बुधबार, असार २ २०७८ ०७:२० PM

×

कोरोनाले माथिल्लो बलेफी ‘ए’ प्रभावित, आयोजना पछि धकेलियो

images

काठमाडौं । बलेफी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजनाको काम प्रभावित भएको छ ।

आयोजनाको काम ९६ प्रतिशत निर्माण पूरा भइसकेको बेलेफीका सञ्चालक उमेश कसजुले बताए । उनका अनुसार आयोजनाबाट जेठभित्रै विद्युत उत्पादन सुरु गर्ने तयारी भए पनि कोरोना महामारीले पछि सरेको हो ।  कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि आयोजनाको काम प्रभावित हुन पुगेको छ ।  

आयोजनाको २ महिना जतिको मात्रै काम बाँकी रहेको छ । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत २२ किलोमिटर दुरीमा रहेको लामोसाँघु सबस्टेसनमा जोडिनेछ । आयोजना बनाउन ७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी रहेको छ । 

शुक्रबार​ २८ जेठ २०७८ ०६:०८ PM मा प्रकाशित

प्रतिक्रिया