×

सेयर बजारमा स्वार्थ समूहको चलखेल, सुधारकर्ता हमालमाथि घेराबन्दी 

images

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष भएदेखि नै सेयर बजार सुधारमा खटिएका रमेश हमालविरुद्ध घेराबन्दी सुरु भएको छ । सीमित समूहको नियन्त्रणमा रहेको सेयर बजारलाई लगानीकर्तामैत्री बनाउन नीतिगत सुधारमा लागेका हमालविरुद्ध अहिले चौतर्फी आक्रमण सुरु भएको हो । 

नियमविपरीत काममा संलग्न केही व्यक्तिमाथि आक्रामण रुपमा उत्रिएपछि उनीहरु बोर्डका अध्यक्ष हमालविरुद्ध उत्रिन थालेका छन । त्यसैगरी, स्वार्थ समूहबाट बजारलाई जोगाउन र नीतिगत तवरबाट बजारमा शुद्धीकरण गर्न खोजे पनि उनीविरुद्ध स्वार्थ समूह एकजुट भएका छन् । 

उनी बोर्डको अध्यक्ष भएर आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार अवधिमै देखिने फ्लोरसिट हेर्न बन्द गरिदिए । कारोबार चलिरहेकै बेलामा फ्लोरसिट हेर्दा बजारमा ठूलो चलखेल भएपछि बोर्डका अध्यक्ष कारोबार अवधिभर हेर्न नमिल्ने बताइदिए । 

ब्रोकरबाट कुन कम्पनीको सेयर किनबेच भयो ? त्यो हेरेर त्यसैका आधारमा बजारलाई डोहोर्याउने प्रचलनको अध्यक्ष हमालले अन्त्य गरिदिए । त्यो पनि स्वार्थ समूहलाई मन परेको थिएन ।

त्यसपछि बोर्डका अध्यक्ष हमालले अमुख कम्पनी खडा गरेर सर्वसाधारणबाट धमाधम रकम उठाउनेविरुद्ध पनि आक्रामक बनेका थिए । गोल्डम्यान इन्भेष्टमेन्ट तथा लक्ष्य होल्डिङका सञ्चालकलाई कानुनी कारबाही गर्न तम्सिएका थिए । 

उनी बोर्डको अध्यक्ष भएर आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार अवधिमै देखिने फ्लोरसिट हेर्न बन्द गरिदिए । कारोबार चलिरहेकै बेलामा फ्लोरसिट हेर्दा बजारमा ठूलो चलखेल भएपछि बोर्डका अध्यक्ष कारोबार अवधिभर हेर्न नमिल्ने बताइदिए ।  ब्रोकरबाट कुन कम्पनीको सेयर किनबेच भयो ? त्यो हेरेर त्यसैका आधारमा बजारलाई डोहोर्याउने प्रचलनको अध्यक्ष हमालले अन्त्य गरिदिए । त्यो पनि स्वार्थ समूहलाई मन परेको थिएन ।

सोझा साझा लगानीकर्तालाई मुर्ख बनाएर ठूलो रकम उठाउने खेललाई हमालले रोकिदिएका थिए । खराब नियम भएका व्यक्तिलाई बोर्डका अध्यक्ष र टिमले विकृत्ति रोकेको मन परेको थिएन । त्यही भएर उनीहरु अध्यक्षसहित सम्पूर्ण टिमको विरोधमा उत्रिएको बोर्ड स्रोतले बतायो । 

बोर्डका अध्यक्ष हमालले सेयर बजारमा स्वघोषित विज्ञमाथि पनि सूक्ष्म निगरानी बढाएका थिए । आफूले किनेको सेयरको मूल्य बढ्छ भनेर भ्रम छर्ने र सेयर किन्न सोझा साझा लगानीकर्तालाई प्रेरित गर्नेविरुद्ध पनि हमाल सक्रिय भएका थिए । 

बोर्डका अध्यक्ष हमालले ट्रेड म्यानेजमेन्ट सिष्टम (टीएमएस) नियमावली पास गरेपछि स्वार्थ समूह उनको विरोधमा उत्रिएका हुन् । बोर्डले अहिलेसम्म नियमावली पास गर्न सकेको थिएन । तर, हमालले स्वार्थ नबाझिने (कन्फ्क्टि अफ इन्ट्रेस्ट) गरी नियमावली पास गरेपछि उनीविरुद्ध थप संगठित भएको स्रोतको भनाइ छ । 

‘नियमावली पास गर्न नदिन ठूलो व्यापारी घरानादेखि निर्माण व्यवसायीकोसम्म ठूलो दबाब थियो,’ बोर्डका एक सदस्यले भने,‘शक्तिकेन्द्रसँग सहज पहुँच भएकाहरु नियमावली बोर्डबाट पास गर्नबाट रोक्न लागेका थिए । कति दिनसम्म नियमावलीकै कारण बोर्डबीचमै रोकिएको थियो । तर, बल्ल–बल्ल पास भए पछि स्वार्थ समूह थप सक्रिय भएको हो ।’ 

बजार सुधारमा एकपछि अर्को निर्णय आउन थालेपछि छट्पटीएका स्वार्थ समूहहरुको प्रिय पात्र भिष्मराज ढुंगाना नै हुन पुगेका छन् । बोर्ड अध्यक्ष हमालले टीएमएस नियमावली बोर्डबाट स्वीकृत गराएपछि सरकारको बर्खास्तीमा परेका ढुंगानालाई च्याप्न थालेका छन् । 

सरकारले ढुंगानालाई छोरीका नाममा सेयर खरिद गरी पदिय हैसियत दुरुपयोग गरेको, ५१ वटा कम्पनीहरुको सूची सार्वजनिक गरी धितोपत्रको भित्री कारोबारको सूचना चुहावट गरेको, अस्वभाविक कारोबार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि बर्खास्त गरेको थियो ।

बजार सुधारमा एकपछि अर्को निर्णय आउन थालेपछि छट्पटीएका स्वार्थ समूहहरुको प्रिय पात्र भिष्मराज ढुंगाना नै हुन पुगेका छन् । बोर्ड अध्यक्ष हमालले टीएमएस नियमावली बोर्डबाट स्वीकृत गराएपछि सरकारको बर्खास्तीमा परेका ढुंगानालाई च्याप्न थालेका छन् । 

बोर्डका तत्कालीन अध्यक्ष ढुंगानामाथि बुक बिल्डिङ विधिबाट सेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी छोरी रेविका ढुंगानाका नाममा खरिद गरेको प्रमाण नै फेला परेको थियो ।

उनले सेयर खरिद गर्न लक्ष्मी बैंकको खाताबाट एकपटक १० हजार रुपैयाँ र अर्को पटक ५ लाख रुपैंया जम्मा गरिदिएको भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट फेला परेको थियो । 

त्यसबाहेक नेपाल इन्भेष्टमेन्ट र्बैंकको एउटा खाताबाट छोरी रेविकाको खातामा २०७७ पुस २८ गते १५ लाख रुपैयाँको चेक जम्मा गरिदिएको देखिन्छ ।

रेविकाको खाताबाट २५ लाख रुपैयाँ सेयर बिक्रेता शिखा अग्रवाललाई भुक्तानी दिएको खुलेको छ । अख्तियारले छानविनका क्रममा ‘त्यसरी सेयरको कारोबार गर्दा निज रेबिका ढुंगाना विदेशमा रहेको अवस्थामा कारोबार भएको देखिएको हो । 

ढुंगानाले उक्त सेयरको कारोबारदेखि सेयर खरिदसम्ममा छोरीको प्रत्यक्ष उपस्थिति रहेको दावी गरेका थिए । तर, छोरी रेविका विदेशमा रहेको भन्ने विवरणसमेत उनैले स्वीकार गरेका छन् । छोरी विदेशमा रहेको बेला बोर्डका अध्यक्ष भीष्मले आफैंले सेयर खरिद गरेको अख्तियारले प्रमाण फेला पारिसकेको छ ।

बजारमा ७५० रुपैयाँका दरले बिक्री गर्ने तयारी भएको सेयर प्रतिकित्ता २५० रुपैयाँका दरले पाउनु भनेको एककित्ता सेयरमा करिब ५ सय रुपैयाँ गैरकानुनी रुपमा लाभ गर्नु हो । १२ हजार कित्ता सेयर पाएकी रेविकाले बुक बिल्डिङमार्फत बजारमा सर्वसाधारणलाई सेयर प्रवाह हुनासाथ प्रतिकित्ता ५ सय रुपैयाँ अतिरिक्त लाभ लिएर कम्तिमा ६० लाख रुपैंया अतिरिक्त आर्जन गर्ने देखिन्छ ।

एउटा मुद्दा नटुगिँदै, अर्को मुद्दा दायर

सरकारको बर्खास्तीमा परेको ढुंगानाको रिट निवेदन विचाराधीन भएकै अवस्थामा सर्वोच्च अदालतमा अर्को रिट निवेदन दर्ता गराएका छन् । स्वार्थ समूहको प्रिय हुन पुगेका ढुंगानाले दोस्रो मुद्दा दर्ता गराएका हुन् । उनले वैशाख २३ गते अर्थ मन्त्राल, सरकार र बोर्डलाई विपक्ष बनाएर मद्दा दर्ता गराएका हुन् । उक्त निवेदन आगामी मंगलबार (२७ वैशाख)का लागि फेरी पेसी तोकिएको छ ।

आफूमाथि छानबिन भएलगत्तै ढुंगानाले सर्वोच्च अदालतमा पहिलो रिट निवेदन दिए । त्यसमाथि अन्तरिम आदेश भएन भने सरकारले पनि उनलाई बर्खास्त गरेर नयाँ अध्यक्ष नियुक्त गर्यो । उनीमाथि अख्तियारले समेत अनुचित लाभ लिएको तथा गैरकानुनी सम्पत्तिआर्जन गरेको उजुरीमाथि अनुसन्धान गरिरहेको छ ।

आफूलाई बर्खास्त गर्ने निर्णय तत्काल रोकेर पदमा बहाल गर्ने आदेश हुनुपर्ने माग राखी ढुंगानाले दोस्रो निवेदन दिए । अन्तरिम आदेशको विषयमा दुईजना न्यायाधीशको राय बाझिएर त्यो निवेदन तीन सदस्य पूर्ण इजलासबाट अन्तरिम आदेश नहुने भन्ने आदेश भएको छ । 

अदालतमा उस्तै प्रकृतिका दुईवटा निवेदन विचाराधिन भएको अवस्थामा ढुंगानाले आफूलाई पदमा पुनर्बहाली गर्नुपर्ने अनि अहिलेका अध्यक्ष हमाललाई पदमुक्त गर्नुपर्ने माग राखी अर्को निवेदन दर्ता गराएका हुन् । 

अदालतले कुनै एउटा विवादमा उही तहबाट एक पटकबाहेक दोहाेर्याएर न्यायनिरुपण गर्दैन । उही विवादमा कानुनी उपचार खोज्न गएका ढुंगानाले अन्तरिम आदेश नपाएपछि पटक–पटक उस्तै प्रकृतिको रिट निवेदन लिएर फेरी अदालत गएका हुन् । 

‘दर्ता नै हुनुनपर्ने प्रकृतिका निवेदन अदालतले पटकपटक स्वीकार गरेको देखिन्छ’ एक कानुनविद्ले भने, ‘एउटै विवाद र उस्तै माग दावीलाई लिएर पटक–पटक अदालत जानु गलत हो ।’ 
 

आइतबार​ २५ बैशाख २०७९ १२:३१ PM मा प्रकाशित

प्रतिक्रिया