सोमबार, माघ ३ २०७८ ०९:४८ PM

×

२०२१ मा बीएमडब्ल्यूको बिक्री ३५ प्रतिशले वृद्धि, दशककै तोड्यो रेकर्ड

images

भारतमा जर्मनीको लक्जरी कार निर्माता कम्पनी बिएमडब्ल्यूको बिक्री बढेको छ ।

सन् २०२१ मा कम्पनीको बिक्री ३५ प्रतिशतले बढेर ८ हजार ८७६ एकाइमा पुगेको हो । यो वृद्धि पछिल्लो एक दशककै सर्वाधिक बिक्री भएको बताइएको छ ।

कम्पनीले गत वर्ष ८ हजार २३६ बीएमडब्ल्यू र ६४० मिनी एकाइ बिक्री गरेको छ । साथै बीएमडब्ल्यू मोटरराडले यो अवधिमा ५ हजार १९१ मोटरसाइकल पनि बेचेको छ । कम्पनीले सन् २०२० मा सबै गरी ६ हजार ६०४ एकाइ बेचेको थियो ।

बीएमडब्ल्यू ग्रुप इन्डियाका अध्यक्ष विक्रम पावाहका अनुसार बीएमडब्ल्यूका तीन ब्रान्ड, बीएमडब्ल्यू, मिनी र बीएमडब्ल्यू मोटरराडमा बलियो र लचिलो प्रदर्शन बनेको छ । यस्तै बिक्रीमा पनि वृद्धि आएको छ ।

बीएमडब्ल्यूका अनुसार गत वर्ष ४० प्रतिशतभन्दा बढी बिक्री स्थानीय रूपमा उत्पादित स्पोर्ट्स एक्टिभिटी श्रेणीमा भयो । यसमा एक्स वान्, एक्स थ्री र एक्स फाइभ मोडल सामेल छन् ।

 

मङ्गलबार २० पुस २०७८ ०३:४१ PM मा प्रकाशित

प्रतिक्रिया