन्समा उपाध्यक्ष सेफरले बैंकले थप आयोजनाहरुमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सो अवरसरमा अर्थमन्त्री खतिवडाले ठुला तथा रणनीतिक सडक आयोजनामा विश्व बैंकबाट एकल रुपमा थप १ अर्ब डलर सहयोग सम्झौता भएको बताउँदै सोको सरहना गरेका थिए । नेपालले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) मा सेयर बढाएर सम्बन्ध जीवन्त राखेको अर्थमन्त्री खतिवडाले बताएका थिए ।
प्रतिकुलका बावजुद मुद्रास्फिती ६ प्रतिशत रहेको, चालु खाता घाटा कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को २ प्रतिशत मात्र रहेको र शोधानान्तर वचत १ अर्ब ६० करोड डलर रहेको उनले जानकारी गराएका थिए । कोरोना महामारीले पर्यटन, उत्पादनमुलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएको उनले सुनाए ।